• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युक्रेनको बन्दी बनेका पाँच नेपाली रुसी सैनिक सार्वजनिक, भन्छन् : सपना पूरा हुनेवाला छैन, कोही नआउनू


  •   शनिबार, चैत ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । युक्रेनले नेपाल सहितका देशहरूलाई रुसी सेनामा आफ्ना नागरिकको भर्ती रोक्न आग्रह गर्दै आफ्नो नियन्त्रणमा रहेका पाँच जना नेपाली नागरिकलाई सार्वजनिक गरेको छ।

    Advertisement

    युक्रेनले नेपालीहरू सहित आफ्नो कब्जामा रहेका विभिन्न देशका आठ जना रुसी सैनिकहरू शुक्रवार सार्वजनिक गरेको समाचार संस्था रोएटर्सलाई उदृत गर्दै बीबीसी नेपालीले जनाएको छ ।

    युक्रेन मिडिया सेन्टरमा सार्वजनिक गरिएका नेपालीहरूलाई त्यहाँ बोल्न पनि लगाइएको थियो।

    मन्त्रालयले गत पुस ४ गते बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन युक्रेनमा बन्दी बनेको जनाएको थियो। युक्रेनले सार्वजनिक गरेका अर्का एक नेपालीको पहिचान खुलेको छैन। उनीहरूलाई सैन्य पोसाकमै सार्वजनिक गरिएको थियो।

    युक्रेनले सार्वजनिक गरिएका अन्य युद्धबन्दीहरू क्युवा, सेमालिया र सेरेआलियोनका नागरिकहरू रहेको जनाएको छ।

    रुस युक्रेन युद्धमा मस्कोको सेनामा सहभागी भएर थप सात जना नेपालीको ज्यान गएको विवरण सार्वजनिक भएको भोलिपल्टै किएभले रुसले भर्ना गरेका विदेशी भाडाका सैनिक र नेपालसहितका देशका युद्धबन्दीहरूका बारेमा टिप्पणी गरेको हो।

    मस्कोले विदेशी नागरिकलाई सेनामा भर्ना गर्न सकिने कानुन अघिल्लो वर्ष ल्याएको थियो। तर सार्वजनिक रूपमा उसले नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भएको विषय ‘आफ्नो जानकारीमा नरहेको’ प्रतिक्रिया दिने गरेको पाइन्छ।

    ‘कब्जामा लिइएका नागरिकहरू सार्वजनिक गरेर हामीले थप उग्र र प्रभावकारी कदम चाल्न आवश्यक भइसकेको सन्देश दिएका हौँ जसकारण अझै दशौँ हजार मानिसहरूलाई विपक्षीहरूले फकाएर भर्ती गर्न नपाउन्,’ युक्रेनी सरकारका युद्धबन्दी हेर्ने अधिकारी पेट्रो यात्सेन्कोलाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ।

    युक्रेनी अधिकारीले रुसले न्यून आय भएका देशहरूका नागरीहरूलाई रुसले युद्धको अग्रमोर्चामा खटाएको बताए।

    मोरङको लेटाङका विकास राई युक्रेनी अधिकारीहरूले आयोजना गरेको कार्यक्रममा बोलेका थिए। उनले टिकटकमा रुसी सेनामा भर्ती भएका नेपालीहरूको भिडिओ देखेर आफू रुस पुगेको बताएका छन्।

    ‘टिकटकमा उनीहरूको भिडिओ देखेर मैले उनीहरूलाई भर्ती हुने प्रक्रियाबारे सोधेँ। उनीहरूले युद्धको अग्रमोर्चामा जानु नपर्ने राम्रो कुरा सुनाए,’ उनले भनेका छन्।

    रुस पुगेपछि सबै प्रक्रिया हुन्छ भनेपछि आफू पर्यटक भिसामा रुस पुगेको र सेनामा भर्ती भएको उनले बताएका छन्।

    ‘मानिसहरू युद्धमा जान चाहँदैनन् तर नेपालमा अवस्था निकै अप्ठ्यारो छ,’ उनले भनेका छन्।

    ‘म सबै नेपालीहरूलाई रुसी सेनामा भर्ती नहुन अनुरोध गर्छु। त्यहाँ तपाईँहरूको सपना पुरा हुनेवाला छैन,’ राईले भनेका छन्।

    पछिल्लो आँकडासँगै रुसी सेनामा कार्यरत रहेका कम्तीमा १९ नेपालीको ज्यान गएको छ।

    शनिबार, चैत ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • २.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ३.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ४.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ५.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ६.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ७.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ८.
      शेयर कारोबार पुन : सञ्चालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.