दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले दाङ जिल्लाका सबै पालिकामा भेला गर्ने निर्णय गरेको छ । जिल्ला अध्यक्ष ध्रुव बेल्वासेको अध्यक्षतामा बसेको अखिल (छैठौं) जिल्ला समितिको बैठकले सबै पालिकामा भेला गर्ने निर्णय गरेको सचिव लक्ष्मण बिकले जानकारी दिनुभएको छ ।
Advertisement
त्यस अनुसार राप्ति, लमही र गढवा गाउँपालिकामा पुस २६ गते भेला हुनेछ भने घोराही र तुल्सीपुर मा माघ ४ गते भेला गर्ने कार्यक्रम छ । बाँकी स्थानीय तहमा बैठक बसेर सांगठनिक कामलाई अघि बढाउने अखिल (छैठौं) दाङले जनाएको छ ।
संगठनका महासचिव महेशराज जोशीको नेतृत्वमा प्रदेश ५ का विभिन्न जिल्लामा अखिल (छैठौं) ले ‘संघीयता विरुद्ध काठमाडौं मार्च’ को तयारी गरिरहेको छ । आगामी चैत १ देखि ५ सम्म संघीयता विरुद्ध काठमाडौं केन्द्रित आन्दोलन गर्ने गरी अखिल (छैठौं) ले तयारी गरिरहेको छ ।