काठमाडौं । बेलायतमा एक नेपाली युवक मृत फेला परेका छन् । ललितपुर घर भएका २५ वर्षीय सन्दीप तामाङलाई लन्डनस्थित हेज क्षेत्रमा स्थानीय प्रहरीले यही जनवरी २० मा मृत फेला पारेको हो।
Advertisement
उनको मृत्युको कारण पत्ता नलागेको र घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ। उनको शव फेला परेकोबारे प्रहरीले लन्डनस्थित नेपाली दूतावासलाई जानकारी गराएको छ।
लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालका अनुसार मृतक तामाङको परिवारसँग सम्पर्क भएको छ।
उनको शव नेपाल पठाउने वा बेलायतमै अन्त्येष्टि गर्ने भन्ने विषयमा मृतकका परिवारसँग दूतावासले सल्लाह गरिरहेको छ।
केही समयअगाडि स्किल भिसामा बेलायत पुगेका तामाङ पछिल्लो समय परिवारसँग सम्पर्कविहीन थिए।