• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अनलाइन शिक्षा कति व्यवहारिक ? यस्तो छ अभिभावक र विद्यार्थी संगठनहरुको तर्क


  •   शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    प्रविधिको विकासले सबैजसो नागरिक प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिको विकाससँगै पढेलेखेकादेखि अनपढ सम्मका नागरिक मोबाइल र इन्टरनेट प्रयोग गर्न थालेका छन् । अहिले सरकारले अनलाइन कक्षा तथा शिक्षालाई प्राथमिकता दिएको छ ।

    Advertisement

    लकडाउनका कारण विद्यालयहरु बन्द भएका कारण विद्यार्थी पढ्नबाट बञ्चित भएपछि अनलाइन शिक्षाको कुरो उठेको हो । पाठ्यक्रम अनुसार विद्यार्थीले पढ्नु पर्ने कोर्ष नसकिने भएपछि सरकारले अनलाइन शिक्षाको अवधारण ल्याएको हो ।

    अनलाइन शिक्षा प्रविधिमैत्री भएपनि सबै विद्यार्थीका लागि उपयोगी नहुने विद्यार्थी र अभिभावकले बताएका छन् । सबै विद्यार्थीको घरमा इन्टरनेट नभएको र लकडाउनको बेला शहरबाट गाउँ गएका धेरै विद्यार्थीका लागि इन्टरनेटको सुविधा नहुने हुँदा अहिले अनलाइन शिक्षा व्यवहारिक नहुने उनीहरुको तर्क छ ।

    के भन्छन् अभिभावक र शिक्षकहरु ?
    अभिावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली र प्रदेश ५ का अध्यक्ष हेम थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी अनलाइन शिक्षा त्यती व्यवहारिक नदेखिएको बताउनु भएको छ । केही स्कुलहरुले अनलाइन शिक्षा शुरु गरेको बताए पनि खासै व्यबहारिक नभएकाले अनलाइन शिक्षालाइ प्रभावकारी बनाउन अध्ययन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सबैको घरघरमा इन्टरनेट नभएको र इन्टरनेटको सेवा नभएका ठाउँका विद्यार्थी अनलाइन शिक्षाबाट बञ्चित हुने भएकाले विज्ञप्तिमार्फत राज्यको ध्यानाकर्षण गराइएको छ । प्रदेशभरी एकै दिन रिजल्ट निकाल्न र पाठ्यपुस्तक सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउन अभिावक संघले सम्बन्धित पक्षसँग माग गरेको छ ।

    समयको माग र प्रविधिको विकाससँगै सरकारले अनलाइन शिक्षा ल्याउन खोज्नु राम्रो पक्ष भएपनि विद्यार्थी पहुँचमा नभएकाले सम्भव नहुने प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले बताउनु भयो । सबै विद्यार्थी इन्टरनेटको पहुँचमा नभएकाले अहिलेको अवस्थामा अनलाइन शिक्षा सम्भव नभएको उपाध्यक्ष पन्थीको भनाइ छ । अनलाइन शिक्षाका लागि प्याब्सनले पनि सोचेको तर सम्भव नदेखिएको र अहिलेको अवस्थामा १५ देखि २० प्रतिशत विद्यार्थी मात्र इन्टरनेटको पहुँचमा रहेको उहाँको भनाइ छ ।

    धेरैजसो विद्यार्थी इन्टरनेटको पहुंचमा नभएकाले अनलाइन शिक्षा व्यवहारिक र प्रभावकारी नहुने अभिभावक संघका केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले बताउनु भयो । चैत्र महिनाको शुल्क उठाइ सकेको र अब बैशाखको शुल्क उठाउन नीजि स्कुलहरुले विद्यार्थी, अभिभावलाई अनलाइन शिक्षाको नाममा आंखामा छारो हाल्ने काममा लागेको अध्यक्ष ज्ञवालीको बुझाइ छ ।

    शिक्षा पत्रकार समूहका उपाध्यक्ष कृष्ण मल्ल पनि अनलाइन शिक्षामा भरपर्न नसकिनने बताउनुहुन्छ । अनलाइन शिक्षाका लागि शिक्षक र विद्यार्थी प्रविधिको प्रयोग गर्ने क्षमता राख्न सक्दैनन् । अनलाइन शिक्षाले शिक्षामा विभेद ल्याउने बताउंदै पत्रकार मल्ल भन्नुहुन्छ – उच्च वर्गका केही विद्यार्थी र प्रविधिमा पूर्ण केही विद्यार्थीको लागि मात्र अनलाइन शिक्षा सम्भव भएपनि गाउँघरमा दाउरा, घास काट्ने र गाइभैसी चराएर स्कुल जाने विद्यार्थीका लागि अनलाइन शिक्षा प्रभावकारी हुदैन ।

    इन्टरनेट निशुल्क र सर्वसुलभ बनाउः विद्यार्थी संगठन
    विभिन्न विद्यार्थी संगठनहरुको अनलाइन कक्षा तथा शिक्षा उपयुक्त नभएको तर्क छ । विद्यार्थीबाट चैत्र महिनाको फि तथा शुल्क स्कुलहरुले उठाइ सकेका छन् भने बैशाख महिनाको शुल्क उठाउनका लागि स्कुलहरुले अनलाइन शिक्षा सञ्चालन गरेको बताउन थालेका छन् ।

    अनेरास्ववियु (छैठौं)का केन्द्रीय सदस्य सरोजमान सिंहले अनलाइन शिक्षा सुरु गर्नु अघि सबै विद्यार्थीको पहुँचमा इन्टरनेट ल्याउनुपर्ने बताउनुभएको छ । अहिलेकै अवस्थामा अनलाइन शिक्षा सञ्चालन गर्दा यसले विभेद ल्याउने र ग्रामिण क्षेत्रका विद्यार्थीको लागि अनलाइन शिक्षा सम्भव नहुने सरोजमान सिंहको तर्क छ ।

    ‘प्रविधिको जमान अनुसार विद्यार्थी आफैँमा ट्यालेन्ट भएपनि गाउँगाउँमा इन्टरनेटको सुविधान नहुँदा अनलाइन शिक्षाबाट धेरै विद्यार्थी बञ्चित हुन्छन् । आर्थिक रुपले विपन्न वर्गका विद्यार्थी इन्टरनेटको पहुँचमा नभएकाले तत्कालका लागि अनलाइन शिक्षा ब्यवहारिक नभएको’ नेता सरोजमान सिंह बताउनुहुन्छ ।

    अनेरास्ववियु (छैठौं)ले विद्यार्थीलाई निःशुल्क इन्टरनेटको व्यवस्था मिलाउनु पर्ने र गाउँगाउँमा इन्टरनेटको सेवा विस्तार गर्न र विद्यार्थीलाई इन्टरनेट सेवा निः शुल्क गर्न सरकारसँग माग गरेको छ ।

    यस्तै, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष मुक्ती पौडेलले सबै विद्यार्थी नेटको पहुँचमा नभएकाले अनलाइन शिक्षा व्यवहारिक नभएको बताउनुहुन्छ । आर्थिक र भौतिक रुपले पहुँचमा रहेका विद्यार्थीको लागि अनलाइन शिक्षा ठिकै भएपनि पहुँच नभएका निम्न वर्गका विद्यार्थीका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने उहाँको तर्क छ । महामारीको विकराल अवस्थामा विद्यार्थीलाई सेवा दिनु राम्रो भएपनि अनलाइन शिक्षाले विद्यार्थीलाई आर्थिक भारपर्ने नेविसंघका उपाध्यक्ष पौडेलको भनाइ छ ।

    यसैगरी अनेरास्ववियूका केन्द्रीय सदस्य यमराज पाण्डेले तत्कालका लागि सबै विद्यार्थी अनलाइनको पहुँचमा नभएको देखिएपनि अनलाइन शिक्षा ठिकै भएको बताउनुहुन्छ । शिक्षा प्रणालीलाइ नयाँ प्रविधिको विकासमा समावेश गराउनका लागि पनि क्रमस अनलाइन शिक्षा लागु गर्नुपर्ने उहांको तर्क छ । विद्यार्थीका लागि एकेडेमी डाटा ल्याउन अनेरास्ववियूले नेपाल टेलिकमसँग माग गरेको र अनलाइन शिक्षाका लागि डाटा फ्रि उपलब्ध गराउन माग गरिएको बताउनुहुन्छ पाण्डे ।

    यस्तै, विद्यार्थी नेटको पहुंचमा नभएकाले अनलाइन शिक्षा व्यवहारिक नभएको बताउनुहुन्छ अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य रमेश गैरे पनि । अनलाइन शिक्षा निश्चित पहुंच भएका विद्यार्थीको लागि सम्भव भएपनि धेरै विद्यार्थीको लागि प्रभावकारी नहुने विद्यार्थी नेता गैरेको तर्क छ । सरकारले आफ्रनो प्रचारका लागि अनलाइन शिक्षाको नाममा सस्तो लोकप्रियता देखाउन खोजेको अनेरास्ववियु क्रान्तिकारीको भनाइ छ ।

     

    शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.