• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

सल्लाहले नै सङ्घीयता खारेज गरौँ : केसी


  •   मङ्गलबार, जेठ २२, २०८१ मा प्रकाशित
  • काटमाठौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले सल्लाहले नै सङ्घीयता खारेज गर्नुपर्ने सुझाव दिनुभएको छ ।

    Advertisement

    सल्लाहले सङ्घीयताता देशमा लागु गरिएको बताउँदै उहाँले सल्लाहले नै सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको हो ।

    २०८१ जेठ २२ गते प्रतिनिधि सभामा मन्तव्य राख्दै उहाँले आफैले सम्झौता गरेका विकास निर्माणबापत्को खर्च भुक्तानी गर्न नसक्नु सरकारको बेइमानी भएको प्रसङ्ग यहाँ जोड्नुभयो ।

    पालिकाका प्रतिनिधिहरू आफूले सम्पन्न गरेका विकास निर्माणबापत्का खर्च पाउनका लागि राजधानी आउनु दुःखको कुरा भएको उहाँको आसय थियो ।

    प्रदेशका सरकार र मन्त्रीको कुनै काम नभएको भन्दै अध्यक्ष केसीले व्यङ्ग्य गर्नुभयो– ‘ती प्रदेश सरकारका मन्त्रीहरूको काम के हो, राजनीतिक पार्टीको काम के हो भने दुई÷तीन महिनापछि गठबन्धन बदल्ने अनि प्रदेशमा दर्जनौँ मन्त्री बनाउने र नेपाली जनताको असिनापसिना गुल्छर्रा उडाउने ।’

    सहकारीको सन्दर्भमा उहाँले सत्तामा ढलिमली गर्नेहरूले सहकारीको मूल्यमान्यता विपरीत जनताको पसिनामा पौडी खेलेकाले केही दिनअघि संसद्को कारकारबाही अवरुद्ध स्मरण गर्नुभयो ।

    यस्तो छ, अध्यक्ष केसीको मन्तव्यको पूर्ण पाठ :

    राज्यसत्ताको आडमा राज्यसत्तामै ढलिमली गर्ने वा सहकारीको सिद्धान्त र नीतिका विपरीत नेपाली जनताको पसिनामा पौडी खेलेको कुरा हामी सबैलाई जगजाहेर छ । त्यही कारणले सत्ता शक्तिमा बस्ने मान्छेहरूले नै सहकारी अपचलन गर्नेलाई जोगाउने, त्यस्तो बेथितिमा सामेल हुने, त्यस्तालाई साथ दिने गरेकै कारणले यसभन्दा पहिले केही दिन सदनको कामकारबाही अवरुद्ध भएको थियो ।

    अहिले मैले के सुन्न पाएँ भन्दाखेरी यसपालि त्यो सहकारी रकम अपचलन गर्नेबारेमा कार्यकारी प्रमुखले सफाइ दिइएको देखियो । महान्यायाधिवक्ताले सफाइ दिइएको देखियो । जसले अनुसन्धान गर्ने हो, त्यसैले सफाइ दिएको देखियो । यो जात्रा नेपाली जनताले देखेका छन् । त्यसकारण खालि संसद्लाई अप्ठ्यारो पार्न, सरकारलाई अप्ठ्यारो पार्न होइन, यसपालिको जुन सहकारीका ठगलाई कार्वाही गर्नुपर्छ भन्ने जुन आन्दोलन थियो, त्यो न्यायपूर्ण थियो । नेपालका शोषितपीडित जनताको पक्षमा थियो ।

    अर्काे कुरा, सातओटा प्रदेशमा नेपाली जनताले अहिले रमिता देख्नुपरेको छ । अर्बौं रुपियाँ खर्च गरेर प्रदेशहरू बनेका छन् । ती प्रदेश सरकारका मन्त्रीहरूको काम के हो, राजनीतिक पार्टीको काम के हो भने दुई÷तीन महिनापछि गठबन्धन बदल्ने अनि प्रदेशमा दर्जनौँ मन्त्री बनाउने र नेपाली जनताको असिनापसिना गुल्छर्रा उडाउने ।

    अर्कातिर, केन्द्र सरकार र गाउँपालिका÷नगरपालिकामाझ विकास निर्माणका काम गर्ने सम्झौता भयो तर ती सम्झौताको सवालमा अहिले आएर सरकारले यहाँ बेइमानी ग¥यो । उक्त रकम नदिइएको हुनाले गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधि काठमाडौँ आएर आन्दोलन गरिरहेका छन् । जिम्मेवार सरकारले यस खालको बेइमानी गर्न हुन्छ ?

    अहिले हामीले भनेको त स्थानीय निकायलाई नै बलियो बनाउनुपर्छ भन्ने हो । साधनस्रोतले स्थानीय तहलाई सम्पन्न पार्नुपर्छ । उनीहरूका जायज माग सरकारले सुन्नुपर्छ । हैन भने यो प्रदेश सरकार नेपाली जनतालाई घाँडो भएको छ । यो प्रदेश सल्लाहले बनेको हो, सल्लाहले नै यसलाई खारेज गर्नुपर्छ ।”

    मङ्गलबार, जेठ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार
    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लागुऔषधसहित १३ जना पक्राउ

    • २.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ३.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    • ४.
      वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    • ५.
      अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    • ६.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ७.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ८.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.