जगदीश ढकाल
Advertisement
बाँके । भारतले नेपाली भुमि लिम्पियाधुरा,कालापानी र लिपुलेकलाई आफ्नो राजनीतिक नक्सामा राखी सार्वजनिक गरेकोमा राष्ट्रिय जनमोर्चा बाँकेले कोहलपुर चौराहमा विरोधसभा सम्पन्न गरेको छ ।
उक्त बिरोधसभालाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डे, राष्ट्रिय जनमोर्चाका बाँके जिल्ला उपाध्यक्ष जगदीश ढकाल,अखिल नेपाल युवक संघ बाँकेका अध्यक्ष भरत खड्का,अखिल नेपाल महिला संघ बाँकेकी अध्यक्ष पूर्णकला भण्डारी ,अखिल (छैटौं)बाँकेका अध्यक्ष नमराज चन्द लगायतका बक्ताहरुले भारतले नेपालमाथी गरेका हस्तक्षेप र सिमा अतिक्रमणका विरुद्ध तिब्र शब्दमा विरोध गर्नुभएको थियोे ।
विरोध सभा राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न भएको छ ।


