काठमाडौं । नेकपा (मसाल) ले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जर्मन फासिवादी शासक हिटलरसँग तुलना गरेको छ ।
हिटलरले जर्मन जाति संसारको नै श्रेष्ठ जाति हो भन्ने नारा दिएर जर्मनीका जनतालाई आकर्षित गर्ने प्रयत्न गरेजस्तै ट्रम्पले अमेरिकी जनतालाई आकर्षित गर्न ‘अमेरिका प्रथम’ भन्ने नारा दिएका मसालको भनाई छ ।
ट्रम्पको उद्धेश्य पनि हिटलरको जस्तै साम्राज्यवादी र फासिवादी नीतिहरूलाई सफल पार्ने रहेको मसालको ठहर छ ।
महामन्त्री मोहन विक्रम सिंहले आइतबार (२०८१ माघ १३ गते) प्रेसित गर्नुभएको वक्तव्यमा भनिएको छ, ‘ट्रम्पको मुख्य नारा अमेरिका प्रथम भन्ने नै रहेको छ । जसरी कि हिटलरले जर्मन जाति संसारको नै श्रेष्ठ जाति हो भन्ने नारा दिएर जर्मनीका जनतालाई आकर्षित गर्ने प्रयत्न गरेका थिए, त्यही प्रकारले ट्रम्पले ‘अमेरिका प्रथम’को नारा दिएर सम्पूर्ण अमेरिकी जनताको समर्थन प्राप्त गरेर आफ्ना साम्राज्यवादी र फासिवादी नीतिहरूलाई सफल पार्ने प्रयत्न गरेका छन् ।’
यस्तो छ वक्तव्य