• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

भारतको संविधानमा प्रतिगामी प्रकारको संशोधन सम्भावना समाप्त भएको मसालको निष्कर्ष


  •   शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले भारतको संविधानमा प्रतिगामी प्रकारको संविधान संशोधनको सम्भावना समाप्त भएको निष्कर्ष निकालेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ जेठ २५ गते जारी प्रेसविज्ञप्तिमा सो धारणा व्यक्त गरिएको हो ।

    हालै बसेको पी.बी. को बैठकद्वारा पारित भएको भनिएको उक्त विज्ञप्तिमा भर्खरै सम्पन्न आम चुनावको सन्दर्भमा मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को हारसित सो सन्दर्भ जोडिएको छ ।

    मसालको विश्लेषण छ, यदि भाजपाले उसले दाबी गरे झैँ चार सय बढी सिटमा चुनाव जितेको भए भारतको संविधान संशोधन भएर त्यसमा लिपिबद्ध गणतन्त्र र धर्मनिरपेक्षता समाप्त हुन सक्दथ्यो । त्यस्तो हुनु भनेको प्रतिगामी प्रकारको संविधान संशोधन नै हुन्थ्यो ।

    भारतमा जुनसुकै सरकार आए पनि उनीहरूको नेपालनीतिमा कुनै भिन्नता नआउने उल्लेख गर्दै विज्ञप्तिमा भाजपा र उसका विपक्षीमाझ भएको एउटा अन्तरबारे स्पष्ट पारिएको छ । मसालले भनेको छ– भाजपाको हारले नेपाल गणतन्त्र र धर्मनिरपेक्षतामाथि आक्रमण गर्ने प्रतिगामी तत्त्वलाई त्यति बढी मदत पुग्ने छैन ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “भारतको आमचुनाव सम्पन्न भएको छ । प्रधानमन्त्री मोदीले चुनावमा ४०० पारको नारा दिएका थिए । त्यसका पछाडिको उद्देश्य संविधानमा परिवर्तनका लागि समेत आवश्यक बहुमत प्राप्त गर्नु थियो । यो स्पष्ट थियो कि उनले त्यस प्रकारको बहुमत प्राप्त गर्नुका पछाडिको उद्देश्य संविधानमा तानाशाही शासन कायम गर्ने र धर्मनिरपेक्षता हटाउने प्रकारको संशोधन गर्नु नै थियो । त्यसैले अहिलेको चुनाव मुख्य रूपले भारतको संविधानको रक्षाको प्रश्नमा नै भएको थियो । यो खुसीको कुरा हो कि जनताले मोदीलाई त्यस प्रकारको बहुमत दिएनन्, त्यसैले उनको संविधानमा प्रतिगामी प्रकारको संशोधन गर्ने उद्देश्यको ठुलो हार भएको छ र त्यस अर्थमा विपक्षको ठुलो जित भएको छ । अहिले भारतमा भएको चुनावको सबैभन्दा ठुलो विशेषता वा प्रधान पक्ष त्यही नै हो ।

    भाजपालाई सरकार बनाउनका लागि सामान्य बहुमत पनि प्राप्त भएन । त्यसकारण उनले कतिपय अन्य साना दलको समर्थन लिएर सरकार बनाउनुपरेको छ । ४०० पारको नारा दिएर चुनाव लडेको भाजपालाई सामान्य बहुमत पनि प्राप्त नहुनु मोदीको ठुलो नैतिक पराजय हो । त्यस प्रकारको पराजय हुनुका पछाडि मुख्यतः उनका गलत प्रकारका नीति र कार्यशैली नै जिम्मेवार छन् ।

    सर्वप्रथम त कट्टर हिन्दुवादी नीतिका कारणले जनतामा उनीप्रति व्यापक असन्तोष पैदा भएको थियो । उनले सधैँ आफूलाई ‘घुस पनि खान्न र खान पनि दिन्न’ भन्ने नारा दिएर आफ्नो स्वच्छ छवि भएको दाबी गर्दै आएका थिए तर सर्वोच्च अदालतले ‘इलेक्ट्रोरल बन्ड’ अर्थात् गोप्य तरिकाले पार्टीलाई चन्दा दिने कानुनी पद्धतिलाई प्रकाशमा ल्याइदिएपछि भाजपाले ठुलो पैमानामा भ्रष्टाचार गरेको कुरा आम रूपमा आयो । त्यसरी गोप्य चन्दा लिएर उनले ठुला कम्पनीलाई ठुलो पैमानामा ठेक्का र लाइसेन्स पनि दिने गरेको कुरा आम रूपमा थाहा भयो ।

    चुनावको बेलामा उनले घोर अप्रजातान्त्रिक र तानाशाही तरिका अपनाए । निर्वाचन आयुक्तको नियुक्तिमा पनि उनले स्वेच्छाचारी तरिका अपनाएका थिए र त्यसैको परिणाम यो भएको थियो कि चुनावका बेलामा मोदी वा भाजपाले कैयौँ गलत प्रकारका तौरतरिका अपनाउँदा पनि त्यसबारे परेका उजुरीबारे निर्वाचन आयोगले कुनै कारबाही गरेन । उनले मिडियालाई पनि आफ्नो पक्षमा उपयोग गरेर स्वतन्त्र पत्रकारितामाथि नाङ्गो प्रकारले अङ्कुश लगाउने काम गरे ।

    चुनावका बेलामा उनले भारतीय काङ्ग्रेसको बैङ्क खाता रोक्का गरिदिए । कैयौँ विरोधी नेता वा मुख्यमन्त्रीसमेतलाई ठिक चुनावको बेलामा विभिन्न प्रकारका आरोप लगाएर जेलमा हाल्ने काम गरे । चारओटै धामका शङ्कराचार्य वा भारतका धेरै सन्तमहन्तले राममन्दिरको निर्माण पूरा नभएकाले त्यसमा प्राणप्रतिष्ठा गर्नु हुँदैन भनेर विरोध गर्दा पनि उनले जबर्जस्ती त्यसमा प्राणप्रतिष्ठा गर्ने काम गरे । त्यसका पछाडिको उनको उद्देश्य राममन्दिरको नाममा चुनाव जित्नु नै थियो तर त्यति गर्दागर्दै पनि राममन्दिरको कार्डले काम गरेन । राममन्दिर बनेको अयोध्यामा नै भाजपाको हार भयो । स्वयम् हिन्दु धर्मको गढ मानिएको र भाजपाको नै सरकार भएको उत्तर प्रदेशमा भाजपाको लज्जाजनक हार भयो । पहिले बनारसमा उनले चार लाख भोटको अन्तरले चुनाव जितेका थिए तर अहिले उनले करिब डेढ लाख अन्तरले मात्र चुनाव जिते । त्यसले पनि मोदीमाथिको जनताको विश्वासमा ह्रास आएको कुरालाई नै बताउँछ ।

    कास्मिरको स्वायत्त शासन खतम गरेर त्यसलाई भारतीय सङ्घमा मिलाउने काम गरेका थिए । उनले सोचेका थिए, त्यो कार्यपछि उनको जनाधारमा धेरै वृद्धि हुने छ तर त्यही कास्मिरको चुनावमा उनले एक जनासम्म पनि आफ्नो उम्मेदवार उठाउन सकेका थिएनन् ।
    उनको चुनाव शैली पनि अत्यन्त तल्लो स्तरको र अराजनीतिक प्रकारको थियो । उनले चुनावको बेलामा कुनै राजनीतिक मुद्दा उठाएका थिएनन । उनको मुख्य जोड राजनीतिक प्रचार गर्नेभन्दा पनि तल्लो स्तरका गालीगलौज र झुटा आरोप लगाएर विरोधी पक्षलाई बदनाम गर्नेतिर नै बढी केन्द्रित भएको थियो । चुनावको बेलामा मोदीले गरेका प्रचार कति तल्लो स्तरका थिए, त्यो कुरा त्यो बेलाका सत्तापक्षका, मुख्य रूपले मोदीका यी केही आरोपबाट प्रष्ट हुन्छ : काङ्ग्रेसको जित भयो भने महिलाका मङ्गलसूत्र खोसेर लैजाने छन्† कसैका दुईओटा भैँसी भए जफत् गर्ने छन्; जनताबाट लुटेको सम्पत्ति मुसलमानलाई वितरण गरिने छ† राममन्दिरमा ताला लगाएर बाबरी मस्जिद बनाइने छ आदि आदि । उनले योसम्म पनि प्रचार गरेका थिए कि उनी भगवान्का प्रतिनिधि हुन् वा उनलाई आफ्नो कर्त्तव्य पूरा गर्न भगवानले नै पठाएको थियो । उनले पुरीको जगन्नाथलाई पनि आफ्नो भक्त बताएका थिए र आफूलाई त्योभन्दा माथि राखेका थिए । उनको त्यस प्रकारको अत्यन्त तल्लो स्तरको प्रचारशैलीलाई भारतीय जनताले पचाउन सकेनन् र उनलाई ४०० पार होइन, सामान्य बहुमत पनि दिएनन् ।

    भारतीय जनताले त्यसरी प्रकट गरेको उच्च प्रकारको जनमतलाई हाम्रो पार्टीले अभिनन्दन गर्दछ । वास्तवमा भारतीय जनताले चुनावका बेलामा गरेको त्यस प्रकारको निर्णयले भारतमा संविधानमा संशोधन गरेर देशलाई फाशिष्ट शासनतिर लैजाने तथा धर्मनिरपेक्षतालाई समाप्त गर्ने मोदीको प्रतिगामी उद्देश्यलाई धरासायी बनाइदिएको छ ।

    मोदीले विपक्षीप्रति मात्र होइन, आफ्नै पार्टीभित्र पनि तानाशाही प्रकारको नीति अपनाएका थिए । पार्टीका धेरै पुराना, प्रतिष्ठित वा उनीभन्दा उच्च तहका कैयौँ नेतालाई विस्थापित गर्ने नीति अपनाएका थिए, जसबाट प्रधानमन्त्रीको पदमा उनको प्रतिस्पर्धा गर्ने कोही नहोस् । उनको त्यस प्रकारको नीतिले गर्दा उनको आफ्नै पार्टी वा राष्ट्रिय स्वयम्सेवक दल पनि पूरै नै चुनावमा सक्रिय भएन । त्यसबाट पनि मोदीलाई धेरै नै क्षति पुग्यो ।

    पार्टीभित्रको त्यो अन्तरविरोध अझै पनि शान्त भएको छैन र त्यो लगातार चलिरहेको छ । आउने दिनमा त्यो कुन रूपमा प्रकट हुने छ र त्यसले पार्टी वा सरकारमा मोदीको नेतृत्वमा कुन प्रकारको असर पार्ने छ ? त्यो आउने दिनमा स्पष्ट हुँदै जाने छ ।

    अहिले मोदीको नेतृत्वमा बैसाखीको भरमा सरकार बन्न लागेको भए पनि त्यो स्थायी हुने कुरामा शङ्का नै छ । उनले जुन बैसाखीको मदत लिएर सरकार बनाउन प्रयत्न गर्दै छन्, ती अत्यन्त अविश्वसनीय र अस्थिर भएको र त्यसका लागि उनीहरू बदनाम भएको कुरा भारतीय राजनीतिको खुला तथ्य हो । सत्ता सहयात्री दलले महत्त्वपूर्ण मन्त्रालय, जस्तै कि वित्त, गृह, परराष्ट्र र रक्षा मन्त्रालय तथा स्पिकरसमेतको पदको माग गर्न थालेका छन् तर मोदीले ती मन्त्रालय र स्पिकरसमेतको पद छाड्न चाहँदैनन् । भारतमा अहिले पुनः प्रधानमन्त्री बन्न पाएकोमा उनले प्रकट रूपमा प्रशन्न भएको प्रदर्शन गर्न सक्दछन् तर वास्तविकता यो हो कि उनी ठुलो चेपुवामा परेका छन् । यो स्पष्ट छ कि अहिलेको चुनावपछि अन्तर्राष्ट्रिय रूपमा र भारतमा पनि उनको प्रतिष्ठा धेरै कम भएको छ र उनको शक्ति पनि धेरै क्षीण भएको छ ।

    हामीले पहिले नै भनेका थियौँ, भारतमा भाजपा वा काङ्ग्रेस पक्षमध्ये जसको जित भए पनि नेपालप्रति उनीहरूको नीति साम्राज्यवादी नै हुने छ तर ती दुवैमध्ये कुन पक्षको जित हुन्छ ? त्यसको नेपालमा बेग्लाबेग्लै असर पर्ने कुरा हामीले पहिले नै उल्लेख गरेका थियौँ । भाजपाको जित भएमा त्यसबाट नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता विरुद्धका प्रतिगामी शक्तिलाई नै बल पुग्दथ्यो तर विपक्षीको जित भएमा उनीहरूको नेपालप्रतिको नीति साम्राज्यवादी भए पनि उनीहरू कमसेकम गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा भएकाले नेपालको गणतन्त्र र धर्मनिरपेक्षतालाई बल पुग्ने कुरा स्पष्ट थियो ।

    जे होस्, अहिले भारतमा भाजपाको सरकार बन्न लागेको भए पनि त्यो धेरै नै कमजोर र अस्थिर प्रकारको हुने भएकाले त्यसबाट नेपाललाई अर्थात् नेपालको गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध नेपालका प्रतिगामीलाई बल पुग्ने सम्भावना कमै छ तर त्यस प्रकारको सम्भावना एकदम छैन भन्ने पनि होइन । भारतमा जुनसुकै प्रकारको सरकार भए पनि उनीहरूको नेपालप्रतिको साम्राज्यवादी नीति कायम नै रहने छ । त्यसकारण त्यसका विरुद्ध हाम्रो सङ्घर्षको नीतिमा निरन्तरता हुनु आवश्यक छ ।

    अहिले भारतको चुनावमा विपक्षलाई बहुमत प्राप्त हुन सकेन र उनीहरूको सरकार बन्न सकेन । गठबन्धनबाट विपक्षमा भएका कैयौँ दलहरू फुटेर गएको हुनाले नै त्यस्तो भएको हो तैपनि पहिलेको तुलनामा भारतमा विपक्ष धेरै शक्तिशाली भएको छ । त्यसकारण मोदीको नेतृत्वमा सरकार बने पनि विपक्षको धेरै नै बढेको शक्तिका कारणले मोदीले संविधानमा कुनै संशोधन गर्न नसक्ने कुरा त प्रष्ट नै छ । त्यसका साथै उनले खोजे जस्तो तानाशाही प्रकारको कार्यप्रणाली र कट्टर हिन्दुवादी नीतिलाई पनि जबरजस्ती लैजान नसक्ने कुरा निश्चित छ । कमसेकम आंशिक रूपमा भारतमा सम्पन्न भएको यो चुनावको सकारात्मक पक्ष हो ।”

    शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार
    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      लागुऔषधसहित १३ जना पक्राउ

    • २.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ३.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    • ४.
      वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    • ५.
      अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    • ६.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ७.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ८.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.