काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा स्थगित भएको छ ।
Advertisement
मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो ।
लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।
क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।





