जनकराज पौडेल ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पान्डिचेरी नगर समितिले एक सय एकतिसौँ माओजयन्ती मनाएको छ ।
डिसेम्बर २६, २०२३ मङ्गलबारका दिन सो कार्यक्रम मनाइएको हो ।
कार्यक्रममा केन्द्रीय समिति सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, क्षेत्रीय सदस्य विष्णुकुमारी शर्माको आतिथ्य रहेको थियो ।
वक्ताहरूले माओत्सेतुङको जीवनीका साथै चीनमा नयाँ जनवादी क्रान्ति पछि समाजवाद लागु गर्ने अवस्थासम्म आइपुग्दा संशोधनवाद, दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावका विरुद्ध सङ्घर्षको गौरवमय इतिहास, साथै अर्धसामन्ती र अर्धऔपनिवेशक देशमा नयाँ जनवादी क्रान्तिको सन्दर्भमा माओ विचारधाराको महत्त्वबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नगर सदस्य जमुना शर्मा, भद्रबहादुर जिसी, विद्यार्थी विभागबाट विनिता शर्मा र प्रभात शर्माले पनि मन्तव्य राख्नुभएको थियो ।
डिल्लिप्रसाद शर्माको अध्यक्षता, गोविन्द शर्माको सञ्चालन तथा नगर सदस्य रवि शर्माले स्वागतमा सो कार्यक्रम सम्पन्न भएको हो ।

