हिसार (हरियाणा) भारत ।
भारत स्थित नेपालीहरुको साझा अभिभावक संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाज ४१ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा भारतब्यापी रुपमा विविध कार्यक्रम गरी भब्यतापूर्वक स्थापना दिवस मनाइएको छ ।
यसै क्रममा मूलप्रवाहको सुदूरपश्चिमोत्तर क्षेत्रीय समितीद्वारा सञ्चालित हिसार नगर समितीको आयोजनामा सप्ताहव्यापी कार्यक्रम गरी स्थापना दिवस मनाइएको मूलप्रवाहका वैकल्पिक केन्द्रीय सदस्य एवं सुदूरपश्चिमोत्तर क्षेत्रीय सचिव त्रिभुवन भटृराइले युगदर्शनलाई जानकारी दिनुभएको छ ।
रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुको सांस्कृतिक प्रस्तुती सहित हिसार नगर समितिले ४१ औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा मूलप्रवाहका नेता कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरुको ठुलो संख्यामा उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष नन्द वहादुर लम्तरीले गर्नुभएको थियो । नगर सचिव तारा सोमारेद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा रक्तिमका कलाकार वावुराम शर्माले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मूलप्रवाहका केन्द्रीय वैकल्पिक सदस्य एवं सुदूरपश्चिमोत्तर क्षेत्रीय सचिव त्रिभुवन भटृराइले मूलप्रवाहको ईतिहाससहित कठिन परिस्थितिमा समेत यसले अविचलित ढंगले खेलेका भूमिकाबारे प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार देवि प्रसाद पौडयाल, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य आत्माराम न्यौपाने, पश्चिमोत्तर क्षेत्रीय समितीका सदस्य कमल रायमाझी, महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भटृराइ, सदस्य सेती राना लगाएतले सम्बोधन गर्नुभएको थियो ।

