काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर न्यायाधीश भुवन गिरीविरुद्ध ७ वर्ष कैद सजाय हुने फैसला भएको छ।
Advertisement
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार बलात्कार कसुरमा गिरीलाई ७ वर्षको जेल सजाय हुने फैसला सुनाएको हो।
आफ्नै पूर्वपत्नीलाई बलात्कार गरेको मुद्दामा न्याधीश गिरी निलम्बित थिए ।
सम्बन्ध विच्छेद भइसकेर पनि गिरीले पूर्वश्रीमतीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भनी मुद्दा परेको थियो।
यही जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो भने सजाय जेठ २८ गते तोकिएको हो।
उनलाई ३ लाख रुपैयाँ जरिवाना हुने र त्यो रकम क्षतिपूर्तिका रूपमा पीडितले पाउने फैसला पनि भएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।