• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अनलाइन कक्षामा रमाउँदै बालबालिका


  •   बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
  • लक्ष्मी चौधरी, काठमाडौं ।
    कोरोना भाइरसको संक्रमणका कारण लकडाउन लम्बिँदै जाँदा विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्न थालेका छन् । करिब डेढ महिनादेखि घरमै बसिरहेका बालबालिका पनि हिजोआज अनलाइन कक्षामार्फत रमाउँदै लेखपढ गर्न सुरु गरेका छन् ।

    Advertisement

    काठमाडौंको बूढानीलकण्ठस्थित बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेसनल स्कुलका प्रिन्सिपल बिष्णुचन्द्र अधिकारीले कक्षा ८, ९ र १० का विद्यार्थीलाई भिडियो कलमार्फत र त्यो भन्दा साना कक्षाका विद्यार्थीलाई भाइबारमार्फत कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

    ‘अहिले कतिपय विद्यार्थीहरु गाउँतिर गएका छन्, सबै ठाउँमा अनलाइनको सुविधा त छैन, तैपनि करिब ६० प्रतिशत विद्यार्थीहरु अनलाइन कक्षामा सहभागी भएका छन्’ अधिकारीले भन्नुभयो, ‘अनलाइन कक्षा सञ्चालन गर्दा बालबालिका पनि रमाइलो मानेर पढेका छन् ।’

    प्रिन्सिपल अधिकारीका अनुसार अहिले अधिकांश विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न सुरु गरेका छन् । लकडाउन खुल्ने अनिश्चितता र खुलिहाले पनि तत्काल विद्यालय खोल्न जोखिम हुने भएकाले केही समय अनलाइन कक्षालाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।

    अधिकारीले भन्नुभयो, ‘लकडाउन खुल्नासाथ विद्यालय खोल्न जोखिम हुन्छ । करिब एक महिना पछि मात्रै विद्यालय खुल्ने सम्भावना छ, त्यतिबेलासम्म अनलाइन कक्षालाई नै निरन्तरता दिनेछौं ।’

    विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि विद्यार्थीको संख्या कमै रहेको र प्राविधिक समस्या रहेको शिक्षकहरु बताउँछन्।

    फेरिल्याण्ड स्कुलकै इन्चार्ज रोजिना विष्टको अनुभवमा अहिले धेरै विद्यार्थीहरु उपत्यका भन्दा बाहिर छन् । जति पढिरहेका छन्, उनीहरुलाई पनि प्राविधिक समस्या पर्ने गरेको छ । सबैसँग फेसबुक चलाउन मिल्ने गरी ल्यापटप र मोबाइल छैन । विद्यार्थीको हातमा पुस्तक छैन । त्यसले गर्दा कतिपय समस्याहरु छन् । तर, सहभागी विद्यार्थी र अभिभावकको राम्रो प्रतिक्रिया पाएको शिक्षिका विष्ट बताउनुहुन्छ ।

    ‘अहिले धेरै बालबालिकाले मोबाइल चलाउँछन् । उनीहरु प्रविधिसँग नजिक छन् । अनलाइन कक्षामार्फत पढ्न पाउँदा विद्यार्थीहरु निकै खुशी भएका छन्’ रोजिना भन्नुहुन्छ, ‘अभिभावकको सहयोग भयो भने बालबालिकाले घरमै बसेर पनि राम्रो प्रगती गर्न सक्छन् ।’

    बालबालिकालाई परेको पाठ्यपुस्तकको समस्या भने केही दिनमै हल हुने प्रिन्सिपल अधिकारी बताउनुहुन्छ । पुस्तक वितरकहरुसँग अहिले कुराकानी भइरहेको र एक हप्ताभित्रै सामाजिक दूरी कायम राखेर पुस्तक वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

    लकडाउन लम्बिँदै जाँदा सरकारले पनि अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । हालै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अनलाइन कक्षा सञ्चालनबारे सरोकारवाला निकायसँग चासो राख्नुभएको थियो । यस्तै, त्रिभुवन विश्वविद्यालयले पनि मातहतका कलेजहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।
    अहिले अधिकांश विद्यालय तथा क्याम्पसहरुले अनलाइन कक्षामार्फत पढाइ सुरु गरेका छन् ।

    विद्यार्थीहरु लामो समयसम्म घरमै बस्नुपर्दा एकातिर पढाइ बिग्रने चिन्ता छ भने अर्कोतिर उनीहरुमा मानसिक रुपमा दिक्दारी हुन सक्छ । तर, विद्यालयले सञ्चालन गरिरहेको अनलाइन कक्षामार्फत बालबालिका शिक्षक तथा आफ्ना साथीसँग जोडिन पाउँछन् । यसले गर्दा उनीहरुमा स्कुल जान नपाएपनि पढाइप्रति उत्साहित हुने र मानसिक समस्या हट्ने अभिभावकहरु बताउँछन् ।

    तर, अनलाइन कक्षामा सबै विद्यार्थीहरुलाई जोड्न आवश्यक देखिन्छ । त्यसका लागि शिक्षक तथा अभिभावक सबैले विद्यार्थीलाई प्रोत्साहित गर्ने र उपयुक्त वातावरण निर्माण गरिदिनुपर्ने देखिन्छ ।

    बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.