दाङ । दाङको घोराही–१४ मा राष्ट्रिय जनमोर्चाको वडासमिति गठन भएको छ ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुअ आतिथ्यमा २०८१ पुस २७ गते शनिबार सम्पन्न भेलामाझ सो समिति गठन गरिएको हो ।
२१ सदस्यीय वडासमितिको अध्यक्षमा जितबहादुर पुन रहनुभएको छ ।
समितिको उपाध्यक्षमा बसन्त केसी, सचिवमा श्रवण राउत, सहसचिवमा मेघराज आले र कोषाध्यक्ष सुशीला नेपाली रहनुभएको छ ।
त्यस्तै, सदस्यमा सञ्जय ओली, ऋषिराम खरेल, हरि नेपाली, सन्तलाल श्रेष्ठ, दीपा घर्ती, रूपा नेपाली, नसिब मिया, आशाकिरण पाण्डे, सबिता नेपाली, यमसरी घर्ती, यमराज घर्ती र गोमा पाण्डे रहनुभएको छ ।
भेलाले सल्लाहकारमा मेघप्रसाद खरेल, शेरबहादुर पुन, कमला घर्ती र हरिकला खरेललाई चयन गरेको छ ।
जितबहादुर पुनको अध्यक्षतामा अघि बढेको उक्त भेलामा आचार्यले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।
त्यसैगरी, भेलामा अखिल नेपाल जनजाति सम्मेलनका पूर्प केन्द्रीय सदस्य रामबहादुर घर्ती, राजमो दाङका सदस्य मेघराज भट्टराई, राजमो घोराही नगर अध्यक्ष मनिराम खनाल, अखिल नेपाल महिला सङ्घ घोराहीकी नगर उपाध्यक्ष सुशीला नेपाली, रक्तिम सांस्कृतिक अभियान घोराहीका नगर अध्यक्ष उत्सव पुनलगायतले शुभकामना दिनुभएको थियो ।
सुवास पुनको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन शेरबहादुर पुनले गर्नुभएको थियो ।
