काठमाडौं । गएको २४ घण्टामा १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार १७९ जनामा परीक्षण गरिएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमणको दर १९.२ प्रतिशत पुगेको छ ।
यस्तै सक्रिय संक्रमित २५ हजार ७७२ जना रहेका छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला १० र २०० भन्दा बढी संक्रमित हुने जिल्ला २२ पुगेका छन् । आज १ हजार ६८९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख ४५ हजार २१५ कोरोनामुक्त भएका हुन् । नेपालमा संक्रमणमुक्त हुने दर ९५.३ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट विगत २४ घण्टामा ११ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार दुई जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३७०.८ जनाको संक्रमणका कारणले निधन हुने गरेको छ ।
हाल ४०७ सघन उपचार कक्ष, १२८ भेन्टिलेटर, २४ हजार २२२ होम आइसोलेसन, एक हजार ५५० संस्थागत आइसोलेसन र २२० जना क्वारेन्टिनमा रहेका छन् । आज एक लाख १० हजार ८९९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा ६० लाख ५७ हजार १९४ जना र पूर्ण मात्रा ५४ लाख ७३ हजार १५१ जनाले लगाएका छन् ।