• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

शासनको बागडोर सम्हालेका दलबाटै सहिदको अपमान : भट्ट


  •   बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले शासनको बागडोर सम्हालेका राजनीतिक दलबाट सहिदको अपमान भएको आरोप लगाउनुभएको छ । मुलुक र जनताको अधिकारको आन्दोलनमा सहादत प्राप्त गरेका अमर सहिदलाई कदर गर्नुको साटो उल्टै अपमान गर्ने गरेको उहाँको तर्क छ ।

    अड्तिसौँ सरोज स्मृतिदिवसको अवसर पारेर २०८१ भदौ ११ गते मङ्गलबार सहिद टङ्क–सरोज स्मृति प्रतिष्ठान अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भट्टले यस्तो बताउनुभएको हो ।

    ‘सहिदका सपना पूरा गर्नु त परै जाओस्, सत्तारूढ दलहरू उल्टै भ्रष्टाचार र राजनीतिक विकृतिमा लिप्त छन्’ महासचिव भट्टले भन्नुभयो– ‘त्यसैले मुलुकमा सहिदको अपमान भइरहेको छ ।’

    राजनीतिक दलको सत्ता, पदलोलुपता, स्वार्थरूपी चरित्रमा परिवर्तन नआएको र जनताले राहत महसुस गर्ने गरी सरकारले काम गर्न नसेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । व्यक्तिगत मामिलाका झगडा, कतिपय दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक सहिदको भावनामा चोट पुगेको महासचिव भट्टको भनाइ थियो ।

    प्रतिष्ठानका उपाध्यक्ष गोविन्द बिसीको अध्यक्षता, चन्द्रप्रसाद बन्जाडेको स्वागत मन्तव्य र सचिव देवेन्द्र कुँवरको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर बिसी, राजमो केन्द्रीय सदस्यद्वय झबिलाल थापा, सागर केसीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै उहाँहरूले मुलुकको परिवर्तनमा सहिदले खेलेको भूमिका कसैले पनि भुल्न नहुने बताउनुभयो ।

    २००१ सालमा सन्धिखर्क–२ तत्कालीन किमडाँडा गाउँ पञ्चायत वडा नम्बर ९ कुरमा जन्मिनुभएका सहिद शोभाखर धनन्जय (सरोज शर्मा) को २०४३ साल भदौ ११ गते भारतको दिल्लीमा अस्वाभाविक मृत्यु भएको थियो ।

    २०३६ सालसम्म नेपाली कङ्ग्रेस, २०४१ सम्म रामराजा प्रसाद सिंहको बहुदलीय जनवादी मोर्चाको केन्द्रीय सदस्य, पछि २०४२ सम्म आफ्नै नेतृत्वमा बहुदलीय जनवादी मोर्चा सञ्चालन, २०४२ सालमा सशस्त्र युद्ध घोषणापश्चात असहमती जनाउँदै आफ्नो नेतृत्वको मोर्चालाई नेकपा (मसाल) मा समाहित गर्नुभएको थियो ।

    सहिद सरोजलाई समाज सुधारको आन्दोलनको आवाज उठाएबापत राणाहरूले हत्या गरेको हुन सक्ने पारिवारिक स्रोतले जनाएको छ । सरोजले आफू जीवित छँदा “हाँक” पत्रिकाको संस्थापक र नेपाली एकता पत्रिकाको सहसम्पादकको रूपमा रहेर मिडिया क्षेत्रमा समेत योगदान पुर्‍याउनुभएको जानकारहरूले बताएका छन् ।

    बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बेनी-दरवाङ सडक सञ्चालन
    अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो
    महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन
    सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • २.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    • ३.
      बेनी-दरवाङ सडक सञ्चालन

    • ४.
      अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    • ५.
      महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    • ६.
      सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    • ७.
      रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

    • ८.
      बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.