गोदावरी । राष्ट्रिय जनमाोर्चा, कैलालीले संघीयताविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनको तयारी थालेको छ ।
त्यसक्रममा शनिबार (माघ ५ गते) कैलालीको गोदावरीमा विस्तारित बैठक सम्पन्न भएको छ ।
बैठकले माघ महिनामा सदस्यता अभियान र संगठन निर्माण तथा फागुनमा आर्थिक अभियान सञ्चालन गर्नेगरी कार्यक्रम बनाइएको छ ।
राजमो केन्द्रीय सचिवालय सदस्य नन्दराज भट्टले दिनुभएको जानकारी अनुसार माघ १२ गते धनगढी र घोडाघोडी, १३ गते गोदावरी र लम्किचुहा र १४ गते टीकापुरको भेला आयोजना गरिएको छ । यस्तै, गोदावरीको भेलासँगै गौरीगंगा र चुरे गाउँपालिकाको भेला हुने छ भने लम्कीचुहाको कार्यक्रमसँगै जानकी गाउँपालिकाको पनि भेला गरिने छ ।
विस्तारित बैठकले जिल्ला अध्यक्ष जगतप्रसाद जोशीको संयोजकत्वमा सात सदस्यीय आर्थिक समिति र सचिव मेर्जन शाहीको संयोजकत्वमा सातै सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।
जिल्ला समितिका उपाध्यक्ष मिलन शाहीको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा केन्द्रीय सचिवालय सदस्य नन्दराज भट्टले संघीयताविरोधी काठमाडौं केन्द्रित आन्दोलनको विषयवस्तुबारे स्पष्ट पार्नुभएको थियो ।