अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले विद्यार्थीहरुलाई प्रविधिसँग अभ्यस्त र प्रतिस्पर्धी बनाउन अनलाइन कक्षा अत्यावश्यक भइसकेको जनाएको छ ।
Advertisement
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग त्यसबारे छलफल गरेको जानकारी दिँदै अखिल (छैठौं) ले पूर्वाधार निर्माणमा पर्याप्त पहल नगरी विश्वविद्यालयहरुले प्रचारलाई अतिरञ्जित गरिरहेको जनाएको छ ।
अनलाइन कक्षा सञ्चालनबारे संगठनको धारणा स्पष्ट पार्दै अध्यक्ष विमल पोखरेलले सर्वप्रथम प्राध्यापकहरुलाई तालिम प्राप्त र अभ्यस्त बनाउन, विद्यार्थीलाई इन्टरनेटको पहुँचमा पुर्याउन, इन्टरनेटको शुल्क क्याम्पस तहबाटै समायोजन गर्न तथा इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीलाई क्याम्पस÷स्कुल खुलेपछि विशेष व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।
यस्तो छ, अखिल (छैठौं) को धारणा
