काठमाडौं । नेपालमा एक करोड भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
Advertisement
हालसम्म कूल १ करोड ९२ हजार १६४ जनाले कोरोना खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पहिलो डोज लगाउनेको संख्या ५४ लाख २४ हजार ८३६ छ भने दुवै डोज लगाउने ४६ लाख ६७ हजार ३२८ जना रहेका छन् ।
नेपालमा २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

