प्युठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) प्युठानको जिल्ला भेला आगामी माघ ११ गते हुने भएको छ । शनिबार सम्पन्न जिल्ला समितिको बैठकले भेला गर्ने निर्णय गरेको सचिव सरोज न्यौपाने ‘स्ट्रगल’ ले जानकारी दिनुभएको छ ।
Advertisement
१८ औं जिल्ला सम्मेलन पछिको प्रथम जिल्ला भेला विजुवार स्थित स्वर्गद्वारी बहुमुखि क्याम्पसमा हुन लागेको हो । अखिल (छैठौं) प्युठानले ‘संघीयता विरुद्ध काठमाडौं मार्च’को तयारीका सन्दर्भमा जिल्लाका ९ वटै पालिकामा भेला गर्दैछ ।
सचिव न्यौपानेका अनुसार पुस २१ देखि २६ गतेसम्म गाउँ तथा नगर भेला गरिने र त्यसपछि जिल्ला भेला हुनेछ । शनिबार सम्पन्न बैठकमा संगठनका महासचिव महेशराज जोशीको उपस्थिति रहेको अखिल (छैठौं) प्युठानले जनाएको छ ।