• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अखिल (छैठौं) रुपन्देहीका गतिविधि र संघर्षका कार्यक्रम


  •   सोमबार, पुष २८, २०७६ मा प्रकाशित
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) नेकपा (मसाल)को विद्यार्थी मोर्चा हो। विस. २०२२ मा स्थापना भएको अखिल (छैठौं) को इतिहास गौरवपूर्ण छ । त्यो गौरवपूर्ण इतिहासलाइ सधैं कायम राखेर अगाडि बढ्न त्यति सजिलो पनि छैन ।

    Advertisement

    अखिल (छैठौं) सिद्धान्त र अनुशासनमा सधैं कडा रुपले प्रस्तुत हुँदै आएको विद्यार्थी संगठन हो । कतिपय यसमै लागेका साथीहरु अखिल (छैठौं)को कडा अनुशासनमा रहन नसकी विचलित भएका उदाहरणहरु पनि हाम्रो माझ थुप्रै छन् । आम विद्यार्थीले अखिल (छैठौं)ले अपनाएको सिद्धान्त, विचार, अनुशासन र व्यवहारलाई मन पराउँदै आएका छन् ।

    यदि अखिल (छैठौं) विचार, सिद्धान्त र अनुशासनबाट विचलित हुन्थ्यो भने संगठनप्रति विद्यार्थीको विश्वास हुने थिएन । अनि अडिग सिद्धान्त विना अखिल (छैठौं) पनि अरु संगठनको जस्तै नाम मात्रको संगठनमा सीमित रहन्थ्यो ।

    देशको राजनीतिलाई सही ढंगले बुझ्न सक्ने, आम विद्यार्थी र जनताको आवाज बुलन्द गर्न सक्ने संगठन अखिल (छैठौं) हो । हामी सिद्धान्तप्रति कहिल्यै विचलित छैनौं । हामी सधै संघर्षमै छौं । संघर्षले नै हामीलाई देश र जनताको पक्षमा उभिन सिकाएको छ । हाम्रो जिम्मेवारी देशप्रति छ । विद्यार्थी प्रति छ । राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डता लगायत जनताका पक्षमा हामीले निरन्तर संघर्ष गर्दै आएका छौं ।
    धेरैजसो संगठनको स्ववियु चुनाव भन्दा अघि पछि नामै सुनिन्न तर अखिल (छैठौं) सधैं मैदानमा रहिरहने विद्यार्थी संगठन हो ।

    २०७५ असोज २० गते सम्पन्न १८ औं जिल्ला सम्मेलनपछि केही तथ्यहरुलाई हेर्ने हो भने पनि अखिल (छैठौं) सधैं विद्यार्थीका माझमा र संघर्षको मैदानमा रहेको कुरा स्पष्ट हुन्छ ।

    गतिविधिहरु
    १) हरेक शैक्षिक वर्षको शुरुमा युनियनले रुपन्देही जिल्लाभर स्कुल जाऔं अभियान सञ्चालन गर्ने गरेको छ ।
    २) लागू औषधले देशका युवा विद्यार्थीहरुलाई ठूलो नोक्सान पुर्याइरहेको बेला अखिल (छैठौं)रुपन्देहीले लागुऔषध दुव्र्यसनी बिरुद्ध रुपन्देहीमा रहेका विद्यालय तथा क्याम्पसहरुमा लागू औषध तथा सामाजिक अन्धविश्वास बिरुद्धको सचेतना अभियान सञ्चालन निरन्तर रुपमा गरिरहेको छ ।
    ३) रुपन्देही जिल्ला भित्र रहेका पालिका, विद्यालय र कलेजहरुमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
    ४) एकादशी पर्व २०७५ को अवसरमा मंसिर १ गते देखि ३ गतेसम्म प्रगतिशील देउसि भैलो रुपन्देहीका विभिन्न स्थानमा सम्पन्न गरेको थियो।
    ५) २०७५ फागुनमा तिलोत्तमाको बनवाटिकामा प्रगतिशील वनभोज कार्यक्रम आयोजना गरेको थियो।
    ६) २०७५ पुस २ गते अखिल (छैठौं) जिल्ला समिति रुपन्देहीको आयोजनामा नेकपा(मसाल) रुपन्देहीका सदस्य, राष्ट्रिय जनमोर्चा रुपन्देहीका सल्लाहकार तथा बुटवल बहुमुखी क्याम्पसका स्ववियु उपसभापति दल बहादुर भण्डारीको प्रथम स्मृति दिवस सम्पन्न गरेको थियो।
    ७) अखिल (छैठौं) जिल्ला समिति रुपन्देहीले यातायात क्षेत्रमा विद्यार्थी सहुलियत ४५ प्रतिशत पुर्ण कार्यान्यनको माग राख्दै २०७५ माघ १० गते यातायात व्यवस्था कार्यलय रुपन्देही लाई ज्ञापन पत्र बुझाएको थियो।
    ८) अखिल (छैठौं) जिल्ला समिति रुपन्देहीले २०७५ फागुन १० र ११ गते जिल्लाको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो।
    सो कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष बिमल पोख्रेल र महासचिव महेशराज जोशीको विशेष उपस्थित रहेको थियो। बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापा, अखिल नेपाल बुद्धिजीवी संघका दुर्गानाथ खरेल, अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष बिमल पोख्रेल, महासचिव महेशराज जोशी, पत्रकार डिआर बञ्जाडे लगायतले प्रशिक्षण दिनुभएको थियो।
    ९) अखिल (छैठौं) जिल्ला समिति रुपन्देहीले नयाँ वर्ष २०७६ को अवसरमा क्यालेन्डर प्रकाशन गरेको थियो।

    संघर्षका कार्यक्रमहरु
    १) विषधी परीक्षका लागि दबाब
    भारतबाट आउने तरकारी तथा फलफुलमा विषाधी परिक्षण गर्ने माग गर्दै बिरोध सभा सम्पन्न
    भारतबाट आयातित तरकारीमा विषाधी परिक्षणको निर्णयबाट सरकार पछि हटेको भन्दै गत असार २३ गते विरोध प्रदर्शन गरिएको थियो ।

    २) सीमा अतिक्रमणको बिरोध
    भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा गरेको सीमा अतिक्रमण तथा जाली नक्सा खारेजीको माग गर्दै मंसिर १४ बुटवलमा विरोध प्रदर्शन र सभा सम्पन्न गरिएको थियो ।

    ३) भाडा बृद्धि विरुद्ध यातायातमन्त्रीको पुत्ला दहन
    अखिल (छैठौं) रुपन्देहीले सरकारले सार्वजनिक सवारी साधनमा अनियन्त्रित रुपमा भाडा बृद्धि गरेको भन्दै २०७५ असोज १२ गते बुटवलको पुष्पलाल पार्कमा तत्कालिन यातायातमन्त्री रघुबिर महासेठ को पुत्ला जलाएको थियो ।

    ४) ५नं प्रदेश सरकारले सवारी साधन खरिदमा गरेको अनियमितताको विरोध
    ५) नम्बर प्रदेश सरकारले गाडी खरिदमा चरम लापरबाही तथा अनियमितता गरेको भन्दै अखिल (छैठौं) रुपन्देहीले बुटवलमा बिरोध प्रदर्शन गरेको थियो ।

    टेकराज भुसाल (टेकु)
    सदस्य, अखिल (छैठौं) रुपन्देही

    सोमबार, पुष २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.