खिमराज चालीसे चंडिगढ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगरमा मूल प्रवाहको एरिया भेला सम्पन्न भएको छ।
२०२३ डिसेम्बर १७ आइतबारका दिन केन्द्रीय सदस्य कुलबहादुर बगालेको उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।
बगालेले नवनिर्वाचित प्यानलको घोषणा गर्दैै उहाँले भारतमा सामाजिक न्यायपूर्ण आन्दोलनमा होमिने मूल प्रवाहका कार्यक्रताहरूको अतुलनिय योगदान रहेको बताउनुभएको छ ।
वहाँले मूल प्रवाहका नेता कार्यक्रताहरूलाई अवसरवादीहरूले ढुलमुल पार्ने लगातार प्रयास भईरहेकोले कार्यक्रर्ताहरू सबै खाले अवसरवादलाई परास्त गर्न सधै सक्षम रहेकोसमेत बताउनुभएको थियो।
उक्त भेलाले १५ पूर्ण ५ वैकल्पिक र ७ सल्लाहकार सहित १७ सदस्यीय एरिया समिति गठन गरेको छ ।
अध्यक्ष माधव खनाल, उपाध्यक्ष लक्ष्मी थापा, सचिव लक्ष्मण केसी, उपसचिव संजित बस्याल, कोषाध्यक्ष इन्दिरा कुँवर चयन हुनभएको छ ।
त्यस्तै सदस्यहरूमा गिरबहादुर रसाइली, मधिराम भणडारी, रोशनी बस्याल, रमा बिष्ट, माया परियार, सर्मिला सापकोटा, सन्तोषी थापा, बसन्ता खत्री, वसन्त पौडेल, डोरबहादुर केसी रहनुभएको छ भने वैकल्पिक सदस्यहरूमा मीना गाहा, लोकबहादुर थापा, सीता विक, शान्ता चौधरी, मनबहादुर गाहा र सल्लाहकार सदस्यमा भागीलाल घर्ती, मिठु रुचाल, प्रबिन बस्याल, अमृत सुनार, सरिता बस्याल, सुरज केसी गरी एक स्थान रिक्त राखिएको छ ।
नवनिर्वाचित समितिलाई शुभकामना दिने वक्ताह–मा मूल प्रवाह केन्द्रीय वैकल्पिक सदस्य श्री धनबहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार सदस्य जितमान थापा, केन्द्रीय परिषद् सदस्य लक्ष्मण खड्का, केन्द्रीय महिला विभाग सुष्मा खड्का, क्षेत्रीय महिला विभाग मिना बगाले, चन्द्र बस्याल, रामबहादुर विक, लक्ष्मण केसी लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम जितमान थापाको अध्यक्षतामा तथा तिलबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत माधव खनालले गर्नुभएको थियो।


