अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) बाँकेको जिल्ला भेला यही पुस २६ र २७ गते नेपालगञ्जमा हुने भएको छ । भेलाको तयारीका क्रममा अखिल (छैठौं) ले बाँकेमा संगठन निर्माणको कामलाई समेत तिब्रता दिएको छ ।
त्यस क्रममा सोमबार बाँकेको खजुरा गाउँपालिकास्थित जनता नमुना माविमा संगठन बिस्तार तथा विद्यार्थी भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा युनियनका महासचिव महेशराज जोशीले विद्यार्थीहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिनुका साथै संघीयता विरुद्ध काठमाडौं मार्चबारे जानकारी गराउनुभएको थियो ।
भेलाले प्राविधिक तर्फ समीर ढकालको अध्यक्षतामा १५ सदस्यीय मुल इकाई समिति गठन गरेको छ । जसको उपाध्यक्षमा हिरा सुनार, सचिव सौगात खत्री, सह सचिवमा निसम खत्री र कोषाध्यक्षमा जीवन घर्तीमगर तथा सदस्यहरु सामना बुढा, जीवन घर्तीमगर, गंगा खत्री, कबिता यादव लगाएत रहनु भएको छ ।
यसैगरी साधारणतर्फ दुर्गा वलीको अध्यक्षतामा १५ सदस्यीय मुल इकाइ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा अमुसा पुनमगर, सचिव बिनिता बिक, सह सचिव रमन सुनार, कोषाध्यक्ष सर्मिला बिस्ट र सदस्यहरुमा मनिसा मगर, रमा खत्री, सन्जु यादव, सरस्वती यादव लगाएत रहनुभएको छ ।
कार्यक्रममा युनियनका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर ५ का सह सचिब पुरन पोख्रेल, केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज हरि बुढाले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन अखिल (छैठौं) बाँकेका जिल्ला अध्यक्ष नबराज चन्दले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला कोषाध्यक्ष बिपिन धामीको समेत उपस्थिति रहेको थियो ।

