• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

काङ्ग्रेस, एमाले र माओवादीका कारण गणतन्त्र कमजोर भयो : भट्ट (फोटासहित)


  •   बुधबार, माघ ०९, २०८१ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले काङ्ग्रेस, एमाले र माओवादीका कारण गणतन्त्र कमजोर भएको आरोप लगाउनुभएको छ ।

    नयाँ संविधानपछिको तथ्याङ्क हेर्दा पनि आलोपालो सत्तागमन गर्दै देशमाथि ऋणको भार थोपर्नेबाहेक अरू केही गर्न नसक्दा व्यवस्था कमजोर स्थितिमा पुगेको उहाँको जिकिर छ ।

    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले २०८१ माघ ९ गते बुधबार भूमिकास्थानको धारापानीमा आयोजना गरेको सङ्घीयता विरुद्धको जनसभालाई सम्बोधन गर्दै महासचिव भट्टले अब पनि दल नसच्चिएमा मुलुकमा राजा वा प्रतिगमनको पुनरागमन हुने चेतावनीसमेत दिनुभयो ।

    सत्तारूढ दल र नेताको गलत प्रवृत्तिका कारण राजावादी र पश्चगमनकारीहरू सल्बलाउने क्रम बढेकाले देश र व्यवस्था जोगाउन नागरिक एकजुट हुनुपर्नेमा उहाँको जोड छ ।

    दलका नेता र नातागोता व्यवस्थापन गर्ने थलो बनेको सङ्घयता खारेजीको विकल्प नभएको भन्दै महासचिव भट्टले आसन्न चैतमा राजमोको आयोजनामा हुने सङ्घीयता विरुद्धको काठमाडौँकेन्द्रित आन्दोलनलाई निर्णायक बनाउन आम नागरिकसँग अपिलसमेत गर्नुभएको छ ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झबिलाल थापा, अर्का राजमो केन्द्रीय सदस्य सागर केसी, राजमोका पूर्व जिल्ला सचिव तथा भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी, राजमो भूमिकास्थानका अध्यक्ष हिमलाल बन्जाडे, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिव गोपालप्रसाद भट्टराई र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका दिनेश पन्थीले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै उहाँहरूले सङ्घीयता विरोधी आन्दोलन मसालको मात्र नभएर सम्पूर्ण देशभक्त नेपालीको आन्दोलन भएको स्पष्ट पार्नुभयो । राजमोको आन्दोलनलाई सघाउन सम्पूर्ण देशभक्त जनतासँग उहाँहरूको अपिल रहेको थियो ।

    कार्यक्रम राजमो भूमिकास्थान–४ का अध्यक्ष कृष्ण सुनारको अध्यक्षता, स्थानीय नेता दण्डप्रसाद भुसालको स्वागत मन्तव्य र राजमो भूमिकास्थान–४ का सचिव झविन्द्र चुँदालीको सञ्चालन रहेको थियो ।

    मालारानीमा पनि सभा

    यसैबिच, बुधबार नै राजमो अर्घाखाँचीले मालारानीको खनदहमा पनि सङ्घीयता विरुद्धको सभा सम्पन्न गरेको छ । मालारानी गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडाको संयुक्त सभा मालारानीको खनदह बजारमा सम्पन्न गरिएको हो ।

    मालारानीको बाँगी, गोखुङ्गा र हंसपुरबाट समेत राजमोका नेता तथा कार्यकर्ताको सहभागितामा सम्पन्न सभामा राजमो लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर बिसी र जिल्ला उपाध्यक्ष गोपाल पौडेलले सम्बोधन गर्नुभएको थियो ।

    सभामा बोल्दै उहाँहरूले सङ्घीयता कुनै पनि किसिमले देशको हितमा नभएको बताउँदै खारेजीका निम्ति एकजुट हुन अपिल गर्नुभयो ।

    आसन्न चैतमा हुने सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप आयोजना गरिएको कार्यक्रममा राजमो मालारानीका अध्यक्ष योगेन्द्र थापाको अध्यक्षता, जिल्ला सचिवालय सदस्य भीमलाल आचार्यको स्वागत मन्तव्य र अर्का सचिवालय सदस्य कमलप्रसाद घिमिरेको सचालन रहेको थियो ।

    बुधबार, माघ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.