हैदराबाद (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका भवनाथ शर्मा र ईश्वरी पौडेल हैदराबादबाट बिदाइ गरिएको छ ।
केन्द्रीय सदस्य रामप्रसाद पौडेलको प्रमुख आतिथ्यमा जनवरी ७, २०२४ आइतबारका दिन उहाँहरूलाई बिदाइ गरिएको हो ।
सन् १९८८ देखि मूल प्रवाहमा काम गर्दै आउनुभएका शर्मा र पौडेललाई उत्तर हैदरावाद नगर समितिअन्तर्गत सापुरनगर एरिया समितिले एक कार्यक्रमको आयोजनामाझ बिदाई गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पौडेलले अबिर, माला र खादा ओढाएर उहाँहरूले सङ्गठनलाई पुर्याउनुभएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
पौडेलले स्वदेशमा फर्किएपछि पनि बिदाइ गरिएका साथीहरूले आफ्नो आस्थाको दियो निभ्न नदिने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्यहरू पुष्पा पौडेल, सूर्यबहादुर थापा, उत्तर नगर समितिका अध्यक्ष मोहनलाल शर्मा र कोषाध्यक्ष तेजेन्द्रप्रसाद शर्माले मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै, भवनाथ शर्मा र उहाँकी जीवनसाथी ईश्वरी पौडेलले पनि स्वदेशमा गएर आफ्नो क्षमताअनुसार राष्ट्रिय जनमोर्चामा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन सीता थापाले, अध्यक्षता एरिया समितिका अध्यक्ष नरेन्द्र शर्माले र स्वागत धनबहादुर थापाले गर्नुभएको थियो।
बिदाइ गरिएका शर्मा र पौडेलको चितवन जिल्ला, भरतपुर उपमहानगरपालिका वडा नं. ४ लुङ्खु बैकुण्ठचोकमा बस्दै आउनुभएको छ ।


