काठमाडौं । थाइल्यान्डमा अन्धाधुन्ध गोली प्रहार गरी २१ जनाको हत्या गर्ने सन्काह सैनिकलाई सुरक्षाकर्मीले आइतबार गोली हानी हत्या गरेका छन् ।
Advertisement
नाखोन रचासिमामा शनिबार ति सन्काहा सैनिकले जथाभावी गोली प्रहार गर्दा २१ जनाको मृत्यु हुनुका साथै अन्य कैयौं घाइते छन् । उनले आफ्नै कमान्डिङ अफिसरलाई मार्नुका साथै सैन्य शिविरबाट हतियार चोरेको बताइएको थियो ।
आक्रमणकारी ती सैनिकलाई एउटा सपिङ सेन्टरमा लुकिरहेको अवस्थामा घेरा हालेर गोली हानी हत्या गरिएको हो। प्रहरीले ती आक्रमणकारीलाई मार्नुका साथै आठजनाको उद्दार गरेको एक सुरक्षाकर्मीले बताए ।
थाइल्याण्डका सार्वजनिक स्वास्थ्य मन्त्री अनुतिन चर्नविराकुलले फेसबुकमा भनेका छन्, ‘यो अवस्थाको अन्त्य गरेकोमा धन्यवाद प्रहरी तथा सेना । सुटरलाई गोली हानी मारिएको छ ।’