कपिलवस्तु । शिवराज नगरपालिका वडा नं ३ खरेन्द्रपुरमा अखिल नेपाल बाल संघको चौथो भेला सम्पन्न भएको छ । भेलाले विहान अदैको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल बाल संघ खरेन्द्रपुर समिति गठन गरेको छ ।
समितिको उपाध्क्षमा मौसम सापकोटा, सचिवमा जेसिका भण्डारी, सहसचिव निश्चल भट्टराई र कोषाध्यक्षमा कसक घर्ति मगर चयन हुनुभएको छ ।
सदस्यहरूमा समीक्षा अदै, शुभास भण्डारी, प्रिन्स अदै, लक्की अदै, अनुष्का रोकाया, संकल्प बेल्बासे, शरद भण्डारी, शिशिर भण्डारी, आयुष रोकाया, पुनम, कुमारी नाउँ, सोनिया नाउँ र राहुल नाउँ रहनु भएको छ ।
विहान अदैको अध्यक्षतामा सम्पन्न भेलामा समाजसेवी तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केरसिंह अदैले अनुशासन, र खेलकुदको महत्वबारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन टीकामाया भण्डारी र स्वागत मौसम सापकोटाले गर्नु भएको थियो ।
भेलाले नियमित बैठक, खेलकुद सामग्रीको व्यवस्था गर्ने लगायत विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।