• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भारतमा विद्यार्थी सङ्घको दोस्रो अखिल भारत भेला

"अध्यक्ष पोख्रेल, सचिव विसी, कोषाध्यक्ष सोमरे "

  •   सोमबार, पुष ०९, २०८० मा प्रकाशित
  • नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजअन्तर्गत रहेको अखिल भारत नेपाली विद्यार्थी सङ्घको दोस्रो अखिल भारत भेला डिसेम्बर २४–२५, २०२३ मा सम्पन्न भएको छ ।

    Advertisement

    समाजका अध्यक्ष ठाकुर खनालद्वारा द्वीप ज्वलनसहित उद्घाटन गर्दै सो भेला सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्यमा राख्दै खनालले आजको युग प्रविधिको युग हुँदाहुँदै पनि दक्षता, सिपको आधारमा नै रोजगारको ढोका खुल्ने गरेको धारणा व्यक्त गर्नुभयो ।

    ‘विद्यार्थीहरूले केवल कोरा शिक्षार्जन गरेर मात्रै हुँदैन’ खनालले भन्नुभयो– ‘शिक्षाको सँगसँगै दक्षता र क्षमताको विकास पनि गर्नुपर्ने हुन्छ ।’

    पुरानो पुस्ता कुनै न कुनै सिपमा कायम थियो भने नयाँ पुस्ताले त्यो सिपलाई दक्षता वा भनौँ, कामको स्केलको रूपमा लिएको खनालले बताउनुभयो ।

    कैयौँ विद्यार्थीहरूले औपचारिक शिक्षा प्राप्त गरेर पनि बेरोजगारीको सामना गर्नुपरिरहेको र त्यसो हुनुको मुख्य कारण उनीहरूमा दक्षताको अभाव हुनु हो भन्ने विश्लेषण गर्दै उहाँले भन्नुभयो– ‘त्यसमा पनि नेपाली विद्यार्थीको सवालमा स्कुल जान थालेदेखि नै उसमा विदेश जानुपर्ने मनस्थितिले घर गरिरहेको छ ।’

    शिक्षालाई व्यावहारिक शिक्षाको रूपमा विकास नगर्नु र देशमा रोजगारको व्यवस्था नहुनुले आज नेपाली विद्यार्थीले शिक्षाप्राप्ति पछि पनि रोजगारको लागि विभिन्न मुलुकमा भौतारिनुपर्ने बाध्यात्मक अवस्था राज्यले नै सिर्जना गरेको अध्यक्ष खनालले बताउनुभयो ।

    ‘भारतमा जन्मेहुर्केका नेपाली विद्यार्थीको समस्या झनै फरक र विकराल बन्दै गएकाले विद्यार्थीहरू सङ्गठित रूपमा अगाडि आउर्नु आजको आवश्यकता हो’ उहाँको निष्कर्ष थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि देवेन्द्र कुँवरले भारतमा नेपाली विद्यार्थीहरूले शिक्षार्जनपछि राष्ट्रियता बिर्सनुपर्ने वाध्यात्मक अवस्था रहेको बताउनुभयो ।

    ‘राज्यले स्वदेशमा उचित रोजगारको व्यवस्था नगर्दा नेपाली विद्यार्थीमा प्रशस्त दक्षता हुँदाहुँदै पनि सस्तो मूल्यमा श्रम बेच्नुपरेको छ’ कुँवरले भन्नुभयो– ‘देशमा राज्यव्यवस्था परिचालन गर्ने व्यक्तिले निहित आफ्नो स्वार्थमा केन्द्रित रहेर काम गर्दै आएकाले नै नेपालीहरू मुगलानी भएर बाँच्नुपर्ने वाध्यता भएको हो ।’

    त्यस्तै, उहाँले भारतमा शिक्षार्जन गरेका विद्यार्थीलाई पनि स्वदेशमा धेरै समस्या रहेको स्वीकार गर्नुभयो ।

    भेलामा केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगर, केन्द्रीय सदस्य विक्रमसिंह राणा, जनजाति केन्द्रीय विभागका ओम थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा केन्द्रीय सदस्य तारा सोमरे, अखिल नेपाल शिक्षक सङ्घका विष्णुमाया भुसाललगायतको आतिथ्य रहेको थियो ।

    कृष्टि राईको सञ्चालन तथा अजय रेश्मीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा ज्ञातअज्ञात सहिदको सम्झनामा एक मिनेट मौनधारणपछि भेलाका सहभागीलाई माधव पोखरेलले स्वागत गर्नुभएको थियो ।

    भेलामा भारतमा विद्यार्थी सङ्गठनको आवश्यकताबारे खनाल, विद्यार्थी सङ्गठनबारे अखिल (छैठौं) का अध्यक्ष कुँवर र अनुशासनबारे मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य पुनमगरले प्रशिक्षण दिनुभएको थियो ।

     बन्दशत्र

    पुरानो समितिको आलोचना, आत्मालोचना मूल प्रवाहका अध्यक्ष खनालले गराउनुभएपछि केन्द्रीय सचिवालय सदस्य पुनमगरले नियमावली संशोधनको प्रस्ताव राख्नुभएको थियो । छलफलपश्चात हाउसबाट सो प्रस्ताव पारित भएको थियो ।

    तत्पश्चात् धनवीर पुनमगर, कृष्टि राई र अजय रेश्मी रहेको तीन सदस्यीय निर्वाचन समितिले १५ पूर्ण पाँच वैकल्पिक गरी २० सदस्यीय केन्द्रीय समितिको हाउसमा प्रस्ताव पेस गरेको थियो । हाउसमा छलफलपछि उक्त सङ्ख्या पारित भएको थियो ।

    उक्त प्यानलको प्रथम बैठकले माधव पोखरेल (चन्डिगढ) अध्यक्ष रहनुभएको १५ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकारसहितको २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।

    समितिको उपाध्यक्षमा उपाध्यक्ष– कस्तुरी थापा (निलगिरी), सचिवमा सरिता बिसी (फरिदावाद), सहसचिवमा संजोग दुलाल (हैदरावाद) र कोषाध्यक्षमा रक्षा सोमरे (हिसार) रहनुभएको छ ।

    त्यस्तै केन्द्रीय सदस्यमा सृष्टि राई (भिवाडी), शिखर गाहा (जालन्धर), कमल कुँवर (फरिदावाद), विवेक जिसी (करनाल), साक्षी थापा (जयपुर), सागर खनाल (नयाँदिल्ली), प्रमिला कुँवर (पान्डिचरी), मिलन काउछा (वापी), चमेली राहाडी (रायगढ) र नारायण आचार्य (चण्डीगढ) रहनुभएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यमा आहना महर (सोलन), कुशुम क्षेत्री (हैदरावाद), मनिसा परियार (भूवनेश्वर), सन्तोष पहरी (बेङलोर) र मनिसा केसी (भोपाल) रहनुभएको छ ।

    भेलाले अजय रेश्मी (फरिदावाद), प्रदीप शर्मा (कोट्टयाम), हिमाल शर्मा (हैदरावाद), प्रतिक्षा बस्नेत (अहमदावाद) र पद्मा क्षेत्री (ज्वाई) लाई सल्लाहकारमा चयन गरेको छ ।

    पश्चिमोत्तर क्षेत्रीय समिति पनि

    सोही अवसरमा १७ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकारसहितको विद्यार्थी सङ्घकै २७ सदस्यीय पश्चिमोत्तर क्षेत्रीय समिति पनि चयन गरिएको थियो ।

    समितिको अध्यक्षमा सृष्टि राई (भिवाडी), उपाध्यक्षमा विवेक जिसी (करनाल), सचिवमा कमल कुँवर (फरिदावाद), सहसचिवमा इशा खत्री (नयाँदिल्ली) र कोषाध्यक्षमा विशाल विसी (फरिदावाद) रहनुभएको छ ।

    त्यस्तै सदस्यमा समीर खनाल (नयाँदिल्ली), सोनिया थापा (जयपुर), विपना विष्ट (फरिदावाद), विनोद परियार (आगरा), मनिषा परियार (भिवानी), प्रीति परियार (रोहतक), सिन्धु सुनारी (गुरुग्राम), साक्षी थापा (जयपुर), चिराग गतराज (गुरुग्राम), नीतिन थापा (जयपुर), कमलेस गौतम (सोनिपत) र प्रदीप रसाइली (रोहतक) रहनुभएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यमा रानी थापा (भिवाडी), शिव विक (सोनीपत), सन्जना परियार (गुरुग्राम), विपासा परियार (नयाँदिल्ली) र नेहा केसी (ओखला) रहनुभएको छ ।

    सोही प्रकारले सल्लाहकारमा अस्मिता पाण्डे (ओखला), विपना जिसी (भिवानी), सन्दीप थापा (जयपुर), सपना बस्नेत (पलवल) र कमला थापा (फरिदावाद) रहनुभएको छ ।

    नवनिर्वाचित दुवै समितिलाई प्रमुख अतिथि खनाल, विशिष्ट अतिथि कुँवर, मूल प्रवाहका केन्द्रीय सदस्यहरू राणा, सोमरे, सुदूर पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी सदस्य जमुना गाहा, पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी सीता परियार, पश्चिमोत्तर क्षेत्रीय समितिबाट रेशम विक र विष्णु विसी, पूर्व केन्द्रीय सदस्य कृष्ण कुँवर, शिक्षक सङ्घकी विष्णुमायाँ भुसाल, सांस्कृतिक विभागबाट निरू पुन, व्यवस्थापनको तर्फबाट पिनु थापालगायतले बधाइ दिनुभएको थियो ।

    सोमबार, पुष ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.