काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव तथा वरिष्ठ कम्युनिस्ट नेता मोहन वैद्य अस्पताल भर्ना भर्ना हुनुभएको छ ।
स्वास्थ्यमा अचानक समस्या भएपछि २०७८ असोज ३१ गते आइतबारका दिन उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गराइएको हो ।
नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य रामसिंह श्रीसले अध्यक्ष वैद्य अस्पताल भर्ना भएको पुष्टि गर्नुभयो ।
‘उहाँलाई डाक्टरहरूले दसैँअघि नै अस्पतालमा भर्ना हुनुपर्ने बताइरहेका थिए’ श्रीसले भन्नुभयो– ‘कार्यव्यव्यस्तताका कारण उहाँ अस्पताल भर्ना हुन पाउनुभएको थिएन, आज भर्ना हुनुभयो ।’
नेता श्रीसले डाक्टरहरूले न्यूनतम चारपाँच दिन अस्पतालमा भर्ना हुनुपर्ने बताएको युगदर्शनलाई जानकारी दिनुभयो ।
महासचिव वैद्यलाई दम र निमोनियाजस्ता समस्या रहेको बताइएको छ । समस्या बढेपछि आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको र उनको छातीको एक्सरेलगायत जाँच गरिएको छ । छातीमा सामान्य दागसमेत देखिएकाले त्यसैमा केन्द्रित रहेर उपचार गरिएको अस्पतालले बताएको छ ।
उमेरले समेत वृद्धावस्थातिर ढल्किएका नेता वैद्य लामो समयदेखि दमको समस्याले पीडित हुनुहुन्छ ।