• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ९. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

चुनढुङ्गा उत्खनन् प्रकरणमा दोषीलाई नउम्काउन र निर्दोषलाई नफसाउन राजमो जोड


  •   आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अर्घाखाँचीको भूमिकास्थानस्थित चुनढुङ्गा उत्खनन् प्रकरणमा दोषीलाई उम्किन नदिन र निर्दोषलाई नफसाउन प्रहरी प्रशासनसित राष्ट्रिय जनमोर्चाले जोड दिएको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ भदौ २ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो तथ्यमा जोड दिएको हो ।

    जिल्लाको भूमिकास्थान नगरपालिका–९ स्थित चुनढुङ्गा उत्खनन्का लागि पालिकाको कीर्ते लेटरप्याड र नगरप्रमुखको हस्ताक्षरको प्रयोगबारे राजमोले सो वक्तव्य जारी गरेको छ ।

    कैयौँ जिल्लाहरूमा सत्तारूढ दलले विरोधी पार्टीका विरुद्ध पुलिस प्रशासनलाई उपयोग गर्ने गरेको बताउँदै सो वक्तव्यमा अर्घाखाँचीमा त्यस्तो भएमा त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् सरकार हुने बताइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं. ९ मा स्थित चुनढुङ्गा उत्खनन् कम्पनी सञ्चालनका लागि अनुमति लिने नाममा कम्पनीको प्रतिनिधिले भूमिकास्थान नगरपालिकाको लेटरप्याड तथा नगरप्रमुखको हस्ताक्षर कीर्ते प्रकरणमा दोषीउपर कारबाही गरिनुपर्ने कुरामा हाम्रो पार्टीबाट पहिले नै वक्तव्य सार्वजनिक भइसकेको छ । प्रहरी प्रशासनले कीर्ते प्रकरणमा छानबिन गरी सम्बन्धित कम्पनीका प्रतिनिधिलाई हिरासतमा लिएर मुद्दाप्रक्रिया अगाडि बढाएको छ । त्यसलाई हामीले समर्थन गर्दछौँ । चुनढुङ्गा उत्खनन् अनुमतिसँग जोडिएको कीर्ते प्रकरणमा दोषी उम्किन नदिन तथा निर्दोष नफसुन् भन्नेतर्फ प्रहरी प्रशासनले पूरा ध्यान दिनुपर्दछ भन्ने हाम्रो दलको जोड छ तर त्यसका साथै विगतमा देशका कैयौँ जिल्लामा प्रहरी प्रशासनले सत्तारूढ दलको निर्देशन वा रुचिमा निर्दोष व्यक्तिलाई फसाउने वा मुद्दा लगाउने गरेका थुप्रै उदाहरण पनि रहेका छन् । विपक्षीको सङ्गठनलाई नोक्सान पुर्‍याउन तथा सत्तारूढ दलको सङ्गठन विस्तारमा प्रहरी प्रशासनलाई सत्तारूढ दलले प्रयोग गर्ने गरेका छन् ।

    सत्तारूढ दलको स्वार्थमा प्रहरी प्रशासन चुनढुङ्गा उत्खनन् अनुमति कीर्ते प्रकरणलाई हाम्रा विरुद्ध उपयोग गर्न नपाउन् भन्नेतर्फ पनि हाम्रो दलको ध्यान गएको छ तर कीर्ते प्रकरणमा घटनाक्रमको जसरी विकास भइरहेको छ, त्यसलाई हेर्दा त्यो प्रकरणलाई सत्तारूढ दलले हाम्रो सङ्गठनका विरुद्ध प्रयोग गरिरहेको त छैन भन्ने शङ्का उत्पन्न भएको छ । यदि प्रहरी प्रशासनले कीर्ते प्रकरणलाई हाम्रो सङ्गठनका विरुद्ध प्रयोग गर्न खोजेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् सरकार हुने छ ।

    अन्तमा चुनढुङ्गा उत्खनन् कार्यले स्थानीय खानेपानीका मूल, वनजङ्गल, जनताको खानेपानी, कृषिमा गम्भीर असर पुग्ने तथा खानी उत्खनन्को परिणाम त्यहाँको बस्तीलाई विस्थापित गर्नुपर्ने र त्यसबाट पर्यावरणलाई पनि गम्भीर असर पुग्ने भएकाले हाम्रो दलले चुनढुङ्गा उत्खनन् कार्य सञ्चालन गर्न नदिन विगतदेखि नै अडान लिँदै आएको छ । त्यस सवालमा हाम्रो अडान अहिले पनि कायम नै छ ।”

    आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.