• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अहिलेको परिस्थितिमा मार्क्सवाद झनै सशक्तः महामन्त्री सिंह


  •   मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विश्व सर्वहारा वर्गका महान नेता कार्ल मार्क्सका विचार अहिलेको सन्दर्भमा झनै सशक्त बन्दै गएको बताउनुभएको छ ।

    Advertisement

    २०३ औं मार्क्स जयन्तीका अवसरमा नेकपा (मसाल) केन्द्रीय कार्यालयले मंगलबार आयोजना गरेको विशेष कार्यक्रममा महामन्त्री सिंहले कम्युनिष्ट आन्दोलनलाई दिशानिर्देशन गर्नमा कार्ल मार्क्सको विशेष योगदान रहेको बताउनुभयो ।
    उहाँले अहिलेको विषम परिस्थितिका विभिन्न जटिलताहरुका सन्दर्भमा पनि मार्क्सवादको ऐतिहासिक महत्व रहेको उल्लेख गर्नुभयो ।

    ‘विभिन्न प्रकारका अन्तरविरोधका बीचबाट नयाँको विकास हुन्छ भन्ने द्वन्दात्मक भौतिकवादी दर्शनका आधारमा नै विश्व जगत परिचालित हुँदै आएको छ’ सिंहले भन्नुभयो, ‘ऐतिहासिक भौतिकवादी दृष्टिबाट हेर्दा पनि मानव समाजमा त्यसरी नै परिवर्तन हुँदै आएको छ र निरन्तररुपमा परिवर्तन हुँदै जानेछ । त्यसकारण अहिलेको परिस्थितिमा पनि मार्क्सवाद झनै सशक्त भएर आएको प्रष्ट छ ।’

    मानव समाजमा न्याय, समानता र श्रमिक वर्गका हितमा मार्क्सले अगाडि सारेका विचारले एउटा सहस्राब्दीलाई नै प्रभावित पारेको उल्लेख गर्दै उहाँले मार्क्सको ज्ञान, विचार र चिन्तनलाई श्रमिक वर्ग र मानवजातिका हितमा सदुपयोग गर्न राज्य व्यवस्थामै परिवर्तन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    यस्तै महामन्त्री सिंहले साम्राज्यवाद र पूँजीवादले अत्यधिक नाफाका लागि प्रकृतिको अनियन्त्रित दोहन गरिरहेको उल्लेख गर्दै त्यसले पृथ्वी र मानव जगतमा नयाँ नयाँ संकटहरु सृजना गरेको बताउनुभयो । मार्क्सले आजभन्दा करिब दुई सय वर्ष अघि नै प्रकृतिमाथि साम्राज्यवादले कसरी चरम शोषण गर्छ भन्ने कुराको ब्याख्या गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

    श्रमिक वर्गको राज्य व्यवस्था स्थापनाको लागि जनता नै जागरुक हुनुपर्ने भन्दै उहाँले ब्यापक जनआन्दोलन र जनसंघर्षका माध्यमबाट शोषणमूलक व्यवस्थामा परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीको अध्यक्षता तथा नेकपा (मसाल) बागमतीका प्रवक्ता समीर सिंहको सञ्चालनमा भएको कार्यक्रममा राजमो नेता आनन्द शर्मा, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का महासचिव लोकराज भुसाल, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री र अखिल नेपाल उद्योग व्यापार संघका नेता बीबी अधिकारीले शुभकामना दिनुभएको थियो ।

    यस्तै, विश्वका विभिन्न देशबाट त्यहाँस्थित नेपाली एकता समाजका नेताहरु मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी, शक्तमान बुढाथोकि (हङकङ), लुमाकान्त पुन(कतार), हिमाल थापा(बेल्जियम), तेजेन्द्र क्षेत्री (जापान), जय विक(दुबई) र तोयनाथ कडेल(यूरोप)  लगायत नेताहरुले शुभकामना दिनुभएको प्रवक्ता समिर सिंहले जानकारी दिनुभयो ।

    नवलपुरमा राष्ट्रिय जनमोर्चा नवलपुरको आयोजनामा कार्ल माक्र्सको २०३ औँ जन्मजयन्ती मनाइएको छ ।

    विकसित प्रविधिको प्रयोग गर्दै भिडियो कन्फ्रेन्सद्वारा सम्पन्न गरिएको कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा नवलपुरका जिल्ला अध्यक्ष दिपक पाण्डेले गर्नुभएको थियो भने सञ्चालन अखिल नेपाल बुद्धिजीवी सङ्घका पूर्व केन्द्रीय सदस्य देवराज पौडेलले गर्नुभयो । देशविदेशका दाजुभाइ, दिदिबहिनीलाई राजमो नवलपुरको तर्फबाट सल्लाहकार रामप्रसाद सापकोटाले स्वागत गर्नुभएको थियो ।

    अध्यक्षको आसन ग्रहण गर्दै दिपक पाण्डेबाट कार्ल माक्र्सको जन्मजयन्ती मनाउनुको उद्देश्य र महत्त्ववारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने वक्तामा नेकपा (मसाल) नवलपुरका प्रवक्ता लेखनाथ शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरे र गैँडाकोट नगरपालिका वार्ड नं. १६ का वडा अध्यक्ष गणेश ज्ञवाली हुनुहुुन्थ्यो ।

    त्यस्तै अन्य वक्ताहरूमा महिला नेतृ मनु विक, जापान नेपाली एकता समाजका देवेन्द्र वस्याल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका मनिराम सापकोटा, राष्ट्रिय जनमोर्चाका सुरेन्द्र भण्डारी, बेल्जियम नेपाली एकता समाजका हिमाल थापाका, वामपन्थी नेता विमल शर्मा, सांस्कृतिक कर्मी नारायण शर्मा, राजमो नेता गौरिलाल कार्कीले मन्तव्य राख्नु भएको थियो ।

    सो अवसरमा माक्र्सवादी विचार मञ्चका अध्यक्ष युवराज पन्थीले लिखित शुभकामना सन्देश पठाउनुभएको थियो ।

    मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • २.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ३.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ४.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ५.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ६.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ७.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ८.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.