बाग्लुङ । ढोरपाटन नगरपालिका वडा नं. ३ घोसाखानी खालीखोलामा साझा बाम उमेदवार खिम बिक्रम शाहीको जनभेटघाट तथा चुनावी सभा सम्पन्न भएको छ । सभालाई संबोधन गर्दै उमेदवार खिम बिक्रम शाहीले राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा र राजनैतिक स्थायित्वका लागि गिलास चिन्हमा मतदान गरि बिजयी गराउन अनुरोध गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष धर्म कुवर, नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का जिल्ला सदस्य शेरमान घर्ती र केशर बहादुर छन्त्यालले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा (नेकपा)का ढोरपाटन नगर अध्यक्ष लक्ष्मण पुन, राष्ट्रिय जनमोर्चाका मिलन हमाल, (नेकपा) का बिरबहादुर घर्ती, भिम गौतम, राष्ट्रिय पुन लगायतको आतित्थ्यता रहेको थियो ।
कार्यक्रम लिलाजंग छन्त्यालको अध्यक्षता, ईन्द्रमणि पाण्डेको सञ्चालन र नर बहादुर बिकको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । प्रचार टोलीले वडा नं ३ का घोसा, सामाका विभिन्न गाउँ बस्तीमा घरदैलो तथा जनभेटघाट सम्पन्न गरेको छ।