काठमाडौं । गएको २४ घण्टामा नेपालमा १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १६ हजार ८४४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। यो अवधिमा १ हजार २२० जना संक्रमणमुक्त भएका छन्।
Advertisement
यस्तै, आज ७ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९९१ पुगेको छ।
आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३०७ छ।
आज काठमाडौंमा २९४, ललितपुरमा ६३ र भक्रपुरमा ४८ गरी उपत्याकामा आज ४०५ जना संक्रमित फेला परेका छन्।