• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

६० वर्षमाथिका भेरोसेल लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने


  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा ‘बुस्टर डोज’ दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो ।

    Advertisement

    समितिको सिफारिस र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन थालिएको स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डा विवेककुमार लालले जानकारी दिनुभयो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वास्थ्यमन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग यही मङ्सिर १७ गते गर्नुभएको छलफलमा एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’ उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

    ‘भेरोसेल खोपको दुई मात्रा लगाइसकेका ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ’, उहाँले आज मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘सोही सिफारिसलाई खोप सल्लाहकार समितिले नेपालमा पनि ६० वर्षभन्दा माथिका भेरोसेल लगाएका दुई मात्रा लगाएका सबै व्यक्तिलाई तीन महिनापछि एक मात्रा खोप बुस्टर डोज लगाउन सिफारिस गरेको छ । सोही अनुसार मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेको छ ।’

    बढीभन्दा बढी जनसङ्ख्या खोप लगाएपछि पनि पुनः थप मात्रा (बुस्टर डोज) दिने उहाँको भनाइ रहेको छ । ‘अहिलेको कोरोना भाइरसको भेरियन्टको सङ्क्रमणको जोखिम कति छ । यसभन्दा अगाडि लगाएका खोपले अहिलेको भेरियन्टसँग जुध्न सक्छ कि सक्दैन भन्ने अध्ययनको नतिजा आउँछ भन्नेबारेमा डब्लुएचओले बुस्टर डोजको अध्ययन गरिरहेको छ । त्यो सबैको परिणामको पुनः आकलन गरेर सरकारले बुस्टर डोजको बारेमा थप निर्णय लिने छ’, उहाँले भन्नुभयो ।

    केही विशेष अवस्थाका व्यक्तिलाई खोप लगाएपछि जुनस्तरमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो, त्यो नभएपछि त्यस्ता व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ । यस्तै क्यान्सरका रोग भएका, अङ्ग प्रत्यारोपण गरेका, रोग प्रतिरोधी क्षमता कम भएका (एचआइभी), रोग प्रतिरोधी क्षमता दबाउने औषधि प्रयोग गर्ने व्यक्तिलाई लक्षित गरी एक मात्रा खोप दिनका लागि पनि डब्लुएचओले सिफारिस गरेको छ ।

    विश्वका केही देशले आफूखुशी निर्णय गरेर बुस्टर डोज लगाउने गरेको पाइएको छ तर डब्लुएचओले सबै जनसंख्यालाई समेटेर बुस्टर डोज लगाउनका लागि सिफारिस भने गरेको छैन । ‘अझै पनि सबै सदस्य राष्ट्रले बढीभन्दा बढी जनसंख्यालाई खोप लगाउनुपर्दछ । त्यो सबै जनसंख्यालाई लगाइसकेपछि बल्ल थप मात्र लगाउन पर्दछ भनेको छ,’ उहाँले भन्नुभयो । नेपालमा कोभिशिल्ड एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोन्सन र फाइजर खोप लगाइँदै आइरहेको छ । नेपालमा लक्षित जनसंख्याको ५३.७ प्रतिशतलाई पहिलो मात्रा र ४४।५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ ।

    कोभिशिल्ड छ लाख मात्रा आयो, मोडर्ना आउँदै
    कोराना भाइरस विरुद्धको खोप कोभिशिल्ड आज छ लाख मात्रा नेपाल आएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको खोप आज दिउँसो कतार एयरवेजबाट नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । आज आएकोसँगै नेपालमा अहिलेसम्म दुई करोड ७८ लाख मात्रा खोप नेपाल आइसकेको उहाँले बताउनुभयो ।

    यस्तै भोलि अमेरिकाबाट मोडर्ना खोप आउँदैछ । उहाँले भोलि १४ लाख मात्रा मोर्डना खोप नेपाल आउने जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई लगाइन्छ । सरकारले बालबालिका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको छ ।(रासस)

    बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • २.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ३.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ४.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ५.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ६.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ७.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ८.
      शेयर कारोबार पुन : सञ्चालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.