दिनेश रैदास, दाङ ।
अखिल (छैठौं) ले दाङ जिल्लामा लागुऔषध, दुर्व्यसनविरुद्धको तीन महिने अभियान जारी राखेको छ ।
‘निराशा, पलायन र लागुऔषध दुर्व्यसनी विरुद्धको अभियान भन्ने नारा सहित जारी अभियान अन्तर्गत विभिन्न शैक्षिक संस्थाहरूमा संगठन निर्माणसमेत भइरहेको छ ।
यसै क्रममा राप्ती शिक्षा क्याम्पस घोराहीमा कार्यक्रमसहित संगठन निर्माण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का जिल्ला अध्यक्ष सेवक भट्टराईले विद्यार्थीलाई किताबका कुरा मात्र पढाउने भन्दा पनि जीवनमा कसरी प्रयोग गर्ने भन्ने सिकाउनुपर्ने बताउनुभयो । यसले भविष्यमा सामना गर्नुपर्ने चुनौतीहरू समाधान गर्न सजिलो हुने उहाँको भनाई थियो ।
‘शिक्षाले विद्यार्थीहरूलाई रोजगारमुखी बनाउनुका साथै उनीहरूको व्यक्तिगत विकासमा पनि टेवा पुर्याउनुपर्छ’ उहाँले भन्नुभयो, ‘व्यावहारिक शिक्षाले तिनीहरूलाई निर्णय क्षमताको विकास, समस्या समाधान, र नेतृत्व गुणहरू प्रदान गर्न सक्छ ।’
साथै, अध्यक्ष भट्टराईले सबै विद्यार्थी माझ अखिल (छैठौं)मा आबद्ध हुन आह्वान गर्नु भयो ।
उक्त क्याम्पसमा जमुना सुनारको अध्यक्षतामा १५ सदस्यीय इकाई कमिटी गठन भएको छ । जसकोे उपाध्यक्षमा पूनम सुनार, सचिव सुगम बिष्ट, सहसचिव ललित भण्डारी र कोसाध्यक्षमा इन्दिरा बुढा मगर चयन हुनु भएको छ। त्यसैगरी सदस्यहरूमा किरन घर्ति, चन्द्र कुमार डाँगी, मञ्जु रोका, प्रिया सुनार, हेमराज थापा , सरिना बुढा मगर, अस्मिता जिसी, ज्ञानी घर्ति र अनिता पुन मगर रहनु भएको छ।
कार्यक्रमकोे सन्चालन अखिल (छैठौं) दाङ जिल्ला सचिव दिनेश रैदासले गर्नु भएको थियो ।