बागलुङबजार । अखिल (छैठौं) बडिगाड गाउँपालिकाको भेला सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यमा २०८१ जेठ १७ गते बिहीबार सो भेला सम्पन्न भएको हो ।
भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव तथा पूर्व महासचिव भीमलाल पोख्रेल, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, अखिल नेपाल युवक सङ्घका महासचिव तथा बडिगाड गाँउपालिकाका उपाध्यक्ष भीमसेन वन, राजमो बडीगाड पालिका समितिका अध्यक्ष तथा वडा नं. १ का अध्यक्ष बोमबहादुर थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा राजमो पालिका समितिका सचिव विमल श्रीस, युवक सङ्घ बागलुङका सचिव अनिल गिरी, राजमो जिल्ला सदस्य मेहरसिँह छन्त्याललगायतको आतिथ्य रहेको थियो ।
भेलामा स्वागत अभिषेक पाइजाल, सञ्चालन कर्ण नेपालीले र अध्यक्षता भावना दर्लामीले गर्नुभएको थियो ।

अध्यक्षमा दर्लामी
भेलाले भावना दर्लामी अध्यक्ष रहनुभएको १५ सदस्यीय अखिल (छैठौं) को पालिका समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रमिला विक, सचिवमा रोदन पाइजा, सहसचिवमा अभिषेक पाइजा र कोषाध्यक्षमा ममता सलामी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा आकाश थापा, सन्देश थापा, प्रेम विक, निमबहादुर विक, आयुश वन, कृष्ण वन, वेलप्रसाद विक, मुना भुजेल र भविना काउचा रहनुभएको छ ।