पान्डिचेरी (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पान्डिचेरीमा एक सय चौधौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न गरेको छ ।
Advertisement
मार्च ८, २०२४ शुक्रबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दक्षिण भारत क्षेत्रीय सदस्य विष्णु शर्मा, नगर उपाध्यक्ष भद्रबहादुर जिसी, नगर सदस्य रवि पौडेल, बलबहादुर क्षेत्री, राष्ट्रिय जनमोर्चा पर्साका गङ्गाराम आचार्य, मूल प्रवाहका उमा केसी, शीतल गायक, राजु गायकले मन्तव्य राख्नुभएको थियो ।
सरस्वती गायकको सञ्चालन तथा जमुना शर्माको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा सम्झना गायकले स्वागत मन्तव्य राख्नुभएको थियो ।