• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लेनिन शताब्दी स्मृतिदिवसको अवसरमा मूल प्रवाहको अन्तरक्रिया


  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित
  • नयाँदिल्ली । लेनिन शताब्दी स्मृतिदिवसको अवसरमा भारतको राजधानी नयाँदिल्लीमा “सामाजिक रूपान्तरणमा लेनिनको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा जनवरी २१, २०२४ आइतबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले सङ्गठनको तर्फबाट अवधारणापत्र प्रस्तुत गर्नुभएपछि अतिथिहरूले विचार व्यक्त गर्नुभएको थियो ।

    भाकपा माले (नयाँ सर्वहारा) का शिवमङ्गल सिद्धान्तकरले असफलताबाट निराश हुन नहुने बरु जहाँ अवरोध हुन्छ, त्यसलाई तोडने माध्यम वर्गसङ्घर्ष नै भएको धारणा व्यक्त गनर्नुभयो ।

    उहाँले भननुभयो– ‘अहिले भारतमा जुन प्रकारको साम्प्रदायिक वातावरण छ, त्योभन्दा पनि खराब हालत रुसको थियो तर लेनिनले त्यसलाई तोड्दै सामाजवादी क्रान्ति गर्न सफल भए ।’

    त्यस्तै, भाकपा माले (क्रान्तिकारी पहल) का विमलले रुसको क्रान्तिलाई चीनको क्रान्तिले निरन्तरता दिएपछि ती दुबै देशमा प्रतिक्रान्ति भएको प्रसङ्ग जोडनुभयो ।

    लेनिनले ठोस परिस्थितिको ठोस विश्लेषणको आधारमा कार्यक्रम तय गरेकाले नै रुसमा क्रान्ति सम्पन्न भएको बताउँदै उहाँले भन्नुभयो– ‘आजको आवश्यकता विचारको आधारमा एकता गर्दै क्रान्तिकारी, वामपन्थी र प्रगतिशील शक्तिलाई अगाडि ल्याउनुपर्छ ।’

    समाजवादी लोकमञ्चका स्वदेश सिन्हाले विचार राख्दै अहिले कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी र उग्रवामपन्थीको खतरा भएको बताउनुभयो ।

    उग्रवामपन्थ अन्ततस् उग्रदक्षिणपन्थतिर जाने इतिहासको प्रवृत्तितर्फ इङ्गित गर्दै उहाँले भन्नुभयो– ‘नेपालमा राजतन्त्रको पक्षमा चलेको आन्दोलनले हामीलाई त्यो कुरा सोच्न बाध्य बनाएको छ ।’

    त्यस्तै, विद्यार्थी नेता सरिता विसीले लेनिनको नेतृत्वमा भएको समाजवादी क्रान्तिले महिलालाई अगाडि आउन ठुलो मदत गरेको बताउनुभयो ।

    एनडिपिआईका अरुण माझीले उत्पादन प्रणालीसँगै चेतनाको पनि विकास हुने बताउनुभयो ।

    ‘रुसी क्रान्तिको सय वर्ष भइसकेको छ’ उहाँले भन्नुभयो– ‘क्रान्तिपछि उत्पादन सम्बन्धमा पनि परिवर्तन भएको छ । हामीले त्यो परिवर्तनलाई क्रान्तिकारी आन्दोलनतर्फ अगाडि बढाउन सकिरहेका छैनौँ ।’

    उहाँले भन्नुभयो– लेनिनको स्मृतिदिवसलाई भारतका वामपन्थीहरूले बिर्सिरहेको अवस्थामा मूल प्रवाहले यो अन्तरक्रिया कार्यक्रम आयोजना गरेर यो देखाइदियो, मजदुरहरूको कुनै देश हुँदैन, क्रान्तिकारीहरू देशको सीमाभित्र बाँधिनुहुँदैन ।’

    त्यस्तै, भाकपा माले (रेड स्टार) का प्रतिनिधि रिन्जनले लेनिनलाई रुसी क्रान्तिका नेताको रूपमा मात्रै देख्न नहुने बताउनुभयो । कैयौँले माक्र्सको निधनपछि माक्र्सवाद पुरानो भयो भन्दै वर्गसमन्वयको बाटो पछाइरहेका छन् तर लेनिनले वर्गसङ्घर्षलाई अगाडि बढाउँदै समाजवादी क्रान्ति सफल पारेर समाजवाद निर्माण गर्नुभयो ।

    कार्यक्रममा अखिल भारत नेपाली एकता मञ्चबाट प्रयागराज भट्ट, अभियन्ता मदन भारती, सुशील पाण्डे, प्रेम आचार्य र बिनबहादुर केसीले पनि आआफ्ना धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि खनालले नाम राख्दैमा कोही समाजवादी नहुने, त्यसका लागि क्रान्तिकारी सिद्धान्त तथा वर्गसङ्घर्षको राजनीतिलाई बुझ्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘विश्व कम्युनिस्ट आन्दोलन र स्वयम् नेपालको कम्युनिस्ट आन्दोलन पनि विभिन्न उतारचढावबाट गुज्रिरहेको छ । क्रान्ति सरल रेखबाट होइन, बाङ्गोटिङ्गो बाटोबाट भएर अगाडि बढ्छ ।’

    लेनिन स्मृतिदिवसको अवसरमा अनुशासित क्रान्तिकारी पार्टीबिना क्रान्ति सम्भव नहुने, पार्टी अनुशासन सबैले अनिवार्य रूपमा पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रमको अध्यक्षता उपाध्यक्ष कपिल खनालले, स्वागत सचिव त्रिभुवन भट्टराईले र सञ्चालन केन्द्रीय सदस्य धनवीर पुनमगरले गर्नुभएको थियो ।

    सोमबार, माघ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.