• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सङ्गठनभित्रै बसी खोक्रो पार्ने विरुद्ध सतर्क बनौँ : खनाल


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ (भारत) ।

    Advertisement

    ‘बाहिरबाट आक्रमण गर्नेभन्दा सङ्गठनभित्र बसेर भित्रभित्रै खोक्रो पार्ने विरुद्ध सतर्क बन्नुपर्दछ’ उक्त कुरा मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालको हो ।

    मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा जनवरी १४, २०२३ आइतबारका दिन लुधियानामा सम्पन्न भेलालाई सम्बोधन गर्दै उहाँले यसतो बताउनुभएको हो ।

    खनालले क्षेत्रीय स्तरका विभिन्न विभागहरूको संयुक्त भेलाको ब्यानर खोलेर उद्घाटन गरेपछि मन्तव्य राख्नुभएको थियो ।

    अध्यक्ष खनालले शोषणप्रधान समाजको विरुद्ध सङ्घर्ष गर्न सही राजनीतिक दृष्टिकोणको आवश्यकता रहेको धारणा पनि व्यक्त गर्नुभयो ।

    उहाँले थप्नु–भयो– ‘म, मलाई र मेरा लागि भन्ने पँुजीवादी प्रवृत्ति चरम रूपमा मौलाइरहेको अवस्था र क्षमतावान् नेपाली पनि गोर्खेको रूपमा हेपिइरहेको छन् ।’

    उहाँले यस खालको हेपाइको विरुद्ध तर आत्मसम्मानको पक्षमा मूल प्रवाह निरन्तर सक्रिय रहेको दाबीसमेत गर्नुभयो ।

    अर्का अतिथि मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले सांस्कृतिक विभागको घोषणा गर्दै सांस्कृतिक आन्दोलन महत्त्वबारे प्रकाश पार्नुभएको थियो ।

    सांस्कृतिक विभाग

    भेलाले जालन्धरकी शुष्मा खड्का संयोजक रहनुभएको नौ सदस्यीय मूल प्रवाहको क्षेत्रीय सांस्कृतिक विभाग गठन गरेको छ ।

    समितिको सदस्यहरूमा बिनु नेपाली (चन्डिगढ), जितमान थापा (जालन्धर), लीला विक (चन्डिगढ), कृष्णा नेपाली (श्रीगङ्गानगर), बोमबहादुर विष्ट (श्रीगङ्गानगर), कैलाश खड्का (लुधियाना), सीता पोख्रेल (हिसार) र मदन थापा (रोपड) रहनुभएको छ ।

    त्यसैगरी शुष्मा खडकाको नै संयोजक रहनुभएको ४१ सदस्यीय सांस्कृतिक टोली पनि गठन गरिएको छ । समितिमा हिक्मत परियार (लुधियाना), निर्मला परियार (लुधियाना), अन्जली परियार (लुधियाना), सम्झना विक (लुधियाना), सन्जु परियार (लुधियाना), वशन्त थापा (लुधियाना), अस्मिता थापा (लुधियाना), अर्जुन विक (चन्डिगढ), दीपा लम्तरी (हिसार), अनन्या आचार्य (चन्डिगढ), लालबहादुर चुँदाली (हिसार), रूपा कार्की (रोपड), कविता थापा (जालन्धर) रहनुभएको छ ।

    त्यस्तै, कलाकार टोलीमा लक्ष्मी रासकोटी (हिसार), योगेन्द्र दर्लामी (हिसार), सन्दीप विक (चन्डिगढ), जमुना गाहा (जालन्धर), रमा विष्ट (जालन्धर), इन्दिरा कुँवर (जालन्धर), सम्झना खडका (श्रीगङ्गानगर), योगिता थापा (हिसार), नारायण पोख्रेल (लुधियाना), अर्जुन कार्की (लुधियाना), उषा विक (विकानेर), विष्णु विक (श्रीगङ्गानगर), सिर्जना बगाले (जालन्धर), ज्ञानु दर्लामी (जालन्धर), मनिषा थापा (जालन्धर), प्रकाश गाहा (जालन्धर), चादनी थापा (जालन्धर), श्याम धिमाल (डेराबसी) र राजु खनाल (सङरुर) रहनुभएको छ ।

    जनजाति विभाग

    त्यस्तै, जनजाति विभागको घोषणा मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले गर्नुभएको हो ।

    रोपडका बिलबहादुर गुरुङ संयोजक रहनुभएका नौ सदस्यीय उक्त समितिमा थमन थापा (चन्डिगढ), केयरसिंह घर्तीमगर (हिसार), मानबहादुर थापा (लुधियाना), तिलबहादुर थापा (जालन्धर), गिरबहादुर मगर (भटिन्डा), काजीमान राई (डेराबसी), प्रेम गुरुङ (चन्डिगढ) र रामबहादुर राना (विकानेर) रहनुभएको छ ।

    समता विभाग

    केन्द्रीय सचिव भट्टराईले नै घोषणा गर्नुभएको ११ सदस्यीय समता विभागको संयोजकमा श्रीगङ्गानगरका हुमबहादुर विक रहनुभएको छ । समितिको सदस्यहरूमा हिमप्रसाद सुनाम (जालन्धर), अर्जुन विक (चन्डिगढ), दुर्गा विक (चन्डिगढ), नारायण विक (हिसार), गोपाल विक (श्रीगङ्गानगर), भगत विक (लुधियाना), बिनुकुमार नेपाली (चन्डिगढ), राजु विक (बिकानेर), प्रेम रसाइली (अम्बाला) र सन्जित बस्याल (जालन्धर) रहनुभएको छ ।

    विद्यार्थी सङ्घको क्षेत्रीय समिति

    भेलामा अखिल भारत नेपाली विद्यार्थी सङ्घ क्षेत्रीय समितिको घोषणा केन्द्रीय अध्यक्ष माधव पोख्रेलले घोषणा गर्नुभएको थियो ।

    हिसारकी रक्षा सोमरे अध्यक्ष रहनुभएको १५ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकारसहितको २५ सदस्यीय समितिमा उपाध्यक्ष शिखर गाहा (जालन्धर), सचिव दीपक चालिसे (चन्डिगढ), सहसचिव आरती नेपाली (श्रीगङ्गानगर) र कोषाध्यक्ष लक्ष्मी परियार (जालन्धर) रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा सन्जना भट्टराई (श्रीगङ्गानगर), सुरज चालिसे (चन्डिगढ), विवेक सारू (जालन्धर), सिमरन खड्का (चन्डिगढ), योगिता थापा (हिसार), कविता थापा (जालन्धर), दिपा लम्तरी (हिसार), दिवश आचार्य (चन्डिगढ) र बिनिता मगर रहनुभएको छ ।
    त्यस्तै, वैकल्पिक सदस्यहरूमा प्रतीक्षा थापा (रोपड), सम्झना विक (चन्डिगढ), शान्ति विक (जालन्धर), मणिचन्द सिंह (लुधियाना) र सन्दीप बगाले (जालन्धर) रहनुभएको छ ।

    भेलाले विपिन कार्की (रोपड), विध्याज्योति केसी (पटियाला), गरिमा सुवेदी (अम्बाला) र हिमांशु पराजुली (बिकानेर) लाई सल्लाहकारमा चयन गरिएको छ ।

    कार्यक्रमलाई मूलप्रवाहका केन्द्रीय सदस्य तिलक पौडयाल, रामचन्द्र पौडेल, विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष माधव पोख्रेललगायतले शुभकामना दिनुभएको थियो ।

    मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, कृष्ण जिसी, खिमराज चालिसे, जितमान थापा, तारा सोमरे, समता केन्द्रीय विभागका धनबहादुर गोर्खाली, महिला केन्द्रीय विभागकी सदस्य शुष्मा खडका, जनजाति विभागका बिलबहादुर गुरुङलगायतको आतिथ्य रहेको थियो।

    क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा तथा क्षेत्रीय सचिव कुलबहादुर बगालेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सहभागीलाई राजकुमार शाहीले स्वागत गर्नुभएको हो ।

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.