झापा । भारतको पश्चिम बंगालमा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । झापा बुद्धशान्ति नगरपालिका–३ कि ५० वर्षीया भूमा ढकाल र ४५ वर्षीया दिपज्योति ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ।
Advertisement
पश्चिम बंगालको नगरकट्टा भन्ने स्थानमा बुधबार बस दुर्घटना भएको हो। दुर्घटनामा १२ जना घाइते भएका छन् ।
बुद्धशान्ति ३ का पर्शुराम ढकालकी सालीको बिहेको निम्तो मान्न गएका आफन्त दुर्घटनामा परेका इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
१८ नेपाली सवार डव्ल्यू वी ७६–९१९४ को बस विपरीत दिशाबाट आएको ७० एच ५७६२ नम्बरको वेगनर कारमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

