• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

लिपुलेक अतिक्रमणबारे संसदबाट प्रस्ताव पारित गर्न चार किसान संगठनको माग


  •   शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले लिपुलेकमा भएको भारतीय अतिक्रमणको विरुद्ध चालु बजेट अधिवेशनबाट प्रस्ताव पारित गर्न माग गरेको छ । हिजो दार्चुला जिल्लाको ब्यास क्षेत्रबाट लिपुलेक हुँदै चीनको मानसरोवर पुग्ने बाटो भारतीय रक्षामन्त्री राजनाथसिंहले उद्घाटन गरेसँगै उनीहरूले यस्तो माग गरेका हुन् ।

    Advertisement

    २०७७ वैशाख २७ गते अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको प्रेसवक्तव्यमा यस्तो माग गरिएको हो ।

    अतिक्रमित भूमि तत्कालै फिर्ता गर्न, भारतीय सेना अविलम्ब फिर्ता पठाउन, नेपाल–भारत सिमानामा तारबार गर्न र निश्चित नाकाबाट मात्र आवतजावतको व्यवस्था गरिएको सो वक्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ :“नेपालको स्वाधीनता र सार्वभौमिक अखण्डताको ठाडो र नग्न उल्लङ्घन गर्दै हाम्रो दार्चुला जिल्ला ब्यास क्षेत्रको लिपुलेक भएर चीनको स्वायत्त प्रदेश तिब्बतको मानसरोबर पुग्ने बाटो बनाई त्यसको भारतका रक्षामन्त्री राजनाथसिंहले हिजो उद्घाटनसमेत गरेको खबरले हामी चार किसान सङ्गठन अत्यन्तै गम्भीर र चिन्तित छौँ ।

    पटक पटक सीमा अतिक्रमण गर्ने, नेपाली किसानहरूको जग्गा मिच्ने र नेपालको सार्वभौमिक अखण्डताको घोर अमपान गर्ने भारतीय सत्ताको यो नाङ्गो विस्तारवादी हस्तक्षेपको घोर विरोध र भत्र्सना गर्दछौँ । नेपाल सरकारले तुरुन्तै यसको विरोध गरोस् र नेपाली भूमि र जनताको रक्षा गरोस् भन्ने जोडदार मागसमेत गर्दछौँ ।

    अहिले संसदको बजेट अधिवेशन चलिरहेकाले नेपालको भूमि लिपुलेक जबर्जस्ती मिचेको कुराको जोडदार विरोध गरेर प्रस्ताव पारित गरोस् र भारतलाई दार्चुलाको अतिक्रमित सम्पूर्ण कालापानी क्षेत्र फिर्ता गर्न र लिपुलेकबाट तत्कालै सेना फिर्ता लैजान आवाज उठाउनका साथै अन्य थप प्रभावकारी कदम चाल्न जोडदार माग गर्दछौँ ।

    भारतीय सत्ताको यस्तो विस्तारवादी चरित्र र मिचाहा प्रवृत्तिले नेपालकको सीमा मिच्ने, भूमि अतिक्रमण गर्ने र नेपालमाथि बारम्बार हस्तक्षेप गर्ने यस्ता कदमहरूको अन्त्य गर्न तथा दुई देशबिचको सीमालाई व्यवस्थित र सुरक्षित राख्न बङ्गलादेशसँग जस्तै भारतले नेपालसँग पनि सीमामा तारबार लगाउन र निश्चित नाकाबाट मात्र आवातजावत गर्ने व्यवस्था मिलाउन आवश्यक छ भन्ने कुरा हामी पुनः औँल्याउँछौँ । त्यसका निम्ति तुरुन्तै पहल गर्न पनि आग्रह गर्दछौँ ।”

    शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • २.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ३.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ४.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ५.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ६.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ७.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ८.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.