• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

सहकारी, लघुवित्त, मिटरब्याजपीडित किसानका समस्या तत्काल समाधान गर्न माग


  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
  • काठमाडौँ । चार किसान सङ्गठनले सहकारी, लघुवित्त र मिटरब्याजपीडित किसानका समस्या तत्कालै समाधान गर्न सरकारसित माग गरेका छन् ।

    Advertisement

    २०८० फागुन २४ गते बिहीबार संयुक्त प्रेसवक्तव्य जारी गर्र्दै उनीहरूले यस्तो माग गरेका हुन् ।

    वक्तव्यमा उनीहरूले दुध र उखुकिसानका बक्यौता हर्जाना र ब्याजसहित भुक्तान गर्नुपर्ने, कृषिआयात बन्द गर्नुपर्ने, भूमि बैङ्क रोक्नुपर्नेलगायतका माग राखेका छन् ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षरमा जारी गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “नेपाली कृषि र किसानका वर्षौंदेखि थाती रहेका र दिनप्रतिदिन चर्किंदै आएका गम्भीर समस्या हल गरेर कृषिलाई सही दिशा दिने राष्ट्रिय पुँजीको विकास र प्रवद्र्धन गर्दै रोजगारी पैदा गर्ने, कृषिआयात प्रतिस्थापन गर्ने, युवाको पलायन रोक्ने र राष्ट्रलाई समुन्नत दिशातर्फ अग्रसर गराउने र यसरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधार सबल तुल्याउन कृषि क्षेत्रमा राष्ट्रिय महŒवमा आधारभूत र अपरिहार्य कदम चाल्नुको सट्टा किसानका विभिन्न तह र तप्काले उठाएका जायज माग र आन्दोलनलाई अल्मल्याउने, समस्याको सही समाधान नखोज्ने बरु उल्टै दबाउने जुन गतिविधि अहिलेसम्मका सरकारले गर्दै आएका छन्, त्यसप्रति चार किसान सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

    ६ किमान सङ्गठनले समस्या समाधानका लागि पटक पटक प्रस्तुत गरेका ६५ सूत्रीय मागलाई पनि वर्षौंदेखि झुलाउँदै बेवास्ता गरेको र हाल किसानको उठिवास गराउने किसानमारा मिटरब्याजे, लघुवित्त र भ्रष्ट सहकारीको तीव्र शोषण तथा उखुकिसान र दुधकिसानले समयमा पाउनुपर्ने रकम पनि महिनौँमहिनासम्म किसानलाई उपलब्ध नगराएर बिचौलिया, सुदखोर र दलाललाई पोस्ने तथा किसान र उपभोक्तालाई निरन्तर मारमा पार्ने जनविरोधी नीतिको हामी जोडदार विरोध गर्दछौँ । किसान र कृषिका समस्यालाई यसरी अनिर्णयको बन्दी बनाएर कृषिक्षेत्रलाई उपेक्षा, तिरस्कार र बेवास्ता गर्ने, कृषिआयातलाई बढावा दिने, राष्ट्रिय अर्थतन्त्रलाई परनिर्भरताको पासोमा धकेल्ने जुन गम्भीर षड्यन्त्र भइरहेको ,छ त्यसका विरुद्ध हामी गम्भीर आपत्ति जनाउँछौँ र घोर विरोध गर्दछौँ साथै तत्काल निम्न कदम चाल्न जोडदार माग गर्दछौँ :

    १. आन्दोलनरत स्वर्गद्वारी गुठीलगायत गुठीका मोही किसान, मिटरब्याज, लघुवित्त र सहकारीको शोषणमा परेका किसानका जायज माग तुरुन्त पूरा गर ! वार्तामा अल्मल्याएर टालटुल गर्ने कार्य बन्द गर !

    २. दुध र उखुकिसानका सम्पूर्ण बक्यौता रकम हर्जाना र ब्याजसहित तुरुन्त भुक्तानी गर !

    ३. स्वर्गद्वारी गुठीलगायत सम्पूर्ण गुठीका मोहीको अवस्था र स्थितिको विवरण सार्वजनिक गरेर तिनको मोहियानी हकको सुनिश्चितता गर !

    ४. नेपाली कृषि उत्पादनलाई विस्थापित र हतोत्साहित गर्ने सम्पूर्ण कृषि आयात बन्द गर !

    ५. विषादियुक्त तरकारी, खाद्यान्नलगायत कृषिउपजमाथि कडा प्रतिबन्ध लगाऊ !

    ६. भूमिपूत्र किसानलाई भूमिबाट विस्थापित र विमुख गराउने भूमि बैङ्कलाई नेपाली अर्थतन्त्रमा घुमाउने षडयन्त्र बन्द गर !

    ७. कृषिलाई समेत साम्राज्यवादी नवउदारवादी शोषणको बन्दी बनाउने षड्यन्त्र विरुद्ध सङ्घर्षरत भारतलगायत विश्वभरिका किसान आन्दोलनप्रति हामी ऐक्यवद्धता जनाउँछौँ ।”

    बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.