काठमाडौं । राष्ट्रिय जनमोर्चाले यही माघ १६ गते काठमाडौंमा संघीयताविरुद्ध वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
Advertisement
कार्यक्रम बागबजारस्थित होटल हार्दिकमा दिनको १२ बजेदेखि सुरु हुने छ ।
अन्तरक्रिया कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले पार्टीको तर्फबाट अवधारणा पत्र पेस गर्नुहुनेछ । अन्तरक्रियामा विभिन्न क्षेत्रका बौद्धिक
व्यक्तित्वहरूको सहभागिता रहने राजमो नेता आनन्द शर्माले जानकारी दिनुभएको छ ।
राजमोले आगामी चैत २४ गतेदेखि ३० सम्म गर्न लागेको संघीयताविरुद्धको राजधानी केन्द्रित आन्दोलनलाई सफल पार्न विभिन्न जिल्लाहरूमा भेला, प्रशिक्षण, सभा, कोणसभा, अन्तरक्रियालगायत कार्यक्रम गरिरहेको छ ।
साताब्यापी राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुन विभिन्न जिल्ला तथा मोर्चाहरूले निर्णय गरेर तयारी गरिरहेका छन् ।





