• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

संकटको बेला कालोबजारी र भ्रष्टाचार गर्ने अक्षम्य अपराधी हुन्ः मसाल


  •   सोमबार, चैत १७, २०७६ मा प्रकाशित
  • नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अहिले देशमा महामारी र संकटको अवस्था उत्पन्न भएको मौका छोपी अत्यावश्यक वस्तुमा कालोबजारी र भ्रष्टाचार गर्नेहरुले मुलुकमाथि अक्षम्य अपराध गरेको बताएको छ ।

    Advertisement

    चीनबाट आएका सामानमा कमिसनको खेल भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपा (मसाल) ले त्यस विषयमा छानबिनको माग गरेको छ । महामन्त्री मोहन विक्रम सिंहले आइतबार जारी गर्नुभएको प्रेस वक्तव्यमा देश संकटमा परेका बेला सरकारकै तहबाट परम आवश्यक वस्तुमा भ्रष्टाचार र कमिसनको खेल हुनु अमानवीय र अक्षम्य अपराध भएको बताउनु भएको छ ।

    सरकारले लामो समयदेखि चल्दै आएको खरिद प्रक्रिया मिचेर हालै एक अर्ब २४ करोड ६८ लाख रुपैयाँको स्वास्थ्य सामग्री चीनबाट खरिद गर्न एउटा कम्पनीलाई सीधै ठेक्का दिएको थियो । जसमा करोडौंको भ्रष्टाचार भएको सामाचार आएका छन् ।

    यस्तो छ, नेकपा (मसाल) को वक्तव्य
    ‘चीनबाट आएका सामानहरूमा भ्रष्टाचार वा कमिसनको खेल भएको भन्ने समाचार मध्यमहरूले बाहिर ल्याएका समाचारहरूप्रति नेकपा (मसाल)को गम्भीर ध्यान अकर्षित भएको छ । उक्त विषयमा स्थिति स्पष्ट गर्न वा आवश्यकतानुसार छानवीन गर्न हामीले सरकारसित अनुरोध गर्दछौँ ।

    अहिले देश महामारी र गम्भीर प्रकारको सङ्कटको मुखमा उभिएको बेलामा सरकारको कुनै पनि तहबाट जीवनका लागि परम आवश्यक स्वास्थ्यसम्बन्धी सामाग्रीमा भ्रष्टाचार र कमिशनको खेल हुन्छ भने त्यो गम्भीर प्रकारको अमानवीय र अक्षम्य कार्य हुनेछ । त्यसकारण त्यसप्रकारको कुनै पनि कारवाही हुन नदिन उच्च सतर्कता अपनाउन हामीले सरकारसित माग गर्दछौँ ।

    अहिले देशमा कोरोना भाइरसका कारणले पैदा भएको असहज स्थितिबाट नाजायज फाइदा उठाएर उद्योग, व्यापारीहरूले कालोबजारी गर्न थालेका समाचार पनि व्यापक रूपमा आइरहेका छन् । देशमा गम्भीर प्रकारको सङ्कटको स्थिति उत्पन्न भएको बेलामा केही नाफा कमाउनका लागि कृतिम अभावको स्थिति पैदा गर्नु वा कालो बजारी गर्नु पनि अक्षम्य प्रकारको अपराध हो । हामीले उद्योग वाणिज्यसित सम्बन्धित संस्थाहरू वा सरकारसित पनि त्यसप्रकारको कालोबजारीमाथि नियन्त्रण गर्नका लागि अनुरोध गर्दछौँ ।

    देशका विभिन्न भागमा क्बारेन्टाइनमा राखिएका व्यक्तिहरूको स्वास्थ्य जाँच वा उपचारको राम्रो व्यवस्था नभएको तथा कतिपय स्थानहरूमा ताल्चा मात्र लगाएर राखिएको समाचार पनि प्राप्त भइरहेका छन् । त्यस प्रति विशेष ध्यान दिन हामीले सरकारसित अनुरोध गर्दछौँ ।

    कतिपय ठाउँहरूमा जनताले स्वास्थ्य जाँच वा क्बारेन्टाइनमा बस्न अस्वीकार गरेको, जबर्जस्ती गर्ने गरेको वा त्यहाँबाट भाग्ने गरेका समाचारहरू पनि प्राप्त भइरहेका छन् । त्यसो गर्नु स्वयं आफू र आफ्नो परिवार तथा सम्पूर्ण समाज वा देशका लागि गम्भीर सङ्कट वा महामारी निम्त्याउनु नै हुनेछ । त्यसैले त्यसप्रकारको गैरजिम्मेवार तरिका नअपनाएर कोरोना भाइरसले पैदा गरेको स्थितिमा अनुशासित भएर बस्नका लागि हामीले सम्पूर्ण जनतासित अपील गर्दछौँ ।’

    सोमबार, चैत १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.