• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो दाङले बुझायो २२ बुँदे मागसहित ज्ञापन


  •   बुधबार, असार ०६, २०८१ मा प्रकाशित
  • दिनेस रैदास, दाङ
    राष्ट्रिय जनमोर्चा दाङले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय कार्यालय र घोराही उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

    Advertisement

    जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा २०८१ असार ५ गते बुधबार राजमो प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालयका प्रमुख रामबन्धु सुवेदी , जिल्ला समन्वय कार्यालयका प्रमुख नित्यनन्द शर्मा र घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीलाई ज्ञापनपत्र बुझाएको हो ।

    जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख रामबन्धु सुवेदीले विगतमा पनि साथ सहयोग जस्तै आगामी दिनमा कायम रहने प्रतिबद्धता जाहेर गर्नु भएको थियो। साथै राजमोले ज्ञापन पत्र मार्फत् माग गरेका मागहररू समन्यव र सरकारलाई जानकारी गराउछु भनेर भन्नुभएको थियो । त्यसैगरी जिल्ला समन्वय कार्यालयका प्रमुख नित्यनन्द शर्माले तपाईहररूको मागलाई स्थनीय, प्रदेश र सङ्घमा समन्वय गर्ने प्रतिबद्धता जाहेर गर्दै यसपाली दाङ्गमा कृषकहरूलाई मलको आवश्यकताको कमी नहुने पनि बताउनुभएको थियो ।

    घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले पनि साथ सहयोग र मागहररूलाई पूरा गर्ने प्रतिबद्धता गर्नुभयो।

    २२ बुँदे ज्ञापनपत्रमा पार्टीको तर्फबाट विभिन्न सुझावसहितका मागहरू समेटिएका छन्।

    राजमो दाङले सबै स्थानीय तहलाई ज्ञापन बुझाउने कार्यक्रम अन्तर्गत यसअघि शान्तिनगर, दङ्गिशरण र बबई गाउँपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, बङ्गलाचुली , राजपुर तथा गढवा गाउँपालिकालगायतमा ज्ञापन पत्र बुझाइएको छ ।

    यस्ता छन् ज्ञापन पत्रका २२ बुँदा
    १. भ्रष्टाचार र अनियमिततालाई पूर्णरुपमा बन्द गरियोस् ।
    २. नागरिकमैत्री प्रशासन संयन्त्र निर्माण गरियोस् ।
    ३. शिक्षा, स्वास्थ्य र रोजगार जस्ता नागरिकका आधारभूत आश्यकता परिपूर्ती गरियोस् ।
    ४. प्राकृतिक श्रोत साधनको अनियन्त्रित दोहन रोकि त्यसमा स्थानीय नागरिकको व्यवस्थापन र अधिकारको सुनिश्चित गरी आर्थिक विकासमा टेवा पुर्याइयोस्।
    ५. किसानहररूलाई सिंचाइसहित समयमै मल तथा बीऊको व्यवस्था गरियोस् ।
    ६. भूमिहीन तथा सुकुम्बासीहरूका समस्या समाधान गरियोस्।
    ७. जिल्लामा हवाइ मैदान निर्माण गरी नियमित हवाइ उडानको व्यवस्था गरियोस् ।
    ८० हाइ ड्यामहरूको निर्माण गरी सिंचाइ र खानेपानीका मुहानहरूको संरक्षण गरियोस् ।
    ९. लमही तुलसीपुरको बाटोलाई त्यहाँ गुड्ने गाडी र लोडलाई मध्यनजर गरी चारलेन बलियो बाटो निर्माण गरियोस् ।
    १०. सरकारी कार्यालहरूमा बिचौलियाहरू निषेध गरियोस् ।
    ११. पहुँच, पावर र सेटिङमा हुने अनुदान हैन सम्पूर्ण किसानलाई मल, बीऊ तथा कृषि सामग्रीहरूमा सहुलियत प्रदान गरियोस् ।
    १२. अनुत्पादक र अनुपयोगी लगानीलाई निरुत्साहित गरी उत्पादक र उपयोगी लगानीमा ध्यान दिइयोस् ।
    १३. विकासे योजनाहरू कसैलाई चित्त बुझाउने हिसावले हैन नागरिकले विकासको अनुभूति गर्ने हिसावले तय गरियोस् ।
    १४. महिला हिंसा तथा जातीय विभेदका विरुद्ध सचेतना तथा जागरण अभियान सञ्चालन गरियोस् ।
    १५. मिटरब्याजी र छिनुवा पासवालाहरूलाई सजायको दायरामा ल्याइ कानुनी रुपमा फटाइ गर्नेहरुलाई हैन वास्तविक पीडितलाई न्याय दिलाइयोस् ।
    १६.साना तथा मझौला उधोगहरू सञ्चालन गरियोस् ।
    १७. आफ्ना नागरिकलाई रोजगार गराउन स्थानीय सरकारले लोक सेवा, शिक्षा सेवा र अन्य प्राविधिक विषयहरुमा न्यून शुल्कमा तयारी कक्षाहरू सञ्चालन गरियोस् ।
    १८. सबै नागरिकहरुलाई शुद्ध पिउने पानी सहज रुपमा प्राप्त गर्न सकिने वातावरण निर्माण गरियोस् ।
    १९. आम नागरिकलाई स्वास्थ्य बीमा र स्वास्थ्य सेवा सहज रुपमा उपभोग गर्न पाउने वातारवण निर्माण गरियोस् ।
    २०. सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गरी सामुदायिक शिक्षामा आकर्षण वृद्धि गरियोस् ।
    २१. जडिबुटी तथा आर्गेनिक बस्तुको उत्पादन र बजारीकरणमा ध्यान पुराइयोस् ।
    २२. वन पैदावर तथा काठहरू जंगलमा सड्ने र उपभोक्ताहरूले महङ्गो मूल्यमा विदेशी काठ प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गरियोस् ।

    बुधबार, असार ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.