• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

यस वर्ष पनि भएन बागलुङ–घोडाबाँधे सडक कालोपत्र


  •   शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक यस वर्ष पनि कालोपत्र नहुने भएको छ ।

    Advertisement

    २६ वर्ष अगाडि र्ट्याक खुलेको लोकमार्ग कालोपत्र गर्न झन्डै एक दशकअगाडि निर्माण कम्पनीलाई जिम्मा दिइएकोमा काम नगर्दा चालु आर्थिक वर्षमा पनि नसकिने भएको हो ।

    कालोपत्र गर्न दुई खण्डमा गरी ठेक्का लगाइएको थियो । बागलुङ नगरपालिका–४ उपल्लाचौरबाट काठेखोला गाउँपालिका–५ इनारपानी घुम्तीसम्मको पहिलो खण्डमा ८० प्रतिशत र इनारपानी घुम्ती भन्दामाथि घोडाबाँधेसम्मको दोस्रो खण्डमा ७४ प्रतिशत मात्रै काम भएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले जनाएको छ ।

    दोस्रो खण्ड इनारपानी घुम्तीबाट घोडाबाँधेसम्मको ठेक्का पाएको निर्माण कम्पनी काम नगरेर कालो सूचीमा परेपछि सडक अलपत्र परेको छ भने पहिलो खण्डमा निर्माण कम्पनीले सुस्त गतिमा काम गरिरहेको सूचना अधिकारी इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो ।

    पहिलो खण्ड उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत/सिद्धिसाई जेभीसँग २०७३ माघमा दुई वर्षमा सक्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म पाँचपटक म्याद थप गर्दा सात किमि सडक मात्रै कालोपत्र गरेको छ भने अझै छ किमि रहेको उहाँको भनाइ छ । इन्जिनियर ढकालका अनुसार यस खण्ड चालु आर्थिक वर्षमा नसकिने भएपछि निर्माण कम्पनीले आगामी पुस मसान्तसम्म सक्ने गरी म्याद थप गरेको छ ।

    दोस्रो खण्ड २०७२ माघमा जिम्मा पाएको एमपी/एससीएफ/ई सिसी जेभी गत पुसमा सूचीमा परेको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि नौ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो ।

    काठेखोला गाउँपालिकाको बिहुँबाट घोडाबाँधेसम्म १२ किमि सडक एमपी सितानी एन्ड सन्स पश्चिम बङ्गाल भारत सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँले संयुक्त रूपमा ठेक्का लिएका थिए । यस खण्डका लागि अर्थ मन्त्रालयले गत फागुनमा रु ३३ करोड स्रोत सुनिश्चित गरेको थियो ।

    अहिले उक्त खण्डको ठेक्का प्रक्रिया अगाडि बढाउन प्राविधिक मूल्याङ्कनको काम भइरहेको इन्जिनियर ढकालले बताउनुभयो । उहाँले यस वर्षको बर्खा लाग्न सुरु भएकाले कालोपत्रको काम नहुने बताउनुभयो । कालोपत्र गर्न बर्खामा नमिल्ने हुँदा असोजपछि मात्रै काम हुने उहाँको भनाइ छ ।

    पहिलो खण्डको काम सम्पन्न गर्न सुरुमा रु ३९ करोड ७१ लाखमा सम्झौता गरेकोमा उक्त लागत बढेर रु ४३ करोड ६५ लाख पुगेको इन्जिनियर ढकालले जानकारी दिनुभयो । अहिले निर्माण कम्पनीले काम गरे पनि अपेक्षाअनुसार गर्न नसकेको उहाँको भनाइ छ ।
    हालसम्म पाँचौँपटक म्याद थप गरेको हुँदा आगामी पुस मसान्तसम्म जसरी पनि सक्नुपर्ने भन्दै दबाब दिएको इन्जिनियर ढकालले बताउनुभयो । उहाँका अनुसार यस खण्डमा २० प्रतिशत मात्रै काम गर्न बाँकी छ ।

    ‘पहिलो खण्डअन्तर्गत उपल्लाचौरबाट कोपिला घुम्तीसम्मको काम भइरहे पनि अपेक्षाअनुसार भएको छैन । यी दुई खण्डकै काम धेरै अगाडि सकिनुपर्ने हो तर निर्माण कम्पनीको लापरबाहीले अहिलेसम्म सकिन सकेको छैन’ इन्जिनियर ढकालले भन्नुभयो– ‘पहिलो खण्ड ८० र दोस्रो ७४ प्रतिशत मात्रै काम भएको छ, दोस्रो खण्डको केही दिनमै ठेक्का प्रक्रिया अगाडि बढ्ने छ ।’

    लोकमार्ग खुलेको डेढ दशक बित्दा पनि कालोपत्र नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको काठेखोला–५ का नन्दप्रसाद कँडेलले बताउनुभयो । बर्खामा हिलो र हिउँदमा धुलोका कारण सडक छेउछाउका बस्ती नै विस्थापित हुनुपरेको उहाँले गुनासो पोख्नुभयो ।

    हिउँदमा सडकको धुलोले घरै पुरिने हुँदा स्थानीयले घर सम्पत्ति छोडेर भाग्नु परेको कँडेलको भनाइ छ । राज्यले काम नगर्ने ठेकेदारलाई कारबाही नगर्दा यो स्थिति आएको उहाँले बताउनुभयो । (रासस)

    शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार
    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      लागुऔषधसहित १३ जना पक्राउ

    • २.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ३.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    • ४.
      वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    • ५.
      अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    • ६.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ७.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ८.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.