• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नेपालमा वर्षमा २० हजार क्यान्सरका बिरामी थपिँदै, आधाजतिको मृत्यु


  •   शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
  • भरतपुर । नेपालमा प्रत्येक वर्ष क्यान्सरका २० हजारभन्दा बढी बिरामी थपिने गरेका छन् भने त्यसमध्ये आधाभन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्कमा देखिएको छ ।

    Advertisement

    अध्ययनानुसार नेपालमा वार्षिक २० देखि २५ हजार क्यान्सरका नयांँ बिरामी थपिन्छन् । तीमध्ये १२ देखि १३ हजार जनाको प्रत्येक वर्ष मृत्यु हुने आँकलन गरिएको हो ।

    सत्रौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा २०७८ असोज ९ गते भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा चिकित्सक विशेषज्ञले देशभर वार्षिक दुईदेखि तीन प्रतिशतले क्यान्सरका बिरामी थपिने गरेको जानकारी दिइयो ।

    बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. निर्मल लामिछानेले देशभर थपिने क्यान्सरका बिरामीमध्ये आफ्नो अस्पतालमा मात्रै छदेखि सात हजारको सङ्ख्यामा आउने गरेको बताए ।

    ‘वार्षिक क्यान्सर बिरामीको सङ्ख्या बढ्दै गएको छ’ उनले भने– ‘अधिकांशको मृत्यु ढिला उपचारका कारण हुने गरेको छ ।’

    सुरुमा चरणमा क्यान्सर लागे पनि थाहा नपाउने र हेलचेक्रर्याइँ गर्ने तथा अन्तिम चरणमा मात्र अस्पताल आउंँदा बिरामी बचाउन नसकिँदा पनि नयाँ क्यान्सरका बिरामीसँगै मृत्युदर बढेको डा. लामिछानेको भनाइ थियो । क्यान्सरको उपचार महङ्गो र सबैको पहुँचमा सहज उपचार पुग्न नसकेका कारण पनि मृत्युको सङ्ख्या बढेको उनको थप दाबी थियो ।

    बढी बिरामी फोक्सोका
    नेपालमा हुने क्यान्सरका बिरामीमध्ये सबैभन्दा बढी फोक्सो क्यान्सरका रहेका छन् । सुर्ती तथा मदिराजन्य पदार्थको बढी प्रयोगका कारण अन्य अङ्गका क्यान्सरमध्ये फोक्सो क्यान्सरका बिरामी बढी देखिएको चिकित्सक विशेषज्ञले बताएका छन् ।

    ‘नेपालमा सुर्ती तथा मदिराजन्य पदार्थको प्रयोग पनि बढेको छ’ अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माले भने– ‘विषादी छरिएका खाना र प्रदूषणले पनि क्यान्सरका बिरामी बढेका हुन् ।’

    फोक्सो क्यान्सरका बिरामी बढी हुने र उपचार पनि जटिल हुने भएकाले मृत्युदर पनि उही अनुपातमा हुने गरेको शर्माको भनाइ थियो ।
    फोक्सोपछि महिलाको स्तन क्यान्सर, पाठेघर क्यान्सर, रक्त क्यान्सर, आन्द्राको क्यान्सर र नाक, कान, घाँटीको क्यान्सरका बिरामी बढी हुने गरेका छन् ।

    बालबालिकामा रक्तक्यान्सर बढ्दो
    पछिल्ला वर्षमा बालबालिकामा हुने रक्तक्यान्सरका बिरामी पनि बढेका छन् । अध्ययानुसार पहिले विश्वमा १० लाख बालबालिकामध्ये १२० जनामा रक्तक्यान्सर देखिन्थ्यो । पछिल्ला वर्षमा १० लाखमध्ये १४० बालबालिकामा क्यान्सर रोग देखिने गरेको छ ।

    क्यान्सर सरुवा रोग नभएता पनि वंशाणुगत गुण, खानपान र जीवनशैलीका कारण हरेक किसिमका क्यान्सरका बिरामी बढेको डा. शर्माले बताए । (एजेन्सी)

    शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • २.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ३.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ४.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ५.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ६.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ७.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ८.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.