• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मुख्यसचिवद्वारा भालुबाङ अस्पतालको स्थलगत निरीक्षण

सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक पर्ने अनुमान : युनेस्को

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा

जापानमा साइबर आक्रमणको श्रृङ्खला

नोबेल पुरस्कारका पाँच तथ्य

मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

क्युबेकमा पृथकतावादी पार्टी विजयी

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

लोकप्रिय समाचार

  • १. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • २. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ३. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ७. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ८. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ९. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • १०. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

झिम्रुकमा हाम्रो हार भयो/झिम्रुकमा हाम्रो जित भयो


  •   शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
  • –मोहनविक्रम सिंह

    Advertisement

    झिम्रुकको चुनावमा हाम्रो किन हार भयो ? त्यसबारे धेरै प्रश्न गर्ने गरिएको छ वा टिप्पणीहरु गर्ने गरिएको छ । त्यसबारे प्रकाश हाल्नको लागि नै यो लेख तयार पारिएको छ ।

    झिम्रुकमा हाम्रो हार भएको कुरा आम रूपमा थाहा छ । धेरैलाई त्यही मात्र थाहा छ । तर त्यहाँ हाम्रो जीत पनि भएको छ । वास्तवमा त्यो नै झिम्रुकको चुनावको प्रधान पक्ष हो । तर त्यसबारे आम रूपमा कमै थाहा छ वा अर्को शब्दमा त्यसबारे बढी भ्रम छ । त्यसरी यो लेखमा त्यो भ्रमलाई साफ गर्ने पनि प्रयत्न गरिने छ ।

    झिम्रुकको चुनाव एउटा स्थानीय चुनाव मात्र हो । तर स्थानीय चुनाव भएर पनि त्यो खाली स्थानीय चुनाव मात्र होइन । देशका प्रत्येक स्थानीय चुनाव देशको सम्पूर्ण राजनीति र संसदीय प्रणालीका अङ्ग हुन्छन् । त्यसकारण, एकातिर, देशको सम्पूर्ण राजनीति र संसदीय प्रणालीको असर त्यसमा पर्दछ र त्यसको (स्थानीय चुनावको) माध्यमद्वारा देशको सम्पूर्ण राजनीति र संसदीय प्रणालीको पनि अध्ययन गर्न सकिन्छ । त्यही कुरा झिम्रुकको स्थानीय चुनावको सन्दर्भमा पनि सत्य हो । झिम्रुकको चुनावको माध्यमद्वारा देशको सम्पूर्ण राजनीति र संसदीय प्रणालीको पनि अध्ययन गर्न सकिन्छ । त्यही प्रकारले पाँच दलीय चुनावी तालमेलको झिम्रुकमा के असर पर्यो र त्यहाँ त्यसको कसरी प्रयोग भयो ? त्यो कुराको पनि अध्ययन गर्न सकिन्छ । त्यसका साथै झिम्रुकको स्थानीय चुनावको विश्लेषणको आधारमा पाँचदलीय चुनावी तालमेल आगामी प्रदेश र संसदको चुनावसम्म कसरी अगाडि बढ्ने छ, त्यो कुराको झलक पनि मिल्न सक्नेछ ।

    पहिले हामीले अहिलेको स्थानीय चुनावबारे समग्र रूपमा केही विचार गरौँ । समग्र रूपमा पाँचदलीय चुनावी तालमेलबाट प्रतिगमनलाई पराजित गर्न धेरै नै मद्दत पुगेको छ । पाँच दलीय चुनावी तालमेलबाट राष्ट्रिय जनमोर्चालाई पनि चुनावमा अपेक्षाकृत सफलता प्राप्त भएको छ । पहिले हामीले देशका ३ वटा पालिकामा मात्र सफलता प्राप्त गरेका थियौँः बाग्लुङ्गको बरेङ्ग तथा प्यूठानका मल्लरानी र झिम्रुक पालिकाहरुमा । र अहिलेको चुनावबाट हामीलाई ४ ठाउमा सफलता मिलेको छ । बाग्लुङ्गका बरेङ्ग गाउपालिका र जैमुनी नगरपालिकामा तथा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा । त्यसरी पहिले हामीले ३ स्थानहरुमा मात्र सफलता प्राप्त गरेकोमा अहिले ४ स्थानमा सफलता प्राप्त गरेका छौँ । ४ स्थानहरु मध्ये पनि २ स्थानहरु नगरपालिकाहरु हुन् । तर पहिले हामीले जितेको झिम्रुकमा अहिले हाम्रो हार भएको छ । तर त्यो हार पनि वास्तविक भन्दा ‘टेक्निकल’ नै बढी हो ।

    पहिले हामीले ३ स्थानहरुमा मात्र सफलता प्राप्त गरेकोमा अहिले ४ स्थानमा सफलता प्राप्त गरेका छौँ । ४ स्थानहरु मध्ये पनि २ स्थानहरु नगरपालिकाहरु हुन् । तर पहिले हामीले जितेको झिम्रुकमा अहिले हाम्रो हार भएको छ । तर त्यो हार पनि वास्तविक भन्दा ‘टेक्निकल’ नै बढी हो ।

    अहिले प्रतिगमनको नेतृत्व एमालेले नै गरिराखेको छ । एमालेको उल्लेख गर्दा सुरुमा नै एउटा कुरामा केही स्पष्टताको आवश्यकता छ । एमाले एउटा प्रतिक्रियावादी संगठन नै बनेको छ भनेर निष्कर्ष निकाल्नु सही हुने छैन । वास्तवमाकुनै बेला कुनै सङ्गठनमा एउटा व्यक्तिले पनि धेरै प्रभाव पार्दछ वा भनौँ, प्रभुत्व कायम गर्दछ । अहिले एमालेमा पनि त्यही अवस्था देखा परेको छ । ओलीले निश्चित रूपले प्रतिगामी दिशा समातिसकेका छन् । त्यस प्रकारको सोचाइको अनुकरण वा अन्धानुकरण एमालेले पूरै गरेको छ । त्यसैले एमाले पूरै प्रतिगामी शक्ति नबनेको भएपनि एमालेले पूरै नै प्रतिगामी दिशाको अनुशरण गरेको छ ।

    एमाले देशको एउटा प्रमुख राजनीतिक शक्ति हो र त्यसको देशव्यापी सङ्गठनात्मक आधार र ठुलो पैमानामा जनतामा त्यसको असर पनि छ । एमाले स्वयं प्रतिगामी शक्ति होइन । तैपनि अहिले देशमा प्रतिगमनको मुख्य नेतृत्व त्यसले नै गरिरहेको छ । चुनावमा त्यसको सफलता, त्यसलाई बहुमत वा दुईतिहाई बहुमत प्राप्त भयो भने देश प्रतिगमनतिर जाने सम्भावना रहने छ । त्यसैले त्यसलाई पराजित गर्नु अहिलेको राष्ट्रिय आवश्यकता बनेको छ । त्यो उद्देश्य प्राप्त गर्नको लागि नै पाँच दलीय गठबन्धन बनेको थियो ।

    यो खुसीको कुरा हो कि पाँच दलीय गठबन्धनले आफ्नो उद्देश्य पूरा गर्न, अर्थात् प्रतिगमनलाई पराजित गर्न अहिलेसम्म धेरै नै महत्वपूर्ण सफलताहरू प्राप्त गर्दै आएको छ, जस्तै कि ओलीको संसदलाई विघटन गर्ने दुईदुईपल्टका प्रयत्नहरूलाई असफल पार्नु, ओलीको नेतृत्वको केन्द्रीय सरकार र एमालेका प्रदेश सरकारहरूलाई अपदस्थ गर्नु, राष्ट्रिय सभामा एमालेलाई निर्णयात्मक रूपले पराजित गर्नु आदि । ओलीले राष्ट्रिय चुनावको पराजयलाई आफ्नो अन्तिम धक्का बताएका थिए । तर पाँच दलीय चुनावी तालमेलका कारणले स्थानीय चुनावमा पनि उनलाई अर्को धक्का पुगेको छ । गठबन्धनका सबै पक्षहरूले एमालेसँग स्थानीय स्तरमा कतैपनि तालमेल नगर्ने पाँच दलीय समझदारीलाई इमानदारितापूर्वक लागू नगरेको हुनाले एमालेलाई निर्णयात्मक रूपले पराजित गर्नु सम्भव भएन । यदि आगामी प्रदेश र केन्द्रीय चुनावमा पनि उनीहरूले त्यस प्रकारको इमानदारिताको प्रदर्शन नगरेमा एमालेलाई निर्णयात्मक रूपले पराजित गर्नु सम्भव हुने छैन ।

    स्थानीय चुनावमा राजमो बाहेक अन्य पक्षहरूले इमानदारिता प्रदर्शन नगर्नुका बेग्लाबेग्लै कारण र रूपहरू रहेका छन् । नेपाली काङ्ग्रेसभित्रको एउटा ठुलो पङ्क्तिले गठबन्धन वा पाँच दलीय चुनावी तालमेललाई नीतिगत रूपमा नै अस्वीकार गर्दै वा विरोध गर्दै आएको छ । तैपनि यो स्वागतयोग्य कुरा हो कि नेकाको संस्थापन पक्षले त्यस प्रकारको विरोधलाई दृढतापूर्वक सामना गरेर पाँचदलीय चुनावी तालमेलको नीतिको पक्षमा केन्द्रीय कमिटीद्वारा निर्णय गराउने कार्य गरेको छ । तर त्यो केन्द्रीय निर्णयका बाबजुद त्यो निर्णयसित मतभेद राख्ने नेकाको पक्षले जुन जिल्ला वा पालिकामा उनीहरूको प्रभाव छ, त्यो चुनावी तालमेललाई असफल पार्ने वा सहमति भएका उम्मेदवारहरूका विरुद्ध अन्तर्घात गर्ने काम गरेका छन् ।

    पाँच दलीय चुनावी तालमेलका बाबजुद माओवादी केन्द्रका कतिपय स्थानीय समितिहरूले एमालेसित तालमेल गरेर राजमोका उम्मेदवारलाई हराउने प्रयत्न गरेका छन् र त्यस प्रकारको प्रयत्नलाई उनीहरूको केन्द्रले पनि छद्म रूपले आफ्नो समर्थन दिने गरेको छ । प्यूठानको झिम्रुक त्यसको एउटा प्रतिनिधिमूलक उदाहरण हो । त्यसबारे हामीले पछि विस्तृत रूपले चर्चा गर्ने छौँ ।

    एकीकृत समाजवादीले पाँचदलमा सहमति भएको राजमोको उम्मेदवारका विरुद्ध पनि उम्मेदवार उठाउने काम ग¥यो । काठमाडौँको चन्द्रगिरि त्यसको उदाहरण हो । जसपासित चुनावमा प्रत्यक्ष रूपले हाम्रो कतै प्रतिस्पर्धा भएन त्यसैले उनीहरूबारे भन्नुपर्ने विशेष केही छैन ।

    नेका, माओवादी केन्द्र र एकीकृत समाजवादीहरूले कतिपय स्थानहरूमा पाँच दलीय चुनावी तालमेलको नीतिलाई इमानदारितापूर्वक कार्यान्वयन नगरेको कुरा सत्य हो । तैपनि धेरैजसो पालिकाहरूमा उनीहरूले पाँच दलीय सहमतिलाई इमानदारितापूर्वक लागू गर्ने कार्य गरेका छन् र त्यसबाट चुनावमा महत्वपूर्ण सफलता प्राप्त भएको छ ।

    अहिले स्थानीय चुनावमा एमालेलाई जुन धक्का पुग्यो, त्यसबाट एमालेले यो कुरा राम्ररी बुझेको छ कि पाँच दलले एकतावद्ध भएर चुनावमा अगाडि आउँदासम्म आगामी प्रदेश र संसदीय चुनावमा पनि त्यसको हार निश्चित छ । त्यसैले त्यसको अहिलेको प्रयत्न पाँचदलका बिचमा फुट पार्नेतिर नै केन्द्रित छ । त्यही नीति त्यसका लागि जीवन र मृत्युको प्रश्न बनेको छ ।

    अहिले स्थानीय चुनावमा एमालेलाई जुन धक्का पुग्यो, त्यसबाट एमालेले यो कुरा राम्ररी बुझेको छ कि पाँच दलले एकतावद्ध भएर चुनावमा अगाडि आउँदासम्म आगामी प्रदेश र संसदीय चुनावमा पनि त्यसको हार निश्चित छ । त्यसैले त्यसको अहिलेको प्रयत्न पाँचदलका बिचमा फुट पार्नेतिर नै केन्द्रित छ । त्यही नीति त्यसका लागि जीवन र मृत्युको प्रश्न बनेको छ ।

    स्थानीय चुनावमा, एकातिर, पाँच दलभित्र नै गठबन्धनको विरुद्ध देखापरेका विचारहरू र कतिपय पालिकाहरूमा पाँचदलभित्रका कतिपय पक्षलाई फुटाएर उनीहरूसित तालमेल गर्न प्राप्त सफलताहरूका कारणले एमाले पा“च दलका बिचमा फुट पार्न सक्ने कुरामा केही न केही उत्साहित भएको छ । यो कारणले पनि एमाले आफ्नो त्यो नीतिमा बढी विश्वस्त देखिन्छ कि झिम्रुकमा माओवादीसित तालमेल गर्न त्यसले प्राप्त गरेको सफलता, पाँचदलीय समझदारीका विरुद्ध माओवादी केन्द्रलाई आफ्नो पक्षमा मिलाउन त्यसले प्राप्त गरेको सफलता,मा त्यसको(माओवादी केन्द्रको) केन्द्रले पनि समर्थन, यद्यपि छद्म रूपमा, गरेको थियो ।

    देशका अन्य कतिपय पालिकाहरूमा पाँच दलभित्रका अन्य कतिपय पक्षहरू पनि एमालेसित चुनावी तालमेल गर्न तयार भएका उदाहरणहरु पाइन्छन् । पाँच दलहरु मध्येका कतिपय पक्षहरुलाई स्थानीय तहमा पाँच दलीय समझदारीका विरुद्ध लैजान सफलता प्राप्त गरेका कारणले उत्साहित भएर हुन सक्दछ, अब एमालेले केन्द्रीय तहमा नै पाँच दलीय चुनावी तालमेलको नीतिलाई तोड्न प्रयत्न गर्न थालेको देखिन्छ । एमालेले यो कुरा राम्ररी बुझेको देखिन्छ कि राजमो आफ्नो नीति र प्रतिबद्धतामा सधैँ इमानदार र दृढ रहन्छ । त्यो (राजमो)चुनावमा हार स्वीकार गर्न तयार हुन्छ, तर आफ्नो नीतिबाट कुनै पनि प्रकारको विचलन हुन तयार हुँदैन । तर सायद एमालेले यो कुरा बुझिसकेको छ कि राजमो बाहेक अन्य पक्षहरूलाई एक वा अर्को प्रकारले ‘पटाउन’ सकिन्छ । सायद त्यही कारणले हुन सक्दछ, अब त्यसले, संचार माध्यममा आएको समाचार अनुसार, प्रचण्ड र माधवलाई प्रधानमन्त्री पदकोसम्म प्रलोभन दिन सङ्कोच मानेको छैन ।

    त्यो समाचारलाई, एकातिर, प्रचण्ड र माधव र, अर्काेतिर, एमालेले पनि खण्डन गरिसकेको छ । तैपनि पाँचदलमा फूट पार्न एमालेले एक वा अर्काे प्रकारले त्यस प्रकारका विभिन्न पासाहरु फ्याँक्ने सम्भानालाई पूरै अस्वीकार गर्न सकिन्न ।
    संसदको लामो इतिहासले बताउँछ, अन्य पार्टीका कैयौँ सांसदहरू मन्त्री पद पाएपछि आफ्नो पार्टी वा सिद्धान्तसम्मलाई छाडेर दगुर्दछन् । त्यस प्रकारका दर्जनौँ उदाहरणहरू छन् । पछिल्लो उदाहरण माओवादी केन्द्रका कैयौ शीर्षस्थ सांसदहरूको हो, जो मन्त्री पद पाएपछि आफ्नो सङ्गठन छाडेर एमालेमा सामेल हुन पुगेका थिए । त्यस प्रकारको पृष्ठभूमिमा राजमोले पेश गरेको एउटा ताजा उदाहरण पनि हाम्रा अगाडि छ । प्रतिनिधिसभाकी सदस्य दुर्गा पौडेललाई ओलीले पहिले उपसभामुख र पछि मन्त्री हुन प्रस्ताव पठाएका थिए । तर दुर्गाले त्यो प्रस्तावलाई अस्वीकार गरेकी थिइन् । स्वयम् ओली संसदमा दिएको आफ्नो लामो भाषणमा राजमोले त्यस प्रकारको प्रस्तावलाई अस्वीकार गरेको कुराको उल्लेख गरेका थिए । त्यो उनको व्यक्तिगत उदाहरण मात्र होइन त्यसले राजमोको सम्पूर्ण चरित्र, परम्परा र इतिहासलाई बताउँछ ।

    प्रतिनिधिसभाकी सदस्य दुर्गा पौडेललाई ओलीले पहिले उपसभामुख र पछि मन्त्री हुन प्रस्ताव पठाएका थिए । तर दुर्गाले त्यो प्रस्तावलाई अस्वीकार गरेकी थिइन् । स्वयम् ओली संसदमा दिएको आफ्नो लामो भाषणमा राजमोले त्यस प्रकारको प्रस्तावलाई अस्वीकार गरेको कुराको उल्लेख गरेका थिए । त्यो उनको व्यक्तिगत उदाहरण मात्र होइन त्यसले राजमोको सम्पूर्ण चरित्र, परम्परा र इतिहासलाई बताउँछ ।

    त्यस सन्दर्भमा राजमोको कार्यशैलीसँग सम्बन्धित एउटा अर्को पक्ष पनि उल्लेखनीय छ । त्यसले आफ्ना सदस्यहरूसित यो कुराको आशा र माग पनि गर्दछ, उनीहरू आफ्ना नीतिहरूमा सधैँ इमानदार र दृढ रहुन् । आफ्ना कुनै सदस्यहरूले पार्टीको नीति वा प्रतिबद्धताको उल्लङ्घन गरेमा तिनीहरूका विरुद्ध कडाभन्दा कडा कारबाही गर्ने नैतिक आँटपनि राजमोले राख्दछ । गण्डकीको प्रदेशसभाका एकजना सांसदका विरुद्ध राजमोले गरेको कारबाही त्यसको एउटा उदाहरण हो । तर अन्य पक्षहरूले त्यस प्रकारको इमानदारिता र नैतिक आँट राख्दैनन् । त्यस अर्थमा अन्य राजनीतिक सङ्गठनहरू राजमोभन्दा कति तल छन् ? त्यो कुरा झिम्रुकको सन्दर्भमा माओवादी केन्द्रले अपनाएको ढुलमुल र अवसरवादी नीतिबाट पनि प्रस्ट हुन्छ ।

    झिम्रुकमा माओवादी केन्द्रको एमालेसँग तालमेल गर्ने नीति स्वयं माओवादीको एमालेसित चुनावी तालमेल नगर्ने नीतिका विरुद्ध भएको कुरा लुम्बिनी प्रदेश कार्यालयले सार्वजनिक गरेको झिम्रुकमा पठाएको पत्रबाट पनि थाहा हुन्छ । त्यो पत्रमा पार्टीको घोषित नीतिको विरुद्ध एमालेसित तालमेल गर्ने कार्यका विरुद्ध ‘सचेत’ गराइएको थियो र त्यसो गरेमा कारबाही गर्ने चेतावनी पनि दिएको थियो । तर एमालेसित तालमेल गर्ने झिम्रुकको कमिटीका विरुद्ध कुनै कारबाही गरिएन । त्यति मात्र होइन, एमालेसित तालमेल गरेर चुनावमा विजय प्राप्त गरेपछि झिम्रुकमा अध्यक्ष पदमा विजय प्राप्त गरेका आफ्नो पार्टीका सदस्यलाई केन्द्रमा बोलाएर प्रचण्डद्वारा स्वागत गरियो । यदि राजमोको कुनै सदस्यले त्यस प्रकारको व्यवहार गरेको भए त्यसले आफ्नो सदस्यलाई स्वागत होइन, कारबाही नै गर्दथ्यो । गण्डकीमा आफ्नै पार्टीको सांसदको सांसद पदलाई खारेज गराउन गरिएको कारवाहीबाट त्यो कुरामा कुनै शङ्का रहन्न । झिम्रुक र गण्डकीका ती दुईवटा उदाहरणहरूबाट पनि देशको राजनीतिमा राजमोको स्थान कति उच्च छ ? त्यो कुरा प्रस्ट छ ।

    प्रश्न झिम्रुक वा माओवादीको मात्र होइन । त्यो प्रश्नले देशको सम्पूर्ण राजनीति र जनतासित सम्बन्ध राख्दछ । कुनै राजनीतिक पार्टीले कुनै नीति बनाउँछ वा देश र जनताका अगाडि प्रतिवद्धता प्रकट गर्दछ तर त्यसप्रति इमान्दार रहँदैन । नेपालका राजनीतिक पार्टीहरुमा आम रुपमा त्यस प्रकारको कमजोरी रहने गरेको छ । त्यसका परिणामहरु दुईवटा हुन्छन्, प्रथम, उनीहरुले देश र जनताप्रतिको आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्दैनन् । अर्का शब्दमा उनीहरुले जनतालाई बारम्बार झुक्काउने वा धोका दिने गर्दछन् । द्वितीय, जनताको राजनीतिक पार्टीहरुमाथिको विश्वसनीयता कम हुन्छ ।

    एमालेसित तालमेल गर्ने झिम्रुकको कमिटीका विरुद्ध कुनै कारबाही गरिएन । त्यति मात्र होइन, एमालेसित तालमेल गरेर चुनावमा विजय प्राप्त गरेपछि झिम्रुकमा अध्यक्ष पदमा विजय प्राप्त गरेका आफ्नो पार्टीका सदस्यलाई केन्द्रमा बोलाएर प्रचण्डद्वारा स्वागत गरियो । यदि राजमोको कुनै सदस्यले त्यस प्रकारको व्यवहार गरेको भए त्यसले आफ्नो सदस्यलाई स्वागत होइन, कारबाही नै गर्दथ्यो ।

    त्यसको परिणामस्वरुप जनतामा राजनीतिक दल वा व्यवस्थामाथिको विश्वास कम हुँदै जान्छ । आज देशमा जस्तो कि, स्थानीय चुनावका कतिपय उदाहरणहरूले बताएका छन्, स्वतन्त्र व्यक्तिहरूप्रति जनताको समर्थन बढ्दै जानुको कारण राजनीतिक दलहरूको विश्वसनीयता कम हुँदै जानुको नै परिणाम हो । राजनीतिक दलहरूमाथिको त्यस प्रकारको असन्तोष र अविश्वासका कारणले नै २०१७ र २०५९ सालका प्रतिगामी घटनाहरू घटेका थिए । देशका कतिपय राजनीतिक दलहरूले इतिहासका त्यस प्रकारका नकारात्मक अनुभवहरूबाट शिक्षा लिएको पाइँदैन । उनीहरूले आफ्नो नीति वा प्रतिवद्धतामा इमान्दार रहनुको सट्टा जुनसुकै प्रकारको छलछाम गरेर भए पनि तात्कालिक फाइदाहरू उठाउने कुरालाई केन्द्रमा राखेर काम गरेको पाइन्छ । तर त्यस प्रकारका नीतिहरूको गर्भबाट जनताको राजनीतिक दल वा व्यवस्थाप्रतिको विश्वास घट्दै जाने र त्यसरी अन्ततः देश प्रतिगमनतिर जानसक्ने सम्भावनातिर उनीहरुको कम ध्यान गएको देखिन्छ ।

    यो कुरा पनि कम गम्भीर छैन कि माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट पनि एक वा अर्को रूपमा पाँचदलीय गठबन्धन वा पाँचदलीय चुनावी तालमेलको नीतिको विरोध गर्ने स्वर सुनिन थालेका छन् । जसपाले ता यो कुरा सार्वजनिक रुपले नै बताइसकेको छ कि उनीहरूभित्र एमालेसित तालमेल गर्ने प्रकारको बहस पनि हन थालेको छ । त्यस प्रकारका स्वरहरूबाट एमालेलाई नै मदत पुग्ने कुरा प्रस्ट छ । यो कुरामा कुनै शङ्का छैन कि जुनसुकै कारणले भएपनि पाँचदलीय चुनावी तालमेल असफल भयो भने त्यसले प्रतिगमनलाई नै मदत पु-याउने छ । त्यस्तो हुन नदिन अन्य पक्षहरूसितका हाम्रा कतिपय मतभेद र आलोचनाका बाबजुद हामीले पाँचदलीय चुनावी तालमेललाई इमानदारिता र दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ र अन्य पक्षहरूसित पनि त्यसका लागि आग्रह गर्दछौँ ।

    कतिपय राजनीतिक बुद्धिजीवी वा पत्रकारहरूले पाँचदलका बिचमा भएका विभिन्न वैचारिक मतभेदहरुको उल्लेख गर्दै गठबन्धन वा चुनावी तालमेललाई सिद्धान्तहीन वा अपवित्र पनि बताउने गरेका छन् । कम्युनिस्ट र काँग्रेसहरूको दर्शन वा सिद्धान्तमा आधारभूत प्रकारको अन्तर छ । त्यसैले उनीहरूले कम्युनिस्ट र काँग्रेसहरूका बिचको गठबन्धन वा चुनावी तालमेललाई सिद्धान्तहीन र अपवित्र बताउने गरेका छन् । त्यो कुरा प्रमाणित गर्न उनीहरूले माक्र्सवादी दर्शन वा समाजवाद र पूँजीवादका धारणाहरूका बिचमा भएका भिन्नताहरूबारे लामो व्याख्या पनि गर्ने गरेका छन् । तर त्यसो गर्ने बेलामा उनीहरूले यो कुराप्रति ध्यान दिएको पाइँदैन कि माक्र्सवादी, लेनिनवादी सिद्धान्तको एउटा महत्वपूर्ण अङ्ग संयुक्त मोर्चाको नीति पनि हो ।

    माक्र्सवादी दर्शनले क्रान्तिकारी सिद्धान्त र सबै प्रकारका पुँजीवादी र अवसरवादी सिद्धान्त वा शक्तिहरूका विरुद्ध सम्झौताहीन सङ्घर्ष वा वर्ग सङ्घर्षमा जोड दिन्छ । तर संयुक्त मोर्चाको नीतिले कुनै खास बेलाको ठोस परिस्थितिको आवश्यकता अनुसार विभिन्न सैद्धान्तिक मतभेद भएका राजनीतिक शक्तिहरु वा दुश्मन शक्तिहरूसित पनि एकता गर्नुपर्ने, समाजवाद विरोधी व्यवस्था र शक्तिलाई पनि समर्थन गर्नुपर्ने वा उनीहरूका सकारात्मक पक्षहरूलाई स्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यही द्वन्द्ववाद हो । सिद्धान्ततः माक्र्सवादलाई समर्थन गरे पनि द्वन्द्ववादको अभावमा त्यस प्रकारको समर्थन अधिभूतवादी प्रकारको बन्न जान्छ । माक्र्सवादी दर्शन वा संस्थापकहरूले अभ्यास गर्दै आएका नीतिहरूबाट त्यो कुरामा कुनै शङ्का रहन्न ।

    माक्र्सले सामन्तवादका विरुद्धको सङ्घर्षमा पुँजीपति वर्गको पनि सकारात्मक भूमिका हुने कुरा बताएका छन् । लेनिनले युद्धले पैदा गरेको सङ्कटको अवस्थामा समाजवादी क्रान्तिपछि पनि तत्कालीन रूपमा पुँजीवादी प्रणाली (न्यू इकोनोमिक पोलिशी) अपनाउने कुरामा जोड दिएका थिए । स्तालिनले हिटलरको आक्रमणका विरुद्ध साम्राज्यवादी शक्तिहरूसित पनि संयुक्त मोर्चाको नीति अपनाएका थिए । माओले नयाँ जनवादी क्रान्तिको कालमा राष्ट्रिय पुँजीपति वर्ग, धनी किसान तथा जमिनमाथिको व्यक्तिगत स्वामित्व समेतमा जोड दिने नयाँ जनवादी क्रान्तिको सिद्धान्तलाई अपनाएका थिए । पछि उनले जापानी आक्रमणका विरुद्ध च्याङ्काइसेकसित संयुक्त मोर्चाको नीति पनि अपनाएका थिए, जसले लाखौँ कम्युनिष्टहरुको हत्या गरेका थिए ।

    नेपालमा पनि हामीले अपनाउँदै आएका त्यस प्रकारका नीतिहरूका उदाहरणहरूको कमी छैन । जस्तै कि २०४६ साल वा २०६२–६३ साल त्यस प्रकारका विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय संयुक्त मोर्चाका नीतिहरूबाट नेपालमा हामीले अपनाएको पाँचदलीय गठबन्धन वा चुनावी तालमेलको नीति माक्र्सवादी–लेनिनवादी सिद्धान्त अनुरुप नै सही भएको कुरामा कुनै शङ्का रहन्न ।

    प्रतिगामी शक्तिहरूले त्यस प्रकारको गठबन्धनको नीतिको विरोध गर्नुको पछाडिको नियत के हो ? त्यो बुझ्न गाह्रो पर्दैन । उनीहरुले यो बुझेका छन्, पाँच दलीय गठबन्धन वा पाँचदलीय चुनावी तालमेलको नीतिबाट ओलीलाई धक्का पुग्छ । ओलीलाई धक्का पुग्नु भनेको प्रतिगमनलाई धक्का पुग्नु हो । अहिलेसम्मको अनुभवबाट उनीहरुले त्यो कुरा व्यवहारमा नै राम्ररी अनुभव पनि गरिसकेका छन् ।

    प्रतिगामी शक्तिहरूले त्यस प्रकारको गठबन्धनको नीतिको विरोध गर्नुको पछाडिको नियत के हो ? त्यो बुझ्न गाह्रो पर्दैन । उनीहरुले यो बुझेका छन्, पाँच दलीय गठबन्धन वा पाँचदलीय चुनावी तालमेलको नीतिबाट ओलीलाई धक्का पुग्छ । ओलीलाई धक्का पुग्नु भनेको प्रतिगमनलाई धक्का पुग्नु हो ।

    त्यसैले उनीहरुले सुरुदेखि नै पाँचदलीय गठबन्धनको विरोध गर्दै आएका छन् र अहिले पाँच दलीय चुनावी तालमेलको पनि विरोध गरिरहेका छन् । तर त्यस प्रकारको विरोध जब माक्र्सवादी, लेनिनवादी वा क्रान्तिकारी कोणबाट पनि हुन्छ, त्यसबाट केही वैचारिक भ्रम अवश्य पैदा हुन्छ । तर त्यस प्रकारको सोचाइ चिजलाई द्वन्द्वात्मक प्रकारले होइन, यान्त्रिक वा अधिभूतवादी प्रकारले हेर्नुको नै परिणाम हुन्छ ।

    (ख)
    झिम्रुकमा अध्यक्ष पदमा माओवादी केन्द्र र एमालेको जीत भयो । तर त्यहाँ हाम्रो जुन हार भएको छ, वास्तवमा त्यो ‘टेक्निकल’ हार मात्र हो । वास्तविक रूपमा त्यहाँ हाम्रो विजय नै भएको छ । अध्यक्षको चुनावमा राजमोको अध्यक्षको २१० मतले हार भएको छ । २१० मतको त्यो हारको वास्तविक अर्थ १०५ मतको फरक हुन जान्छ । त्यसरी करिब एकसय मत कम भएको हुनाले नै हाम्रो हार हुन गयो । तर चुनावमा एकमत मात्र कम भएपनि त्यसलाई हार नै मानिन्छ । कुनै बेला ता बराबर मत भएको अवस्थामा पनि चिट्ठाद्वारा पनि हारजितको निर्णय गरिन्छ । तैपनि झिम्रुकको हार वास्तविक नभएर टेक्निकल मात्र हो ।

    पहिले झिम्रुकका तीनवटा राजनीतिक शक्तिहरू राजमो, माओवादी केन्द्र र नेकाका बिचमा तालमेलको लागि वार्ता चलेको थियो । तर माओवादी केन्द्रले नमानेको हुनाले त्यो तालमेल भङ्ग भयो । पछि राजमो र माओवादी केन्द्रका बिचमा तालमेलको लागि वार्ता चल्यो । तर माओवादीका कारणले त्यो वार्ता पनि सफल हुन सकेन । त्यसपछि माओवादी केन्द्र, नेका र एमालेका बीचमा राजमोका विरुद्ध तीन पक्षीय तालमेलको लागि वार्ता चलेको थियो । तर पछि त्यो पनि टुट्यो र राजमो र नेकाका बिचमा चुनावी तालमेल भयो । अर्कातिर, माओवादी केन्द्र र एमालेका बिचमा तालमेल भयो ।
    झिम्रुकमा राजमोबाट अध्यक्ष र नेकाबाट उपाध्यक्ष उम्मेदवार हुने गरी प्यानल बनेको थियो । तर चुनावमा राजमोको अध्यक्षको हार भयो र नेकाको उपाध्यक्षको जीत भयो । त्यस्तो यो कारणले हुन गयो कि राजमोका सदस्यहरुले इमान्दारितपूर्वक नै नेकाका तर्फबाट उठेका उपाध्यक्षलाई आफ्नो मत दिए तर नेकाका तर्फबाट अन्तरघात गर्ने काम गरियो । सबै वडाहरुमा त्यस्तो भएको थिएन । झिम्रुकका धेरै जसो वडाहरुमा नेकाका सदस्यहरुले इमान्दारितापूर्वक नै राजमोका अध्यक्षका उम्मेदवारलाई आफ्नो मत दिएका थिए । तर पाच दलीय चुनावी तालमेललाई समर्थन गर्ने प्रश्नमा नेकाभित्र जुन मतभेद थियो, त्यसको असर झिम्रुकमा पनि प¥यो । नेकाको जुन पक्ष पाँचदलीय चुनावी तालमेलको विरुद्ध थियो, उनीहरुले एमालेसित चुनावी तालमेल गरेर राजमोको अध्यक्षका उम्मेदवारका विरुद्ध मत दिए त्यसको परिणाम पनि यो हुन गयो कि एउटै प्यानलका राजमोका अध्यक्षका उम्मेदवारको हार हुन गयो र नेकाका उपाध्यक्षका उम्मेदवारको जीत हुन गयो ।

    टेक्निकल रूपमा भिम्रुकमा हाम्रो हार भयो । तर वास्तविक रूपमा त्यहाँ हार नभएर जीत नै भएको छ । झिम्रुकमा अध्यक्ष र उपाध्यक्ष, वडा सदस्यहरू पालिका सदस्यहरू र कार्यपालिकाका सदस्यहरू समेत गरेर कूल सङ्ख्या ४४ जनाको हुन्छ । तिनीहरूमध्ये झिम्रुकमा उपाध्यक्ष सहितगठबन्धनका ३३ जना छन् भने माओवादी केन्द्र र एमालेका अध्यक्ष सहित ११ जना छन् । त्यसरी त्यहाँ राजमो र नेकाको गठबन्धनको दुई तिहाई भन्दा बढी बहुमतले जीत भएको छ ।

    माओवादी केन्द्र र एमालेका बिचमा जुन गठबन्धन भयो, त्यो सिद्धान्तहीन र अपवित्र गठबन्धन थियो । कतिपय पक्षहरूले नेकासित गठबन्धनभन्दा दुई वामपन्थी शक्तिहरूका बिचमा भएको त्यो गठबन्धनलाई अपेक्षाकृत सही र प्रगतिशील पनि बताउने गरेका छन् । तर कुनै खास बेला कुन प्रकारको गठबन्धन सही वा गलत हुन्छ ? त्यो कुराको फैसला त्यसको राजनीतिक प्रकृतिले नै गर्दछ । अहिले एमालेको राजनीतिले प्रतिगमनको सेवा गर्दछ । त्यसको विपरित पाँच दलीय गठबन्धन वा पाँच दलीय चुनावी तालमेल प्रतिगमनका विरुद्ध केन्द्रित छ । चुनावमा एमाले पक्षको जीत हुन्छ भने लोकतन्त्र, गणतन्त्र वा धर्मनिरपेक्षता समेत समाप्त हुने र त्यसरी देश प्रतिगमनतिर जाने सम्भावना रहने छ । त्यसको विपरित पाँच दलीय चुनावी तालमेलको सफलताको अर्थ लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा हुनेछ । एमालेको नीतिको जसरी प्रतिगामी शक्तिहरुले स्पष्ट शब्दमा भन्ने हो भने, राजावादीहरुले समर्थन गरिरहेका छन्, त्यसबाट एमालेले कुन प्रकारको राजनीतिको प्रतिनिधित्व गर्दछ वा सेवा गर्दछ त्यो कुरामा कुनै शंका रहन्न । तर एमालेको राजनीतिले अहिले देशमा जसरी प्रतिगामी दिशा समातेको छ, त्यो अवस्थामा त्योसित गरिने कुनै पनि प्रकारका गठबन्धन वा चुनावी तालमेल यथार्थमा प्रतिगमनको नै सेवा हुन जान्छ ।

    यो कुरा पहिले नै स्पष्ट गरिएको छ कि पाँच दलीय गठबन्धन वा चुनावी तालमेलको नीतिले प्रतिगमनका विरुद्धको सङ्घर्षको नीतिलाई प्रतिनिधित्व गर्दछ । झिम्रुकमा कमसेकम अध्यक्षको चुनावमा त्यो नीतिको पराजय भएको छ र प्रतिगमनको विजय भएको छ । प्रतिगमनको त्यस प्रकारको विजय प्रतिगमनका विरुद्ध उभिएका शक्तिहरू, मुख्यतः माओवादी केन्द्रको पाँच दलीय समझदारीबाट विचलन भएको हुनाले नै भएको हो । झिम्रुकमा प्रतिगमनको त्यो विजय एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । देशमा जहाँ पनि प्रतिगमनका विरुद्ध दृढतापूर्वक उभिने समझदारीको उल्लङ्घन भएको छ, त्यहाँ प्रतिगमनलाई नै फाइदा पुग्ने गरेको छ । अहिलेको स्थानीय चुनावमा मात्र होइन, प्रदेश र संसदीय चुनावमा पनि पाँचदलीय समझदारीबाट विचलनको प्रवृत्ति, अर्थात् एमालेसँग तालमेल गर्ने नीतिको सिलसिला कायम रहिरह्यो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्ने छ र त्यसका गम्भीर दुष्परिणामहरू हुने छन् । पाँच दलभित्रका कतिपय पक्षहरुले चुनावी तालमेललाई गणितीय अर्थमा मात्र लिने गरेको पाइन्छ । कोसित मिल्दा जीत सुनिश्चित हुन्छ ? त्यस आधारमा नै कतिपय पक्षहरुले चुनावी तालमेलको नीति बनाउने गर्दछन् । एमालेसित तालमेल गर्दा जीत सुनिश्चित हुने देखेमा उनीहरुले त्यो सित पनि तालमेल गर्ने गरेको पाइन्छ । पाँच दलभित्रका कतिपय पक्षहरुले कतिपय स्थानहरुमा त्यही आधारमा एमालेसित पनि तालमेल गर्ने गरेका छन् तर हाम्रा लागि चुनावी तालमेलको प्रश्न एउटा राजनीतिक प्रश्न हो ।

    आज देशमा प्रतिगमनको खतरा छ र त्यसलाई असफल पार्नको लागि चुनावमा एमालेलाई हराउनुपर्ने आवश्यकता छ । त्यो आधारमा नै हामीले, एकातिर, एमालेसित कुनैपनि स्तरमा कार्यगत एकता नगर्ने ठेगान गरेका छौँ भने, अर्कातिर प्रतिगमनका विरुद्ध गठबन्धन वा चुनावी तालमेल गर्ने कुरामा जोड दिएका छौँ । तर अन्य पक्षहरुले राजनीतिक रुपमा होइन, गणितीय आधारमा विचार गरेर नै जुन ठाउँमा एमालेसित मिलेर चुनाव जित्न सकिन्छ, त्यहाँ त्योसित चुनावी तालमेल पनि गर्ने गरेका छन । त्यसैले त्यस प्रकारको तालमेल गैरराजनीतिक र सिद्धान्तहीन तालमेल हो । यदि आगामी प्रदेश सभा वा संसदीय चुनावमा पनि त्यही प्रकारको नीतिलाई कायम राखिन्छ भने देशको राजनीतिमा त्यसका सांघातिक प्रकारका दुष्परिणामहरू हुने कुरा निश्चित छ । त्यसको असर लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामा समेत पर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

    निर्वाचन आयोगले चुनावमा आचार संहिताको पालना गर्नुपर्ने आवश्यकतामा लगातार जोड दिने गरेको छ । तर झिम्रुकमा राजमोलाई हराउन माओवादी केन्द्र र एमाले समेतद्वारा ठुलो पैमानामा पैसा खर्च गरियो । मतदाताहरूलाई किन्न धेरै नै पैसा बाँडियो । तर त्यसको सामना हामीले खाली इमानदारिता र राजनीतिको आधारमा मात्र गर्नुपरेको थियो । तैपनि यो कम महत्वपूर्ण कुरा होइन कि उनीहरूले त्यति धेरै रकम खर्च गर्दा पनि एकदम कम अन्तरले मात्र अध्यक्षको चुनाव जित्न सके । त्यसले झिम्रुकमा जनताको उच्च राजनीतिक चेतना भएको कुरालाई नै बताउ“छ । प्राप्त रिपोर्ट अनुसार ठूलो संख्यामा सामान्य महिला र दलितहरूले पनि आफ्नो मत पैसामा बेच्न अस्वीकार गरेका थिए ।

    झिम्रुकमा राजमोलाई हराउन माओवादी केन्द्र र एमाले समेतद्वारा ठुलो पैमानामा पैसा खर्च गरियो । मतदाताहरूलाई किन्न धेरै नै पैसा बाँडियो । तर त्यसको सामना हामीले खाली इमानदारिता र राजनीतिको आधारमा मात्र गर्नुपरेको थियो ।

    झिम्रुकको चुनावमा माओवादी केन्द्र र एमालेले बुथ क्याप्चरिङ गर्ने नीति पनि अपनाए । अन्यत्र ता उनीहरूको त्यस प्रकारको प्रयत्नलाई असफल पार्नु सम्भव भयो । तर एउटा मतदान केन्द्रमा (वडा नं. ६को मर्कावाङमा) बिहानै गएर बुथ क्याप्चर गर्न उनीहरू सफल भए । त्यसरी उनीहरूले त्यो बुथका ११०० मतहरूमध्ये ८००मा एकतर्फी रूपमा छाप लगाए ।
    त्यसरी मर्कावाङको त्यो घटना झिम्रुकमा अध्यक्षको चुनावमा हारका लागि निर्णयात्मक कारण बन्यो । प्रस्ट छ कि मर्कावाङको त्यो बुथ क्याप्चरिङलाई रोक्न सकेको भए मात्र पनि झिम्रुकमा राजमोको अवश्य पनि जित हुन्थ्यो ।
    झिम्रुकमा राजमोको कमजोरी यो भयो कि उनीहरूले, प्रथम, मर्कावाङको बुथ क्याप्चरिङलाई रोक्न ध्यान पु¥याउन सकेनन्, द्वितीय, त्यसरी त्यहाँ बुथ क्याप्चरिङ भइसकेपछि त्यहाँ पुनः मतगणनाको माग गर्नुपर्दथ्यो । त्यसतर्फ पनि हाम्रा साथीहरूको ध्यान जान सकेन । ती कमजोरीका कारणले झिम्रुकमा हाम्रो हार भयो ।तैपनि समग्र रूपमा झिम्रुकमा भएको हार वास्तविक हार नभएर टेक्निकल हार हो । अर्का शब्दमा जनताले हामीलाई जिताएका थिए । तर आफ्नै लापरवाही वा कमजोरीका कारणले चुनाव हारिएको हो ।

    देशका सबै भागहरूमा पाँचदलहरू मध्ये जो–जो जहाँ–जहाँ छन्, उनीहरु सबैका बिचमा तालमेल हुनु पर्दथ्यो । तर कैयौं स्थानहरूमा, एकातिर, राजमो बाहेक अन्य पक्षहरूले पाँच दलीय समझदारीका विपरित एमालेसित पनि तालमेल गरेका छन् भने कतिपय स्थानहरूमा पाँच दलहरूका बिचमा पनि टुक्राटुक्रा भएर चुनावी तालमेलहरू भएका छन् । त्यसले पनि पाँच दलीय चुनावी तालमेलबाट जति लाभ पुग्नु पर्दथ्यो, त्यति लाभ पुग्न सकेन । झिम्रुकमा पनि वास्तवमा राजमो, माओवादी केन्द्र र नेकाका बिचमा नै तालमेल हुनुपर्दथ्यो । तर त्यसरी पनि तालमेल हुन सकेन । हामीले आशा र प्रयत्न गर्नुपर्दछ, आगामी प्रदेश र संसदीय चुनावमा यो कमजोरीलाई सुधार्न प्रयत्न गरिने छ ।

    अन्तमा, एउटा कुरा हामीले स्वीकार गर्नुपर्दछ । झिम्रुकमा प्राविधिक रूपमा भए पनि चुनावमा हार माओवादीको सिद्धान्तहीन प्रकारले एमालेस“ग तालमेल उनीहरूद्वारा ठूलो पैमानामा पैसाको वितरण र निर्णयात्मक रुपले मर्कावाङमा बुथ क्याप्चरिङका कारणले नै भएको हो । तैपनि ती सबै बाह्य कारण हुन् । मुख्य कारण आन्तरिक र संगठनात्मक कारण नै हो । संगठनात्मक प्रणाली र कार्यशैलीमा भएका कतिपय कमजोरी, कतिपय आन्तरिक अन्तरविरोध तथा संगठनात्मक कार्यमा कम ध्यान दिएकाले पनि झिम्रुकमा हाम्रो हार हुन गएको हो । मर्काबाङमा बुथ क्याप्चरिङलाई रोक्न नसक्नु पनि हाम्रो संगठनात्मक कमजोरी नै हो । त्यहाँ केही स्वयसेवकहरुलाई परिचालन गर्न ध्यान दिएको भए सजिलैसँग त्यो बुथ क्याप्चरिङलाई रोक्न सकिन्थ्यो ।

    तैपनि हाम्रा त्यस प्रकारका कमजोरीहरूका बाबजुद खाली थोरै संख्यामा मात्र त्यहाँ चुनावमा हार भएको कुराले जनताको हाम्रो पार्टी प्रतिको व्यापक र बलियो समर्थन भएको कुरालाई नै बताउँछ ।

    झिम्रुकको गाउँपालिकाले देशका सबै पालिकाहरू मध्ये अत्यन्त राम्ररी विकास कार्यहरु गरेको, त्यहाँ कुनै प्रकारको भ्रष्टाचार नगरिकन इमान्दारितापूर्वक काम भएको थियो । लेखा परीक्षण गर्दा पनि देशभरका पालिकाहरु मध्ये झिम्रुक सातौं स्थानमा र लुम्बिनी प्रदेशमा एक नम्बरमा रहेको छ । पालिकाको त्यस प्रकारको कार्यप्रणालीका कारणले पनि जनताले त्यहाँ राष्ट्रिय जनमोर्चालाई व्यापक रुपले समर्थन दिएका हुन् । त्यसरी त्यहाँ जनताले राजमोलाई जिताएका थिए । तर हाम्रा साथीहरुको आफ्नै कमजोरीका कारणले मुख्यतः मर्कावाङको बुथ क्याप्चरिङ रोक्न नसकेको कारणले उनीहरुको हार हुन गएको हो । जेहोस्, त्यो हारले हामीभित्रको संगठनात्मक वा व्यवहारिक कमजोरीलाई छर्लंङ्ग पारिदिएको छ र त्यसबाट शिक्षा लिएर आफ्नो कमजोरी हटाउनेतिर हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

    हामीले यो कुरा कहिल्यै पनि लुकाएका छैनौँ कि पाँचदलीय गठबन्धनका अन्य पक्षहरूसित हाम्रा गम्भीर प्रकारका मतभेद रहँदै आएका छन् । संघीयताको प्रश्नमा पनि अन्य सबै पक्षहरूसित हाम्रो मतभेद रहेको छ । पछिल्ला दिनहरूमा एमसीसी सम्बन्धि मतभेद पनि अगाडि आएको छ । ती सबै मतभेद हुँदा हुँदै पनि प्रतिगमनलाई पराजित गर्नका लागि खास गरेर लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका अगाडिको सम्भावित खतरालाई रोक्नका लागि प्रतिगमनका विरुद्ध उभिने शक्तिहरुसित हामीले गठबन्धन गरेका थियौँ वा चुनावी तालमेल पनि गरेका छौँ । त्यसरी निश्चय नै अन्य पक्षहरूसित त्यसरी गठबन्धन वा चुनावी तालमेल गर्ने हाम्रा लागि सजिलो कार्य रहेको छैन । अन्य पक्षले राजनीतिक प्रश्नहरू भन्दा विभिन्न प्रकारका छलछामहरू गर्ने गरेको हुनाले उनीहरूसितको सहकार्य हाम्रा लागि एउटा कठिन र जटिल कार्य बन्न गएको छ ।

    तर त्यसका साथै यो कुराप्रति पनि हाम्रो ध्यान छ कि अन्य सबै पक्षहरूले अवसरवादी प्रकारको नीति अपनाएको भए अहिलेसम्म जसरी सफल हँुदै आएको वा प्रतिगमनलाई धक्का दिँदै आएको छ, त्यो सम्भव हुने छैन । त्यसैले पाँच दलीय गठबन्धन वा चुनावी तालमेललाई हामीले पूरै नकारात्मक रूपमा पनि लिएका छैनौँ । यो हाम्रो निश्चित विचार छ कि आज देशमा ओलीको नेतृत्वमा देखा परेको प्रतिगमनको खतरालाई पाँच दलीय गठबन्धन वा चुनावी तालमेलले नै रोक्न सक्दछ र रोक्नु पनि पर्दछ । हाम्रो त्यस प्रकारको विश्वासका कारणले नै कैयौँ प्रकारका मतभेद र आलोचनाका बाबजुद हामीले गठबन्धनलाई अगाडि बढाउने वा सफल पार्ने कुरामा जोड दिइरहेका छौँ ।

    शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवाबाढीबाट सिर्जित महाविपत्तिबारे अन्टुकको अपेक्षा
    प्राकृतिक विपत्तिको सामना गर्न ठोस योजना
    लुम्बिनी प्रदेश राजधानी: बिकास, अबसर र चुनौती
    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ३.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    भर्खरै

    • १.
      मुख्यसचिवद्वारा भालुबाङ अस्पतालको स्थलगत निरीक्षण

    • २.
      सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक पर्ने अनुमान : युनेस्को

    • ३.
      अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा

    • ४.
      जापानमा साइबर आक्रमणको श्रृङ्खला

    • ५.
      नोबेल पुरस्कारका पाँच तथ्य

    • ६.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ७.
      क्युबेकमा पृथकतावादी पार्टी विजयी

    • ८.
      सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.