• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

एमसीसी उपाध्यक्ष नेपाल आउँदै, देउवाले खोजे ओलीको साथ


  •   बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार आउँदो साता नेपाल आउँदैछिन् । नेपालमा एमसीसी परियोजनाको स्थिति बुझ्न उनी नेपाल आउन लागेको स्रोतले बताएको छ ।

    Advertisement

    नेपालमा रहँदा उनले दलहरुबाट एमसीसीबारेको धारणा बुझ्ने र विरोधमा रहेका दलहरूलाई सहमतिमा ल्याउने प्रयास गर्ने बुझिएको छ ।
    नेपालमा एमसीसी सम्झौता विवादमा छ । संसदबाट पारित गर्नुपर्ने यो सम्झौता विवादका कारण पारित हुन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने पक्षमा भएपनि गठबन्धनका अन्य दलले त्यसमा सहमति दिएका छैनन् ।

    यही भदौ १४ गते बसेको पाँच दलको बैठकमा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले एमसीसी पारित गर्ने सरकारको योजना के हो ? भनि प्रश्न गर्नुभएको थियो । तर, प्रधानमन्त्री वा सत्तारुढ दलका नेताहरूबाट त्यसको कुनै जवाफ नआएको पुरीले बताउनुभयो ।

    ‘बैठकमा मैले त्यसबारे धारणा राखेको थिएँ । प्रधानमन्त्री र अन्य दलका नेता एमसीसीबारे बोलेनन्’ पुरीले युगदर्शनसँग भन्नुभयो, ‘कुनै पनि हालतमा एमसीसी सम्झौता अघि नबढाउन हामीले खबरदारी गरेका छौँ ।’

    तर, मन्त्री छान्न बसेको सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकमा भने प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नुपर्ने धारणा राखेको एक नेताले बताए । गठबन्धनका नेताहरू एमसीसीको विपक्षमा उभिएपछि देउवाले एमाले अध्यक्ष केपी ओलीको साथ खोजेको उनले जानकारी दिए ।

    ‘प्रधानमन्त्रीजीले बिहान गठबन्धनको बैठकमा एमसीसी पारित गर्नुपर्ने भयो, मलाई दबाब आयो भन्नुभयो,’ ती नेताले भने, ‘हामीले नमानेपछि साँझ उहाँले ओलीलाई भेट्न ज्ञानेन्द्र कार्कीजीलाई खटाउनुभयो ।’

    एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने भएपछि देउवालाई एमसीसी पारित गराउन थप दबाब परेको बताइएको छ । तर, सत्ता गठबन्धनका अरु दलहरु भने एमसीसीलाई अहिले पारित गराउन नहुने पक्षमा छन् ।

    यसअघि पनि तत्कालीन सत्तारुढ दल नेकपामा एमसीसीबारे चर्को विवाद भएका बेला त्यसका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आएका थिए । त्यो बेला उनले सत्ता गठबन्धनका नेताहरुलाई भेटेर एमसीसीबारे स्पष्ट पार्ने प्रयास गरेका थिए।

    तर, तत्कालीन नेकपाको अध्ययन कार्यदलले एमसीसी सम्झौतामा रहेका केही अस्पष्टता हटाएरमात्रै यो परियोजना पारित गर्नुपर्ने सुझाव दिएको थियो ।

    देउवा सत्तामा आएपछि अमेरिकाले पुनः नेपालमा एमसीसी परियोजना लागू गराउन दबाब बढाएको छ । तर, सत्तारुढ दलहरूबीच दरार नआओस् भनेर न्यूनतम साझा कार्यक्रममा समेत एमसीसी राखिएको छैन । कतिपय दलका नेताहरू एमसीसीलाई परिमार्जन गरेर संविधान तथा राष्ट्रियताविरोधी प्रावधान हटाएर पारित गर्नुपर्ने बताउँदै आएका छन् ।

    तर, राजमो सचिव हिमलाल पुरी एमसीसीलाई परिमार्जन गरेर पास गर्ने कुरासमेत ठिक नभएको बताउनुहुन्छ ।

    ‘एमसीसी सम्झौता अमेरिकाको इन्डो प्यासिफिक रणनीति अन्तर्गत हो भन्ने कुरा प्रष्ट छ । यसमा परिमार्जन गरेर जतिसुकै फूलबुट्टा भरे पनि देशको राष्ट्रियताविरुद्ध नै हुन्छ’ उहाँले भन्नुभयो, ‘त्यसकारण एमसीसी सम्पूर्ण रुपमा अस्वीकार गर्न र संसदबाट पारित हुनै नदिन जनताले थप दबाब दिन आवश्यक छ ।’

    बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.