• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा पक्राउ


  •   मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
  • मनिला । फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवता विरुद्धको अपराधको मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को आदेशमा मङ्गलबार मनिलाको अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको फिलिपिन्स सरकारले जनाएको छ ।

    Advertisement

    हङकङबाट आइपुगेपछि डुटेर्टेलाई पक्राउ गरिएको थियो र प्रहरीले आइसिसीको आदेशमा उहाँलाई हिरासतमा लिएको थियो ।

    पूर्व राष्ट्रपतिको अवैध लागुपदार्थ विरुद्धको घातक कारबाहीमा भएको सामूहिक हत्याको अनुसन्धान गरिरहेको राष्ट्रपति फर्डिनान्ड मार्कोसको कार्यालयले विज्ञप्तिमा बताएको छ ।

    ‘उहाँ आइपुगेपछि महान्यायाधिवक्ताले पूर्व राष्ट्रपतिलाई मानवता विरुद्धको अपराधका लागि गिरफ्तारी वारेन्टका लागि आइसिसीको सूचना तामेल गर्नुभयो’ सरकारले भनेको छ– ॅउहाँ अहिले अधिकारीहरूको हिरासतमा हुनुहुन्छ ।’

    आकस्मिक गिरफ्तारीले विमानस्थलमा हङ्गामा मच्चिएको थियो । त्यहाँ वकिल र डुटेर्टेका सहयोगीले उहाँलाई प्रहरी हिरासतमा लिएपछि चिकित्सक र वकिलसँगै उहाँलाई नजिक आउनबाट रोकेको भन्दै चर्को स्वरमा विरोध गरेका थिए ।

    डुटेर्टेलाई प्रहरीले कहाँ लगेको भन्ने तुरुन्त स्पष्ट भएन । सरकारले ७९ वर्षीय पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था राम्रो रहेको बताएको छ ।

    सन् २०११ नोभेम्बर १ देखि सन् २०१९ मार्च १६ सम्म डुटेर्टे दक्षिणी सहर दावाओका मेयर रहेका बेला आइसिसीले उहाँअन्तर्गत लागुऔषध हत्याको अनुसन्धान सुरु गरेको थियो । डुटेर्टेले सन् २०१९ मा फिलिपिन्सलाई रोम विधानबाट फिर्ता लिनुभयो । यो मानव अधिकार कार्यकर्ताका अनुसार जवाफदेहिताबाट बच्ने उद्देश्यले गरिएको थियो ।

    डुटेर्टे प्रशासनले सन् २०२१ को अन्त्यमा विश्वव्यापी अदालतको अनुसन्धानलाई निलम्बन गर्न कदम चालेको थियो र फिलिपिन्सका अधिकारीले पहिले नै उही आरोप हेरिरहेका थिए भन्ने तर्क गर्दै आइसिसी–अन्तिम उपायको अदालत–को क्षेत्राधिकार नभएको तर्क गरेको थियो ।

    आइसिसीका अपिल न्यायाधीशले सन् २०२३ मा अनुसन्धान पुनः सुरु गर्न सकिने फैसला गरे र डुटेर्टे प्रशासनको आपत्तिलाई अस्वीकार गरे ।

    नेदरल्यान्ड्सको हेगमा रहेको आइसिसीले नरसंहार, युद्ध अपराध र मानवता विरुद्धको अपराध लगायतका सबैभन्दा जघन्य अन्तर्राष्ट्रिय अपराधमा संदिग्धलाई मुद्दा चलाउन देश अनिच्छुक वा असमर्थ हुँदा कदम चाल्न सक्छ ।

    सन् २०२२ मा डुटेर्टेको उत्तराधिकारी बनेका र पूर्व राष्ट्रपतिसँगको कटु राजनीतिक विवादमा फसेका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले विश्वव्यापी अदालतमा पुनः सामेल नहुने निर्णय गर्नुभएको छ तर मार्कोस प्रशासनले यदि आइसिसीले अन्तर्राष्ट्रिय प्रहरीलाई तथाकथित रेड नोटिसमार्फत डुटेर्टेलाई हिरासतमा लिन आग्रह गऱ्यो भने सहयोग गर्ने बताएको छ ।

    यो विश्वव्यापी कानुन प्रवर्तन एजेन्सीलाई अपराध सन्दिग्ध पत्ता लगाउन र अस्थायी रूपमा पक्राउ गर्न गरिएको अनुरोध हो । (रासस/एपी)

    मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    https://twitter.com/eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.